काठमाडौं– नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरे पनि पुबुदु दासानायकेको नेपाली क्रिकेटमा भविष्य अझै अन्यौलपूर्ण छ। यही अन्यौलका बीच श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायके यसै साता नेपाल आउदैछन्।नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ का लागि आइतबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। बिहीबार देखि काठमाडौंमा बन्द प्रशिक्षण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यही दिन दासानायकेको काठमाडौं आइपुग्नेछन्।
क्यानले सम्झौता नवीकरणमा तत्परता नदेखाउदा दासानायके जेठमा क्यानाडा फर्किएका थिए। तत्कालिन अवस्थामा क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) ले आर्थिक प्रतिबन्ध लगाएको थियो। आइसिसी र एसिसीबाट रोकिएको रकम नआउँदा आर्थिक अवस्था कमजोर भएकाले प्रशिक्षक राख्न नसक्ने संघले निर्णय गरेको थियो।
जवाफमा सरकारले असारको अन्तिम साता नै दासानायकेको सम्पूर्ण खर्च बेहोरिदिने निर्णय गरेको थियो। १० महिना देखि आइसिसीले लगाएको आर्थिक नाकाबन्दी खुलाउदै विश्व क्रिकेटको सर्वोच्च संस्थाले गत महिना हाइ पर्फमेन्स ग्रान्ट र पहिलो त्रैमासिकको ७७ हजार डलर गरी १ लाख ९६ हजार डलर क्यानलाई पठाइसकेको छ।
तर सरकारले दासानायके ल्याउने बारेमा क्रिकेट संघलाई कुनै लिखित जानकारी अहिलेसम्म नगराएको क्यानका कायवाहक महासचिव उत्तम कर्माचार्य बताउछन्। दासानायकेलाई राख्ने हो भने सरकारले क्यानलाई लिखित जानकारी गराउनु पर्ने बताउदै कमाचार्य भन्छन, ‘आधिकारिक चिठी आएपछि हामी दासानायकेको बारेमा सोच्छौं।'
सन् २०११ को अक्टोबरमा प्रशिक्षण सम्हालेयता दासानायकेले नेपाललाई डिभिजन ४ र ३ को उपाधिसँगै एसिसी ट्रफीमा संयुक्त विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। गत वर्ष विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदैं विश्वकपमा पुर्याेउनु दासानायकेको कार्यकालमा नेपालको सवैभन्दा ठूलो सफलता थियो। नेपालले बंगलादेशमा विश्व ट्वान्टी–२० मा पनि हङकङ र अफगानिस्तानलाई हराएको थियो।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल दासानायके नेपाल आएर राष्ट्रिय टोली हेर्ने पुरानै निर्णय दोहर्याीउछन्। मन्त्री पौडेलले भने, ‘हामी क्यानलाई जानकारी पठाउने छौं, यो ठूलो विषय होइन, दासानायके आउनु महत्वपूर्ण हो।'
उनले देशमा क्रिकेट संघ नभएको दावीका साथ मन्त्रालय हस्तक्षेप गर्ने क्रममा रहेको भन्दै नयाँ बोर्ड गठन प्रक्रिया अगाडी बढाएका थिए। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामासँग जुहारी चलिरहँदा पौडेलको त्यस्तो भनाई आएको थियो। पछिल्लो समय मन्त्री र लामाबीचको लडाई मत्थर भइसकेको छ। शुक्रबारमात्र मन्त्री पौडेल र लामाले एकसाथ क्यानको कार्यक्रममा भाग लिएर एसिसी यु–१६ प्रिमियर विजेता नेपाली टोलीको सम्मान गरेका थिए। पौडलले मन्त्रालय र क्यानका विषयमा अझै केही मिल्न बाँकी रहेको बताए।
दासानायके काठमाडौं फर्किने निर्णयलाई लिएर १७औं एसियाली खेलकुदको तयारीका लागि रहेको नेपाली टोली पनि प्रभावित छ। दासानायके क्यानाडा फर्किसकेको अवस्थामा क्यानले एसियाली खेलकुदका लागि अरुण अर्याललाई पुरुष टोली र नवीन सिंहलाई महिला टोलीको प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। तर दासानायके फर्किने प्रसङ्ग चलिरहँदा अर्याललाई महिला टोली हेर्न खटाइएको छ भने सिंहलाई वैकल्पिकमा राखिएको छ। पहिला जिम्मेवारी तोकिए पनि अर्यालले पुरुष टोली हेरेनन्। हाल जगत टमाटाले पुरुष टोलीलाई प्रशिक्षण दिइरहेका छन्।
क्यान कार्यबहाक महासचिव कर्माचार्यले खेलकुद परिषदले पुरुष टोली टमाटालाई र महिला टोली अर्याललाई जिम्मेवारी दिनु भनेर पठाएकाले अहिलेलाई सो अनुसार गरिएको बताए। ‘तर पुरै निर्णय भएको छैन, क्यानले बोर्ड बैठकबाटै अर्याललाई पुरुष र सिंहलाई महिला टोलीको जिम्मेवारी तोकेको थियो। हामीले यही अनुसार एसियाली खेलकुदका लागि एक्रिडेसन कार्ड पनि भरिसकेका छौं। हामीले फेरी बोर्ड बैठकबाट यो पारित गर्नुपर्छ।'
सरकारले दासानायकेको बारेमा लिखित जबाफ पठाए के हुन्छ भन्ने प्रश्नमा कर्माचार्यले भने, ‘सरकारले निर्णय गरेपछि हामीले त्यही अनुसार चल्नु पर्ने पनि हुनसक्छ। तर हामीले पनि यो सवै बोर्ड बैठकबाट निर्णय गर्नुपर्छ। त्यसपछि बाँकी रहयो एसियाली खेलकुदको विषय। एसियाली खेलकुदमा प्रशिक्षक तोकिसकेपछि परिवर्तन गर्न पाउछ–पाउदैन हामीलाई थाहा भएन, त्यो नेपाल ओलम्पिक कमिटिलाई थाहा हुन्छ।' उनले मन्त्री पौडेल नै एसियाली खेलकुदको तयारी समितिको संयोजक भएकाले दासानायके आए उनका लागि पहल गर्न सक्ने बताए।