लामोसाँघु- पौडी खेलाडी शिरीष गुरुङ अहिले १७औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा व्यस्त छन्। एसियाली खेलकुदको ठूलो खेलमेलाको तयारीका लागि उनले स्कुल जानसमेत भ्याएका छैनन्। स्कुल छुट्नुका साथै उनका अरु धेरै नियमित कामकाज अहिले शिरीषको दैनिकीमा छैन्। व्यस्तताबीच बिहीबार उनी पहिरोले ध्वंश गरेको सिन्धुपाल्चोकको माङ्खा पुगे। पौडीका थुपै्र राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाइसकेका उनी पहिरो पीडितको हाल बुझ्नमात्र त्यहाँ पुगेका थिएनन्। न त अभ्यासबाट समय मिलाएर उनी त्यहाँ पहिरोले खोला थुन्दा बनेको ताल हेर्न नै पुगेका थिए। उनी पहिरो पीडितको दुःखमा सहयोगी हात बढाउन चाहन्थे। त्यसैले केही दिनअघि युवा प्रतिभा पुरस्कारबाट प्राप्त १ लाख रुपैयाँ उनले राहत कोषमा सहयोग गरे।
खेलकुदका तर्फबाट युवा प्रतिभा पुरस्कार पाउनेबित्तिकै उनले त्यो रकम सुनकोसी पीडितलाई दिने निश्चिय गरिसकेका थिए। पुरस्कार र सम्मानबाट अहिलेसम्म प्राप्त गरेको सबै रकम सामाजिक सेवामा लगाउँदै आएका शिरीषले पीडितकै बीचमा पुगेर सहयोग गर्दा दुःख साट्न सकिने सोचे। त्यसैले उनी बिहीबार आमा सपना र नेपाल पौडी संघका पदाधिकारी लिएर लामोसाँघु पुगे। उनले लामोसाँघुस्थित राहत संकलन तथा वितरण सिविरमा १० हजार रुपैयाँ नगदसहित कम्बल, लत्ताकपडा र खाद्यान्न सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीलाई हस्तान्तरण गरे।
'मैले अहिलेसम्म पुरस्कार र सम्मानबाट प्राप्त एकपैसा पनि आफूले राखेको छैन,' प्रमुख जिल्ला अधिकारी पराजुलीलाई नगद र सामग्री हस्तान्तरण गरेपछि १६ वर्षे उनले भने, 'यहाँ यति ठूलो जनधनको क्षति भयो। यसले हरेक नेपालीको मन दुखेको छ। प्रशिक्षणमा भए पनि मलाई केही न केही गर्नुपर्छ भन्ने थियो। अस्ति सरकारले सम्मान गरेको सबै रकम यहाँका पीडितलाई दिन मन लाग्यो।'
पीडितलाई सहयोग गर्न पाउँदमा बेग्लै अनुभूति हुने उनले सुनाए। 'एउटा खेलाडीले पाउनुपर्ने सबै सुविधा परिवारले पुर्याउइदिएको छ। तर सबै युवाको अवस्था यस्तो छैन। समाजका हरेकले एकअर्काप्रति सहयोग गर्ने हो भने त्यसले थोरै खुसी दिन सक्छ। त्यसैकारण म यहाँ आएको हुँ।'
पहिरोले वनसाँघु मावि भवन नामनिसाना नरहने गरी बगाएको र त्यहाँ पढने ३१ विद्यार्थीको मृत्यु भएको घटनाले आफूलाई थप भावुक बनाएको शिरीषले बताए। 'विपत्तिले मानिसको ज्यान लिँदा सबैलाई दुःख लाग्छ। तर यहाँ एउटा स्कुलको नामनिसाना रहेन र भविष्यका धेरै सुनौला सपना देखिरहेका विद्यार्थीलाई पनि पहिरोले लगेको कुराले अझै दुःख लागेको छ,' उनले भने, 'म आफै पनि एउटा विद्यार्थी भएकाले यहाँ कहिले आउँजस्तो भएथ्यो। पहिरोमा परेर ज्यान गुमाउनेको आत्माले शान्ति पाओस् भन्ने कामना गर्न चाहन्छु।'
साउन १७ गते कान्ले पहिरोमा ३३ को मृत्यु भएको थियो भने १ सय ५६ बेपत्ता भएका थिए। सुनकोसी पहिरो पीडित अस्थायी पुनर्वास केन्द्रका अनुसार घटनामा २ सय १९ घरका एक हजार बढी विस्थापित भएका छन्।