शाहीको श्रीगणेश
०५ भदौ २०७१
•
८ मिनेट पाठ
शाहीको श्रीगणेश
काठमाडौं-नेपालबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा वसन्त शाहीलाई निकै ख्याति कमाउँला भन्ने थियो। कमै अवसर पाए, जसले उनलाई औसत खेलाडीमा मात्र चिनायो। सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी क्रिकेटपछि शाहीले नेपालको प्रतिनिधित्व गर्नै पाएनन्।१८ वर्षपछि शाहीले प्रशिक्षकका रूपमा नेपाललाई डोर्या उने अवसर पाए। गन्तव्य उही मलेसिया थियो, लक्ष्य फरक। एसिसी यु–१६ प्रिमियर लिग, जुन नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर समूहमा जित्न नसकेको एकमात्र प्रतियोगिता जितेर ल्याउनु थियो।
बुधबार मलेसियामा सबै ५ खेल जितेर नेपालले एसिसीको उमेर समूहको प्रतियोगितामा वर्चस्व कायम राख्दा शाहीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्ने पहिलो घरेलु प्रशिक्षकको इतिहास बनाइसकेका थिए। ‘नेपाली प्रशिक्षकले उपाधि दिलाउनु नेपाली क्रिकेटकै लागि राम्रो संकेत हो, अन्य नेपाली प्रशिक्षकलाई पनि यसले ठूलो बल प्रदान गर्नेछ,' शाही नेपाली प्रशिक्षकप्रति जोड दिँदै भन्छन्, ‘घरेलु प्रशिक्षक कमजोर कोही छैनन्, मौका नपाएका मात्र हुन्।'
मलेसियामा शाहीलाई खेलाडीका रूपमा लैजाने नेपाली प्रशिक्षक नै थिए, सुनोज भट्टराई। त्यसयता नेपाली प्रशिक्षकले कमैमात्र टोली हाँक्ने अवसर पायो। भट्टराईकै प्रशिक्षणमा नेपाल १९९९ मा यु–१९ एसिया कपको फाइनलमा पुग्दै पहिलोपल्ट विश्वकपमा छानियो। नेपालको पहिलो अन्तर्राष्ट्रिय टोलीका अर्का सदस्य जगत टमाटाले २०११ मा एसिसी यु–१९ एलिट र आइसिसी यु–१९ विश्वकप छनोटमा नेपाललाई फाइनलसम्म डोर्यादए। घरेलु प्रशिक्षककै बलमा नेपाल आइसिसी यु–१९ विश्वकपमा छानियो। दुई वर्षअघि एसिसी यु–१६ एलिटमा नेपाली प्रशिक्षक मन्जुर आलम खान थिए। नेपाल फाइनलसम्म पुग्यो।
घरेलु प्रशिक्षकले कुनै उपाधि उचाल्न भने सकेका थिएनन्। नेपालले यसअघि जितेको सबै १४ उपाधि विदेशी प्रशिक्षककै कार्यकालमा थियो। शाही उपाधि दिलाउने पहिलो प्रशिक्षक बन्दै २००९ देखि उमेर समूहमा कुनै उपाधि जित्न नसकेको नेपालको खडेरी पनि चिरे। नेपाली प्रशिक्षकले उत्पादन गरेका खेलाडीले सफलता दिलाएको प्रसंग कोट्याउँदै उनले ठूलो प्रतियोगिता खेल्दा भने नेपाललाई विदेशी प्रशिक्षक आवश्यक पर्ने बताउँछन्।
एसिसी यु–१६ एलिट नामले यसअघि प्रतियोगिताको दुवै संस्करणमा नेपाल फाइनलमै पराजित भएको थियो। मलेसियासँग सन् २०१२ मा नेपाल १ विकेटको पराजित भयो। ‘विगतमा पनि नेपालले नराम्रो खेलेको होइन, भाग्यले साथ नदिएको मात्र हो,' शाहीले आफ्नो सफलताको कारण खुलाए, ‘हाम्रो तयारी छोटो थियो, तर खेलाडीलाई जतिसक्दो अनुभव दिलाएर उतार्दा सफलता पायौं।'
