उत्कृष्ट बलरको ब्याटिङ विश्वास
०७ भदौ २०७१
•
६ मिनेट पाठ
उत्कृष्ट बलरको ब्याटिङ विश्वास
काठमाडौं-जितेन्द्रसिंह ठकुरी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा उत्कृष्ट बलर भए। उनी दुई वर्षदेखि रिकेश लामाको प्रशिक्षणमा छ। उनका प्रशिक्षक लामाको रहर भने जितेन्द्रलाई फेरि तेस्रो नम्बरमै ब्याटिङ गराउने छ। मलेसियामा बुधबार सम्पन्न प्रतियोगिता जित्दै नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर समूहमा सबै प्रतियोगिता जित्ने कीर्तिमान बनाउँदा जितेन्द्र ५ खेलमा केवल ३.७३ को औसतमा १५ विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका हुन्। थाइल्यान्डसँग पहिलो खेलमै ५ विकेट लिँदै उनले व्यक्तिगत र नेपालका राम्रो सुरुआत दिलाए।एक महिनाअघि उनको खेल नियाल्नेलाई भने यो निकै अनौठो लाग्न सक्छ। कीर्तिपुरको साउथ वेस्ट क्रिकेट एकेडेमीमा दुई वर्षदेखि जितेन्द्रले आफूलाई तिखार्ने अवसर पाए। पछिल्लो समय उनले ल्याबोरेटरी स्कुलले चलाएको ल्याब क्रिकेट एकेडेमी तथा नेसनल क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण लिइरहेका थिए। 
उनले जति सिके त्यसमा राम्रो ब्याट्सम्यानको भूमिकामा जमेका छन्। उनलाई केही हदसम्म ब्याटिङ अलराउन्डरमा हेरिएको थियो, त्यो पनि अफ स्पिन बलिङ गर्ने भएकाले। उनले साउथ वेस्टबाट खेल्दै काठमाडौं जिल्ला छनोटमा १००, ९८ र १८ स्कोर बनाएका थिए। अग्रपंक्तिमा खेल्ने उनको यो प्रदर्शन क्षेत्रीय छनोटमा पनि जारी रह्यो। जितेन्द्रले नुवाकोटविरुद्ध अविजित १ सय २५, ललितपुरविरुद्ध १ सय ४ र भक्तपुरविरुद्ध ५१ रन बनाए। 
तर मलेसिया जानुपूर्व बोलाइएको बन्द प्रशिक्षणको कथा बेग्लै रह्यो। प्रशिक्षकले को–को ब्याट्सम्यान र को–को बलर हो छुट्टिएर बस्नु भने। जितेन्द्रले अलराउन्डरमा नाम टिपाए। उनको बलिङबाट प्रशिक्षकहरू प्रभावित भए। ‘म राम्रो ब्याटिङ गर्छु भनेर प्रशिक्षकलाई भनिनँ,' जितेन्द्र आफ्नो भाव पोख्छन्, ‘मलेसियामा आफ्नो उत्कृष्ट दिन्छु भनेर सोचेको थिएँ, तर १५ विकेट लिन्छु भनेर कल्पनासमेत गरेको थिइनँ।' उनले ओमानसँगको खेलमा अविजित ३२ रन बनाएर आफ्नो ब्याटिङ प्रतिभा पनि देखाए। 
मलेसियामा आफ्नो सफलताका कारण जितेन्द्र यसरी खोल्छन्, ‘बल खासै टर्न हुँदैनथ्यो, स्किड हुन्थ्यो। प्रशिक्षकहरूले डट बल खेलाउनु भन्नुहुन्थ्यो। डट बल खेलाउँदा ब्याट्सम्यान दबाबमा आएर आफै विकेट दिएर जान्थे।' जितेन्द्रलाई पछ्याउँदै १३ वर्षे अनिल खरेलले १३ विकेट लिए।
कप्तानले चाहेको बेला आफूलाई प्रयोग गर्ने गरेको उनी बताउँछन्। ‘रन रोक्न, साझेदारी तोड्न परेमा कप्तानले मलाई बल दिन्थे। म पनि चाहिएकै बेला प्रदर्शन दिन्थें। सवै स्तरमा नेपालको प्रतिनिधित्व गर्ने उनको इच्छा छ। नेपालबाट यु–१९ खेल्नु उनको आगामी लक्ष्य हो। ‘हेरौं कहाँ पुगिन्छ, राष्ट्रिय टोलीसम्म कहिले पुगिन्छ भन्ने प्रश्नमा उनले भने, ‘खेल्दै जाँदा उमेर भएपछि पुग्छु जस्तो लागेको छ।
यु–१६ टोलीका प्रशिक्षक वसन्त शाही जितेन्द्र अब नेपाली क्रिकेटको राम्रो विकल्प भएको मान्छन्। ‘उनी बन्द प्रशिक्षणमा ब्याटिङ अलराउन्डर भएर आएका थिए, तर हामीलाई बलिङले प्रभावित पार्योग,' शाहीले भने, ‘एयर स्पिड, लाइन र लेन्थमा बलिङ गरेका कारण उनले र अनिलले मलेसियामा सफलता पाएका हुन्। उनका अनुसार मलेसियामा नेपाली बलरहरू विकेट लिन हतारिन्थे। ‘विकेटका लागि नजाऊ, डटमा जाऊ आफै विकेट आउँछ भनेपछि उनीहरूले त्यसैअनुसार बलिङ गर्न लागे, शाहीले भने। 
जितेन्द्रको मूल घर सुर्खेतको वीरेन्द्रनगर हो। दुई वर्षदेखि उनको परिवार काठमाडौंमा छ। यहाँ आएपछि नै उनी सनसाइनमा आबद्ध भए। ‘पहिलादेखि नै ऊ राम्रो देखिएका खेलाडी हुन्, स्कुल सकाएपछि ४ बजे सिधै अभ्यासमा आइपुग्थे, पूर्वराष्ट्रिय खेलाडी एवं सनसाइन र ल्याबका प्रशिक्षक लामाले विगत सम्भि्कए।
जितेन्द्र रोगले थलिँदा पनि प्रशिक्षण गर्न नछाडेको लामाले बिर्सिएका छैनन्। ‘जन्डिस हुँदा पनि औषधी खाएर मिहिनेतका साथ खेल्न आउँथ्यो। मलेसिया जानुपूर्व पनि बन्द प्रशिक्षणमा हुँदा जितेन्द्रलाई जन्डिसले छाडेको थिएन, लामाले भने, ‘तर प्रशिक्षण जारी राख्थे। अनुशासनमा बसेर खेल्ने हुनाले उसको अझ धेरै अगाडि बढ्ने सम्भावना छ।
लामाको विश्वास अझै जितेन्द्रको ब्याटिङमा छ। जितेन्द्रको ब्याटिङबाट प्रभावित उनले भने, ‘फेरि अवसर आयो भने म उसलाई फस्ट डनमै ब्याटिङमा पठाउँछु, अझै शतक हान्छ जस्तो लाग्छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस