यु–१६ एसिसी प्रिमियर लिग : तयारी कम, उत्साह बढी
१९ साउन २०७१
•
९ मिनेट पाठ
यु–१६ एसिसी प्रिमियर लिग : तयारी कम, उत्साह बढी
काठमाडौं- एसिसी यु–१६ नेपालले जित्न नसकेको क्रिकेट प्रतियोगिता हो। मलेसियामा अर्को साता सुरु एसिसी प्रिमियर लिगको तयारी हेर्ने हो भने नेपालले यसपल्ट पनि जित्ने सम्भावना कम देखिन्छ। नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकटमा रहेको जनाउँदै यु–१६ को राष्ट्रिय प्रतियोगिता नै गरेन। राष्ट्रिय प्रतियोगिताबिनै नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेको पहिलोपल्ट हो। आ–आफ्नो जिल्लामा खेलेको अनुभवमै अन्तर्राष्ट्रिय प्रतियागितामा क्षमता देखाउने जिम्मेवारी यु–१६ टोलीले पाएको छ। 
तीन हप्ताभन्दा कम समयको बन्द प्रशिक्षण। त्यसमा वर्षाको प्रभाव। नेपालको तयारी सोचेभन्दा कमजोर छ। मनसुनका कारण नेपालीले टोलीले अधिकांश समय जिममा बिताएको छ। टर्फ विकेटमा ब्याटिङ र बलिङ गर्न पाउनु यु–१६ का खेलाडीलाई त्यसै नौलो भएको छ। वर्षाले प्रभावित हुँदा कीर्तिपुरको खुला इन्डोरमा म्याट बिछ्याएर बलिङ र ब्याटिङ गर्नमा सीमित छ नेपाली टोली। सोमबार पुल्चोक मैदानमा तय भएको टोलीको प्रशिक्षण वर्षाका कारण कीर्तिपुरको इन्डोरमा सर्योल।
क्यानले क्षेत्रबाट सिधै ६–६ खेलाडी मगाएर छनोट प्रक्रिया पूरा गरेको थियो। त्यसमा पनि ५९ खेलाडीको हड्डीको एक्सरे रिपार्ट पठाइएकोमा एसियाली क्रिकेट परिषद (एसिसी) ले २७ जनालाई मात्र १६ वर्षमुनिको भनी योग्य ठहर्याइएको थियो। त्यसैबाट अन्तिम १४ खेलाडी छानेर नेपाल यु–१६ प्रिमियर लिग खेल्न मलेसिया जाँदैछ। 
'तयारी जुन किसिमले हुनुपर्ने हो त्यस्तो भएको छैन, जेनतेन गरिरहेका छौं,' प्रशिक्षक वसन्त शाहीले नागरिकसँग भने, 'मौसमका कारण प्रशिक्षण गर्न समस्या छ, मैदान पनि व्यवस्थित छैन। ग्रान्ड फिल्डिङ अझै गर्न पाएको छैन, हाम्रो कमजोरी फेरि त्यसैमा देखिएको छ। यु–१६ भनेको सुरुआती कदम हो। तर खेल्न वातावरण छैन।'




आशावादी प्रशिक्षक
विभिन्न समस्या बाबजुद प्रशिक्षकद्वय शाही र राजु बस्न्यात नेपालले राम्रो गर्नेमा आशावादी छन्। 'यु–१६ मा यतिको टोली धेरै राम्रो हो,' बस्न्यात भन्छन्, 'राष्ट्रिय प्रतियोगिता नभई यतिको खेलाडी देखिएको छ। राष्ट्रिय प्रतियोगिता र अन्य ग्रासरुटको कार्यक्रम भए अझ राम्रा खेलाडी पाउन सकिन्थ्यो।'
प्रशिक्षक शाही त्यसमा सहमत हुँदै नेपालभर खुलेका एकेडेमीले गर्दा बनिबनाउ खेलाडी पाइएकोमा भाग्यमानी ठान्छन्। उनी भन्छन्, 'नभए अहिले यु–१६ मै गाह्रो हुन्थ्यो। हामीले ग्रासरुटमै विचार गर्नुपर्छ। विकासको दायरा फराकिलो बनाउनुपर्छ।'
एसिसीले नै हड्डी एक्सरे रिपोर्टका आधारमा खेलाडी छनोट गरे पनि आफूहरूले सन्तुलित टोली पाएकोमा शाही उत्साहित छन्। 'यसका बाबजुद पनि टिम मिलेको छ,' युवा खेलाडीहरू सिक्न उत्सुक रहेको तर्क दिँदै शाही भन्छन, 'फिल्डिङ सेटअप, गेम प्लान र रणनीतिक पक्षबारे खेलाडीले ज्ञान पाएका छन्। क्रिकेट भनेको ब्याटिङ, बलिङ र फिल्डिङमात्र होइन भन्ने उनीहरूले अहिले आएर बुझे।' 
राष्ट्रिय टोलीका पूर्वदेब्रेहाते स्पिनर बस्न्यातले यु–१६ टोलीको विशेषता भनेकै स्पिन आक्रमण रहेको बताए। शाहीले ब्याटिङमा पनि भरोसा देखाए। 'हाम्रो बलियो पक्ष ब्याटिङ हो। तर म्याच अनुभवको कमी छ। स्पिन बलिङ राम्रो छ, मिडियम पेसमा अझै मिहिनेत गर्नुपर्छ,' उनले भने। 

सकारात्मक लक्ष्य
शाही बन्द प्रशिक्षण कम्तीमा दुई महिना हुनुपर्ने बताउँछन्। तर त्यसको ५ हप्ता कम भए पनि नेपालले मलेसियामा अगस्ट १२ बाट हुने प्रतियोगितामा सकारात्मक लक्ष्य राखेको छ। २०१० मा काठमाडौंमा भएको यु–१६ इलिट कपको पहिलो संस्करणमा नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भयो। दुई वर्षपछि प्रतियोगिताको अर्को संस्करण मलेसियामा भयो। नेपालले भाग्य परिवर्तन गर्न सकेन। आयोजकसँग नेपाल फाइनलमा १ विकेटले पराजित भयो, जुन मलेसियाको एसिसीमा पहिलो उपाधि पनि थियो।
एसिसीले यस वर्षदेखि आफ्नो सम्पूर्ण प्रतियोगिताको संरचना परिवर्तन गर्दै इलिट र च्यालेन्ज हटाएर प्रिमियर र इलिटमा आयोजना गरिरहेको छ। नेपालले राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा थाइल्यान्डसँगै आयोजक मलेसिया, ओमान, सिंगापुर र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। 
'हामी सकारात्मक सोचसाथ मलेसिया जाँदैंछौं,' शाहीले कारण दिन्छन्, 'हाम्रा खेलाडीमा जुन प्रतिभा छ, त्यो अगाडि ल्याउन सकिन्छ। खेलाडीहरू पनि राम्रो प्रदर्शन गर्न निकै उत्साहित छन्। जिल्ला, क्षेत्र र एकेडेमीमा बसेर खेलिरहेकाले खेलाडी राम्रो फर्ममा देखिएका छन्।' 
उनले मलेसियालाई नै नेपालको ठूलो चुनौती मानेका छन्। उनले मलेसियामा अनुभवी खेलाडी रहेको सुनेका छन्। आसिफ शेख नेपाली टोलीका एकमात्र अनुभवी खेलाडी हुन्। दुई वर्षअघि मलेसियामै उनले एसिसी यु–१६ इलिटमा सहभागिता जनाएका थिए। 
वर्षाले प्रभावित पारे पनि तीन अभ्यास खेल खेलाउँदा सिनियर राष्ट्रिय टोलीका आरिफ शेखका भाइ आसिफले एकमा अविजित १ सय २ रन बनाएका थिए। अर्कोमा नेपालगन्जका पुनित थापाले अविजित ८२ रन बनाए। काठमाडौंका सुमित महर्जनले ५२ रन जोडे। प्रशिक्षक शाही ब्याटिङमा आशावादी हुनुका कारण यही नै हो। 
नेपालले १९९६ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाका महत्वपूर्ण सदस्य हुन् शाही। मलेसियामा पहिलो एसिसी ट्रफीमा उनले नेपालबाट सबैभन्दा बढी ८ विकेट लिएका थिए। नेपालले यसपटक यु–१६ को उपाधिको खडेरी पुर्छ भन्ने प्रश्नमा शाहीले रोमान्चित हुँदै भने, 'हिजोका दिनमा राम्रो तयारी भएर जाँदा पनि नेपालले यु–१६ प्रतियोगिता जित्न सकेको थिएन जस्तो लाग्छ। यसपल्ट हाम्रो तयारी राम्रो छैन, त्यसैले जित्छौं होला।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस