काठमाडौं-नेपाली खेलाडीले जतिसक्दो एक्सपोजर बनाउनुपर्ने नत्र एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको सफलताले थप उचाइँ लिन नसक्ने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। मलेसियामा अघिल्लो दिन उपाधि जितेको नेपाली टोली बिहीबार काठमाडौं फर्किएपछि उनीहरूले यस्तो धारणा राखेका हुन्।प्रशिक्षक वसन्त शाहीले भने, ‘नेपालले एसिसी यु–१६ प्रिमियर जितेर आयो, फेरि घर गएर बसेमा त्यसको कुनै अर्थ हुँदैैन। यी युवा खेलाडीले जतिसक्दो खेल्न पाउनुपर्छ र एक्सपोजर पाउनुपर्छ।' यस जितको प्रभाव दीर्घकालीन रूपमा हुनसक्ने हुनाले नेपाल क्रिकेट संघले त्यसअनुरुप योजना बनाउनुपर्ने शाहीको सुझाव थियो।
उनले भने, ‘ग्रास रुट कार्यक्रममा धेरै ध्यान दिनुपर्छ। जग बलियो हुन जरुरी छ। पछिल्लो दिनमा उमेर समूहमा हाम्रो प्रदर्शन राम्रो भएको थिएन। यु–१२ को कार्यक्रम अगाडि ल्याउनुपर्छ। त्यसबाटै दुइैदिने प्रतियोगिता सुरु गर्नुपर्छ।'
कप्तान सुमित महर्जनले पनि युवा खेलाडीलाई थप मौका दिनुपर्ने बताए। उनले भने, ‘क्यानले अहिलेको यो टोलीलाई बढी अभ्यास खेलको व्यवस्था मिलाइदिनुपर्छ। प्रतियोगिताहरू गर्नुपर्छ। खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ।'
आशा गरेकै उपाधि
‘हाम्रा लागि कुनै खेल सजिलो भएन, नतिजा चाहिँ ठूलो आयो,' प्रशिक्षक शाहीले भने। उनले तयारी छोटो भए पनि उपाधिको आशा काठमाडौंदेखि नै लिएको प्रस्ट्याए।
काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको यु–१९ टोलीसँग अभ्यास खेल थियो। घाँस पनि लामो भएकाले बल मैदान बाहिर जान पनि अप्ठेरो पर्थ्यो। त्यसैमा नेपाली यु–१६ टोलीले २ सय ४६ रन हानेपछि शाहीले नेपालले प्रतियोगिता जित्ने आधार देखे।
तर नेपाली टोलीमा केही समस्या उनले देखेका थिए। ‘बलिङमा मलाई पहिलादेखि नै विश्वास थियो, तर मिडियम पेस बलिङ राम्रो थिएन। त्यसैले चार स्पिनर खेलाउने हामीले यहींबाट योजना बनाइसकेका थियौं,' शाहीले स्मरण गराए, ‘मिडियम पेसले हामीलाई कहिल्यै पनि राम्रो सुरुआत दिलाउन सकेन। राम्रो मिडियम पेस बलर अर्को भए अझ राम्रो हुन्थ्यौं।' उनले स्पिनर निस्कनुले नेपाली क्रिकेटलाई भोलिको दिनमा अझ राम्रो हुने बताए।
नेपालले थाइल्यान्डलाई १० विकेट, सिंगापुरलाई ४९ रन, ओमानलाई १ सय २ रन, बहराइनलाई १ सय ८६ रन र अन्तिम खेलमा आयोजक मलेसियालाई ३२ रनले पराजित गरी उपाधि जितेको हो। ‘सिंगापुरसँग सुरुमै ४ विकेट झर्दा अली दबाबमा थियौं। प्रशिक्षकले आफ्नो हिसाबले खेल्नू, दबाबमा नपर्नू भनेका थिए, हामीले त्यसैअनुसार खेल्यौं,' कप्तान सुमितले भने। सिंगापुरविरुद्ध उनले ४१ रन बनाउँदै नेपाललाई उकासेका थिए।
पहिलो खेलमै ठूलो अन्तरमा विजय पाएपछि प्रतियोगिता जित्ने आधार बनेको उनी बताउँछन्। टिम स्पिरिटका कारण पनि नेपाललाई जित्न सहयोग गरेको उनको बुझाइ छ। सुमितले क्रिकेटको आफ्नो भविष्यबारे भने, ‘म अझै माथिल्लो स्तरमा खेल्न चाहन्छु। चाँडै राष्ट्रिय प्रतियोगितामा पुग्ने लक्ष्य छ। राष्ट्रिय टोलीले राम्रो खेलिरहेको छ, त्यही भएर सजिलो छैन।'