खेलाडीदेखि प्रशिक्षकसम्म
सन् १९९६ मा एसिसी ट्रफीमा नेपाली टोली समूह चरणबाटै बाहिरिँदा अनुभव बटुलेर घर फर्कियो। शाहीले नेपालबाट सबैभन्दा बढी ८ विकेट लिए। १९९८ र २००० को एसिसी ट्रफीमा पनि शाही बन्द प्रशिक्षणमा हुन्थे, तर अन्तिममा उनको नाम हुन्थेन। छनोट प्रक्रिया बुझ्न नसकेका शाहीका लागि राष्ट्रिय टोलीको ढोका बन्द भइसकेको थियो। 
राष्ट्रिय प्रतियोगितामा पनि शाही उत्कर्षमा रहेर बिदा भए। २०५७ मा उनले आफ्नै कप्तानीमा कपिलवस्तुलाई जय ट्रफी राष्ट्रिय प्रतियोगिताको अन्तिम संस्करण दिलाए। शाही पर्सासँगको फाइनलमा उत्कृष्ट खेलाडी थिए। त्यसको केही समयपछि उनी आफूले सिकेको अरुलाई सिकाउनेतिर लागे। ‘खेलाडीका रूपमा मैले जुन मौका पाएँ, त्यसलाई सदुपयोग गरें, अहिले प्रशिक्षकमा जुन अवसर पाएँ, त्यसलाई पनि सदुपयोग गरें,' शाही भन्छन्, ‘खेलाडी हुँदा मैले जति पनि खेलंे इज्जतसाथ खेलें, कहिल्यै १२औं खेलाडी भइनँ।' उनी प्रशिक्षकमा पनि आफ्नो यात्रा त्यसरी नै अगाडि बढिरहेको ठान्छन्।
बीचमा लगातार ६ वर्ष छनोटकर्ता हुँदा शाही प्रशिक्षकको भूमिकाको चहलपहलबाट बाहिर रहे। छनोटकर्ता भएकाले क्षेत्रीय टोली पनि हेर्न नपाउँदा जिल्लामा भने उनी प्रशिक्षककै भूमिकामा हुन्थे। राष्ट्रिय खेलकुद परिषदले स्वयंसेवक प्रशिक्षक कोर्स गराउँदा क्रिकेटबाट ७ जना सहभागी थिए। ६ जनाले पहिलो श्रेणीमा पास गर्दा शाहीले डिस्टिङ्सन ल्याए।
२०१० मा नेपालमै एसिसी लेभल १ को प्रशिक्षण कोर्स गरेका शाहीले दुई वर्षपछि सिंगापुरमा एसिसी लेभल २ पनि सिध्याए। भैरहवाका शाही स्थानीय तिरुपति क्लबका अध्यक्ष पनि हुन्। क्लबका खेलाडीलाई प्रशिक्षण पनि दिन्छन्। शाहीकै उत्पादन हुन् महिला क्रिकेटर इन्दु वर्मा र प्रतीक्षा बस्याल। शाहीले बुटबलमा एपेक्स स्कुलसँग मिलेर एपेक्स क्रिकेट एकेडेमी चलाएका छन्। त्यही एकेडेमीबाट इन्दु र प्रतीक्षा निस्किए। 
शाही भैरहवामा पछिल्लो समय महिला खेलाडीलाई प्रशिक्षण दिन केन्द्रित छन्। ‘म अझै खेलाडी निकाल्न लागिपरेको छु, अब केटा खेलाडीमा पनि विशेष ध्यान दिन्छु,' शाही आफ्नो प्रतिबद्धता जनाउँछन्। शाहीको पछिल्लो खोज अनिल खरेल रहे। जसले मलेसियामै शाहीकै प्रशिक्षणमा १३ विकेट लिएर ‘मोस्ट प्रोमिसिङ प्लेयर' को उपाधि पाए। नेपाली टोलीका कान्छा सदस्य अनिलको सफलताले शाहीको परिचय अझ फराकिलो बनाइदिएको छ। 
उनकै प्रशिक्षणमा गत वर्ष भैरहवा यु–१९ महिला राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्यो। विराटनगरसँग फाइनलमा पराजित भए पनि शाहीले हिम्मत हारेनन्। त्यतिखेर नेपाललाई पहिलो उपाधि दिलाउने घरेलु प्रशिक्षक बन्छु भनेर शाहीले सायदै सोचेका थिएनन्।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस