इतिहास रच्न आतुर यु–१६ टोली
०३ भदौ २०७१
•
७ मिनेट पाठ
इतिहास रच्न आतुर यु–१६ टोली
काठमाडौं-नेपाल र मलेसियाबीच किनरारा ओभलमा हुने खेल एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेल हो। तर यसले उपाधि छिनोफानो गर्ने हुनाले फाइनलसरह भएको छ। नेपालले मलेसियामै जारी प्रतियोगितामा चार खेल जितिसकेको छ। बहराइनसँग पहिलो खेलमा वर्षाका कारण निराशा भोगेको मलेसिया पनि बाँकी ३ खेल जितेर उपाधि मुखमा उभिएको हो। प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने छ।दुई वर्षपछि नेपाल र मलेसिया फेरि निर्णायक खेलमा उभिएका हुन्। यसअघि ‘एसिसी यु–१६ एलिट' नामले प्रतियोगिताको अन्तिम संस्करण २०१२ मा मलेसियामै हुँदा नेपाल फाइनलमा घरेलु टोलीसँग १ विकेटले पराजित भयो, जुन मलेसियाको उमेर समूहमा एसिसीको पहिलो उपाधि थियो। 
नेपालले एसिसीको उमेर समूहमा जित्न नसकेको यही एउटा प्रतियोगिता हो। एसिसी यु–१६ एलिटको पहिलो संस्करणमा काठमाडौंमै हुँदा नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भयो। नेपालले एसिसी यु–१५ दुईपल्ट, यु–१७ एकपल्ट र यु–१९ चारपल्ट जितिसकेको छ। 
‘मलेसिया पनि बलियो प्रतिस्पर्धी टिम हो, तर हाम्रा खेलाडीले राम्रो गरिरहेका छन्, त्यसैले हाम्रो ध्यान जित्नेमा केन्द्रित छ,' नेपालका सहायक प्रशिक्षक राजु बस्न्यातले भने, ‘यसअघि नेपाल दुईपटक फाइनल हारिसकेका छौं। अब हामी नयाँ रणनीति बनाएर मलेसियासँग खेल्ने तयारीमा छौं।' उनले मलेसियालाई पराजित गर्न नेपाल पूर्ण रूपमा तयार भएको बताए।
यु–१६ जित्दै उमेर समूहमा वर्चस्व जमाउने प्रयासमा नेपालले बुधबार मलेसियाविरुद्ध खेल्नेछ। पृथु बाँस्कोटाको कप्तानीमा २००९ मा काठमाडौंमै एसिसी यु–१७ को उपाधि जितेयता नेपालले कुनै उमेर समूहको प्रतियोगिता जित्न सकेको छैन। संयोगले त्यो प्रतियोगितामा नेपालले मलेसियालाई फाइनलमा १० विकेटले पराजित गरेको थियो। 
नेपालविरुद्ध वीरनद्विप
मलेसियाका कप्तान वीरनद्विप सिंहलाई चाँडै आउट गर्न सके नेपालले खेल जित्ने धेरैको विश्लेषण छ। उनले ४ खेलमा १ सय ६५ रन बनाइसकेका छन्। उनी सर्वाधिक रन बनाउनेको सूचीमा शीर्ष स्थानमा छन्। वीरनद्विपले बहराइनविरुद्ध ९० र सिंगापुरविरुद्ध अविजित ५९ रन बनाएका थिए। मलेसियाले जितेका तीन खेलमै उनी नै म्यान अफ द म्याच चुनिए। 
सिंगापुरसँग १ सय २८ रनको लक्ष्य पाएको मलेसियाले २५ ओभरमा ८५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो। सिंगापुरले जितेको भए एक खेलअघि नेपाल विजेता बन्थ्यो। तर वीरनद्विपले अविजित अर्धशतक बनाई मलेसियालाई उपाधि रक्षाको नजिक पुर्यापएका छन्। 
दुई वर्षअघि फाइनलमा वीरनद्विपले एकल प्रयासमै नेपालबाट उपाधि खोसेका थिए। पहिलो ब्याटिङ गरेको नेपाल ३३ ओभरभित्र १ सय १७ रनमै अलआउट भयो। ओपनर उनले अविजित ५४ रन बनाएपछि ५ बलअघि लक्ष्य पूरा गर्दै मलेसियालाई पहिलो उपाधि दिलाएका थिए। त्यसअघि समूह चरणमा मलेसिया नेपालसँग १ विकेट पराजित भएको थियो। 
मलेसियासँग यु–१६ तर्फ नेपाल २–१ ले अगाडि छ। नेपालले २०१० को पहिलो संस्करणको सेमिफाइनलमा ३२ रनले पराजित गरेको थियो। 
नेपालबाट प्रनित थापाले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय १८ रन बनाएका छन्। उनले बहराइनविरुद्ध अविजित ७० रन बनाएका थिए। अन्य कुनै ब्याट्सम्यानले अर्धशतक बनाउन सकेका छैनन्। त्यसपछि नेपालबाट बढी रन बनाउनेमा सुशान्तसिंह थापा छन्। उनले ७१ रन बनाएका छन्। यसले नेपालको ब्याटिङमा कमजोरी देखाएको छ। 
सहायक प्रशिक्षक बस्न्यातले भने नेपालले बलिङ र ब्याटिङ दुवैमा ध्यान दिइरहेको बताए। ‘नेपालले बलिङ र ब्याटिङ दुवैमा सक्दो मिहिनेत गर्नेछ, हामी उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छौं,' उनले भने।




स्पिन भरोसा


प्रनितबाहेक नेपालले सुरुआती तीन खेल जित्दा स्पिनरहरू म्यान अफ द म्याचमा चुनिँदै आएका थिए। थाइल्यान्डसँग जितेन्द्रसिंह ठकुरी ५ विकेट, सिंगापुरविरुद्ध पवन सर्राफ ४ र ओमानसँग १३ वर्षे अनिल खरेल ६ विकेट लिँदै उत्कृष्ट खेलाडी भएका थिए। 
नेपाली प्रशिक्षक वसन्त शाहीले स्पिनरमा बढी विश्वास देखाउँदै आएका छन्। उनले देब्रेहाते स्पिनर आशिष पोखरेललाई ओपनिङमा बलिङ गराउँदै आएका छन्। अफ स्पिनर जितेन्द्र १३ र देब्रेहाते स्पिनर अनिल १२ विकेटसहित सर्वाधिक विकेट लिने सूचीमा अगाडि छन्। तेस्रो नम्बरमा वीरनद्विप नै छन्। उनले ८ विकेट लिइसकेका छन्। नेपालकै पवन सर्राफले पनि ८ विकेट लिएका छन्।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस