फ्रेन्ड्सलाई एन्फाको ‘अल्टिमेटम’
२० साउन २०७१
•
११ मिनेट पाठ
फ्रेन्ड्सलाई एन्फाको ‘अल्टिमेटम’
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापालगायत १३ जनाविरुद्ध पुनरावेदन अदालतमा दर्ता गराएको मुद्दा तीन साताभित्र फिर्ता नलिए ए डिभिजन क्लब फ्रेन्ड्स निलम्बनमा पर्ने भएको छ।मुद्दा फिर्ता नलिए क्लबबाई साधारण सभाले अर्को निर्णय नगरेसम्म सदस्यता निलम्बन गर्ने एन्फा केन्द्रीय समितिले निर्णय गरेको अध्यक्ष थापाले बताए। 
मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै थापाले भने, ‘फिफा, एएफसी र एन्फाको विधानअनुसार फुटबलका कुनै पनि पदाधिकारी, क्लब, खेलाडी अदालत जान नपाउने व्यवस्था छ। विधान विपरीत गएर फ्रेन्ड्सले मुद्दा दायर गरेकाले लचकता अपनाउँदै फिर्ताका लागि तीन साता समय दिएका छौं। फिर्ता नलिए साधारण सभाले निर्णय नगरेसम्म सदस्यता निलम्बन गरिनेछ।' थापाले आपराधिकबाहेक फुटबलका कुनै पनि गतिविधिविरुद्ध अदालतमा उजुरी दिन नपाइने दाबी गरे। 
गत वर्ष सहिद स्मारक लिगअन्तर्गत थ्री स्टारसँग खेल्दा रेफ्रीको निर्णय र आयोजक एन्फाको कारबाहीविरुद्ध फ्रेन्ड्सले अदालतमा मुद्दा दायर गरेको थियो। फ्रेन्ड्सले अध्यक्ष थापा, एन्फा, कार्यसमिति, सहमहासचिव मणि कुँवर, लिग आयोजक समिति, प्रतियोगिता अनुशासन समिति, मुख्य रेफ्री श्रवण लामा, सहायक रेफ्रीद्वय नानीराम थापा र बलराम थापा, फोर्थ रेफ्री गणेश चौधरी, म्याच इन्स्पेक्टर बुद्धि गुरुङ र म्याच कमिस्नर सञ्जिव मिश्रलाई प्रतिवादी बनाएको थियो। 
त्यसै घटनाको छानबिनपछि रेफ्रीको निर्णय र खेलभावनाविरुद्ध कार्य गरेको भन्दै एन्फाले फ्रेन्ड्सका उपाध्यक्ष दीपक थापा, टिम म्यानेजर अरविन्द सिंह, अफिसियल विश्वासविक्रम शाहलाई आवधिक प्रतिबन्ध लगाउँदै क्लबलाई १५ हजार रुपैयाँ जरिवाना गरेको थियो। 
एन्फाले डाकेको बैठक बहिष्कार गर्दै आएका फ्रेन्ड्ससहित ४ क्लबलाई पनि दुई साताभित्र चित्तबुझ्दो जवाफ नपठाए यो वर्ष प्रतियोगिता खेल्नबाट वञ्चित गरिने थापाले बताए। ‘४ क्लबको जवाफ चित्तबुझ्दो भएन। फेरि जवाफ पठाउन दुई साता समय दिन्छौं,' उनले भने, ‘अन्यथा २०७१ सालभर एन्फाले गर्ने र अनुमति दिएका कुनै पनि प्रतियोगिता खेल्न नदिने निर्णय भएको छ।'
मछिन्द्र, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पासम्मिलित क्लब समन्वय समितिले अघिल्लो सिजनको तयारी र पुरस्कार रकम उपलब्ध नगराएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भाग नलिने निर्णय गरेको थियो। 

राष्ट्रिय लिग कात्तिकमा 
एन्फाको महत्त्वाकांक्षी राष्ट्रिय लिग कात्तिक २१ बाट १० देखि १२ टोलीबीच राष्ट्रिय लिग हुने भएको छ। ‘गत वर्ष सुपर सिक्स पुग्ने ६ क्लब तथा ए डिभिजन मान्यता पाएका ९ जिल्लामध्येबाट ४ देखि ६ टोलीको सहभागितामा राष्ट्रिय लिग हुनेछ,' अध्यक्ष थापाले भने। 
भदौ १० देखि २१ सम्म राजधानीमा ए डिभिजन क्लबसम्मिलित नकआउट प्रतियोगिता हुनेछ। लगनखेलस्थित आर्मीको मैदानमा प्रतियोगिता गरिनेछ। त्यौ मैदान प्राप्त नभए विकल्प सोचिने थापाले जनाए। यो वर्ष महिलाका दुई प्रतियोगिता हुनेछ। नेपालगन्जमा भदौ ३० देखि असोज १३ सम्म एनसेल राष्ट्रिय र मंसिर १५ देखि महिला लिग फुटबल हुने निर्णय भएको छ। लिग आयोजनास्थल भने तोकिएको छैन। पुरुषको एनसेल कप चैतमा हुनेछ। ४५ जिल्लामा जिल्ला लिग गर्ने भनिए पनि मिति तय नभएको थापाले बताए। 

साधारण सभा 
एन्फाले अब कात्तिक १४ गते नियमित साधारण सभा गर्ने भएको छ। ‘नियमित साधारण सभा पनि नजकिएकाले छुट्टै विशेष नगर्ने निर्णय भयो,' थापाले भने। एन्फा र अध्यक्ष थापाविरुद्ध सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय खेलुकद परिषदमा उजुरी दर्ता गराएका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धरसहित अर्का उपाध्यक्ष किशोर राई र सदस्य पंकज नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन एन्फाले विशेष साधारण सभाको तयारी गरेको थियो। केही दिनअघि लेखा समितिले उजुरीकर्तालाई हटाउने उद्देश्यले बैठक तथा विशेष साधारणसभा नगर्न निर्देशन दिएपछि रोकिएको हो। 
विभिन्न समिति गठन 
युवा फुटबल परियोजना खारेज गर्दै एन्फाले उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ। एन्फाका सदस्य प्रकाश पंगेनीको संयोजकत्वमा आर्थिक, सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता, सदस्य रमेश रायमाझीको संयोजकत्वमा अतिति सत्कार र सदस्य वसन्त अर्यालको संयोजकत्वमा फुटसल समिति बनाइएको छ। अपिल कमिटी र इन्टिग्रिटी अफिसर भने पछि छनोट गरिने जनाइएको छ। 
तीन पूर्वकप्तान 
राष्ट्रिय टोलीका तीन पूर्वकप्तान उपेन्द्रमान सिंह, बालगोपाल महर्जन र हरि खड्कालाई युवा टोली प्रशिक्षक नियुक्त गरिएको छ। महर्जनलाई यु–१७ को टोलीको मुख्य प्रशिक्षक तोकिएको छ। उपेन्द्रमानलाई यु–१६ र हरिलाई यु–१४ को जिम्मेवारी दिइनेछ। अर्का पूर्वकप्तान राजुकाजी शाक्य तथा मेघराज केसी र किशोर केसीलाई पनि एन्फाले प्रशिक्षक नियुक्त गरेको छ। 
तलब वृद्धि 
एन्फाले क्षेत्रीय र जिल्ला प्रशिक्षकको तलब वृद्धि गरेको छ। क्षेत्रीयले मासिक १५ हजार र जिल्लाले ७ हजार पाउने छन्। यसअघि क्षेत्रीयको ७ हजार र जिल्ला प्रशिक्षकको ५ हजार थियो। एन्फाका ४५ सदस्य जिल्लामा १–१ प्रशिक्षक छन्। राष्ट्रिय टोलीका पुरुष खेलाडीले मासिक १० र महिलाले ५ हजार रुपैयाँ पाउँदै आएका छन्। 
छानबिनमा शंका छ 
एन्फा अध्यक्ष थापाले सार्वजनिक लेखा समितिको छानबिनमा प्रश्न उठाएका छन्। ‘छानबिन समितिका केही सदस्यप्रति हामीलाई शंका छ। मेरोविरुद्ध विज्ञप्ति निकाल्ने त्यही समितिमा छन्,' उनले भने, ‘केहीले समितिकै निर्णय बाहिर गएर अभिव्यक्ति दिएका छन्। पूरा समितिप्रति अविश्वास होइन।' उनको इशारा कांग्रेस सभासदद्वय धनराज गुरुङ र रामहरि खतिवडाप्रति थियो। कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत रहेका गुरुङले केही दिनअघि विज्ञप्ति जारी गर्दै थापाविरुद्ध उजुरीकर्तालाई कारबाही नगर्न भनेको थियो। 
पछिल्लो २० वर्ष इमानदारितापूर्वक काम गरेको दाबी गर्दै थापाले दोषी प्रमाणित भए जुनसुकै दण्ड भोग्न तयार रहेको दोहोर्यासए। तथापि उनले छानबिनप्रति असन्तुष्टि जनाउँदै भने, ‘अख्तियार र युवा तथा खेलकुद मन्त्रालयमा पहिलादेखि छानबिन चलिरहेको छ, एउटा संस्थाका विषयमा कति ठाउँमा छानबिन हुन्छ।' थापाले फिफा र एएफसीको अनुदानको हिसाब नेपाल सरकारलाई बुझाउन एन्फा बाध्य नभएको दाबी गर्दै थपे, ‘तर हामीले छानबिनमा सहयोग गर्न सबै हिसाब बुझाएका छौं।' 
थापाले एन्फालाई विधानअनुसार काम गर्न नदिए प्रतिबन्धसम्म लाग्न सक्ने चेतावनी दिए। त्यस्तो अवस्थामा फिफाले हस्तक्षेप मान्दै कारबाही गर्न सक्ने थापाको तर्क थियो। उनले यही विषयमा एन्फाले लेखा समितिलाई पत्र लेख्ने बताए। 
समितिले शंकास्पद रूपमा छानबिन गरे आफूहरुलाई मान्य नहुने थापाले बताए। उनले भने, ‘एकपक्षीय निर्णय भए हामी मान्न बाध्य हुने छैनौं।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस