एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य
२६ साउन २०७१
•
५ मिनेट पाठ
एसिसी प्रिमियरमा च्याम्पियन बन्ने लक्ष्य
काठमाडौं– एसिसी यु–१६ प्रिमियर क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली युवा टोली मंगलबार मलेसिया जाँदैछ। सोमबार बिदाइ कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक वसन्त शाहीले च्याम्पियन बन्ने लक्ष्य लिएको बताए। उनले भने, ‘नेपाल दुईपल्ट उपविजेता भइसकेकाले अबको हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो। टोलीलाई दबाब र चुनौती दुवै छ। त्यसको सामना गर्न हाम्रो टोली तयारी अवस्थामा छ।'वर्षा मौसमका कारण तयारी लामो समयसम्म नभए पनि टोलीको सन्तुलन राम्रो मिलेको शाहीले बताए। उनले थपे, ‘इन्जिनियरिङ क्याम्पस मैदानमा हामीले प्रशिक्षण गर्यौंल। सिनियर टिमसँग पनि हामीले अभ्यास खेल खेल्यौं। यसले टिमको मनोबल उच्च छ। प्रशिक्षणमा खेलाडीले मिहिनेत गरेका छन्। उनीहरूलाई थाहा छ हामी च्याम्पियन बन्ने लक्ष्यसहित तयारी गरिरहेका छौं। त्यो पूरा गर्न हामी सक्दो प्रयास गर्छौं।'
नेपाल सन् २०१० र २०१२ मा एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटको उपविजेता टोली हो। प्रशिक्षक शाहीले स्पिन बलिङ र ब्याटिङ नेपालको बलियो पक्ष भएको बताए। उनले भने, ‘हाम्रो बलिङ र ब्याटिङमा राम्रो सन्तुलन छ। फिल्डिङमा केही समस्या भए पनि त्यसलाई १–२ सुधार्न सक्छौं।'
प्रिमियर लिगमा युवा टोलीले भाग लिने भएकाले मुख्य प्रतिद्वन्द्वीका रूपमा कुनै टिमलाई नलिएको शाहीले बताए। उनले भने, ‘सबै युवा टोली भएकाले कस्तो खेल्छन् भन्ने सुरुआतमै थाहा हुँदैन। तर आयोजकका हिसाबले मलेसिया तयारी राम्रो गरेको हुनसक्छ।'
नेपालले सुमित महर्जनको कप्तानीमा प्रतियोगिता खेल्नेछ। अलराउन्डर आसिफ शेखबाहेक सबै खेलाडीले पहिलोपल्ट यु–१६ टोलीमा डेब्यु गरेका हुन्। आसिफ उपकप्तान हुन्।
कप्तान सुमितले टोलीको समन्वय राम्रो भएकोले च्याम्पियन बन्न सक्ने दाबी गरे। उनले भने, ‘टिम समन्वय हाम्रो यसपालि बलियो छ। हामीले भदौ ६ बाट अभ्यास सुरु गरेका हौं। अभ्यासका लागि हामीले छोटो समय पाए पनि त्यसलाई सक्दो सदुपयोग गर्ने कोसिस गरेका छौं।'
१४ सदस्यीय नेपाली टोलीमा प्रनित थापा, सुशान्तसिंह थापा, पवन सर्राफ, जितेन्द्रसिंह ठकुरी, रवीन्द्र शाही, रविकुमार शाह, रवि चन्द, आशिष पोखरेल, विजय चौधरी, अनिल खरेल, रिजन ढकाल र रोशन अधिकारी छन्। १३ वर्षे अनिल खरेल टोलीका कान्छो खेलाडी हुन्।  
टोलीका सहायक प्रशिक्षकमा राजु बस्न्यात र व्यवस्थापकमा रञ्जित तामाङ छन्। नेपालले पहिलो खेलमा बिहीबार थाइल्यान्डसँग खेल्नेछ। त्यसपछि आयोजक मलेसिया, ओमान, सिंगापुर र बहराइनसँग राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव युवराज लामाले सोमबार टोलीको बिदाइ गरे। प्रतियोगितामा युवा टोलीले उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा लिएको लामाले बताए। उनले भने, ‘नेपालले क्रिकेटमा राम्रो सफलता हासिल गर्दै गएको छ। युवा टोलीले राम्रो नतिजा निकाल्ने विश्वास छ।'
बिदाइ कार्यक्रममा लामाले नेपाली क्रिकेट विकासलाई क्रिकेटका सबै पदाधिकारीले मिलेर काम गर्नुपर्ने बताए। उनले भने, ‘क्रिकेट पदाधिकारीले विगतमा गरेको गल्तीबाट सिक्दै नयाँ ढंगबाट काम गर्नुपर्छ। अहिलेको अवस्थामा क्रिकेटको विकास गर्ने हो भने सबै पदाधिकारीबीच एकता राखेर अगाडि बढ्न जरुरी छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस