इटहरीमा यही २२ गतेदेखि प्रथम मिडिया कप फुटवल प्रतियोगिता हुने भएको छ। इटहरीबाट सञ्चालित विराट टेलिभिजनले प्रथम विराट मिडिया कप फुटबल आयोजना गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सञ्चार गृहबीचको सम्बन्ध थप प्रगाढ बनाउनुको साथै दशैँ तिहारको शुभकामना आदान प्रदान गर्न फुटबल प्रतियोगिता आयोजना गरेको आयोजक जनाएको छ। २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ को सुनसरी, मोरङ र झापाबाट सञ्चालनमा रहेका विभिन्न सञ्चार गृहले खेलमा सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष बिकल पौडेलले बताए। प्रतियोगितामा आयोजक विराट टेलिभिजनसहित ९ टिमको सहभागिता रहनेछ।
पहिलो खेलमा उद्घोष दैनिक विराटनगर र ग्रामीण पत्रकार समूह बराहक्षेत्रबीच हुनेछ। प्रतियोगिताको दोस्रो दिन २३ गते दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सूर्योदय टेलिभिजन बिर्तामोड, २४ गते बिहान ७ बजे नेपाल टेलिभिजन इटहरी र मकालु टेलिभिजन विराटनगरबीच खेल हुनेछ। सोही दिन दिउँसो ४ बजे सप्तकोसी एफएम इटहरी र दीप खबर इटहरीबीच प्रतिस्पर्धा हुनेछ। २५ गते सेमिफाइनल र २६ गते फाइनल खेल हुने आयोजक कमिटीका अध्यक्ष पौडेलले बताए।
खेलमा प्रथम र दोस्रो हुनेलाई क्रमश. ३० हजार र १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिने कार्यक्रम संयोजक मनोज भुजेलले बताए। यसका साथै प्रत्येक खेलको म्याद अफ दि म्याचलाई नगद १ हजार प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई ३ हजार नगद प्रदान गरिनेछ। जिल्ला फुटबल संघ एन्फा सुनसरीको सहकार्यमा खेल हुनेछ।