चार वर्षदेखि थलियो लेखनाथस्थित कभर्ड हल
०८ कार्तिक २०७८
•
२ मिनेट पाठ
चार वर्षदेखि थलियो लेखनाथस्थित कभर्ड हल
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चासँगै पूर्वाधार निर्माण र मर्मत सम्भारको आवाज उठिरहँदा लेखनाथको भण्डारढीक रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमाथि भने कसैको आखाँ पर्न सकेको छैन्।  




स्थानीय तह, प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषदले कभर्ड हल निर्माण पुरा गर्ने तर्फ चासो नदिदाँ निर्माणकै चरणबाट अगाडि बढ्न सकेको छैन्। फुटबल मैदान भन्दा उत्तर तर्फ रहेको कभर्ड हलमा चारवटा व्याडमिन्टन कोर्ट अटाउँछ। ढलाने पिलर ठडिएको छ। पिलरको रड खिया लाएको छ। तत्कालिन लेखनाथ नगरपालिकाको गौरवको योजना भएपनि अहिलेसम्म पुरा हुन सकेको छैन। २६ देखि ३३ वडाको एउटा मात्रै खेलकुद पूर्वाधारयुक्त रंगशालाको हालत दयनीय बन्दै गएको छ।  

पोखरा महानगरपालिका–२९को भण्डारढीकमा अवस्थित रंगशालालाई पूर्वाधारसहित व्यवस्थित गर्ने तर्फ वडाले समेत चासो दिएको छैन। वडाका वडाध्यक्ष चेतबहादुर गुरुङ भण्डारढीक रंगशालामा फुटबल प्रतियोगिताको सुरुवात गर्ने व्यक्ति हुन्। उनैको सक्रियतामा आदर्श युवा क्लब गठन गरेर २०४४ साल ताका फुटबल प्रतियोगिता सुरुवात गरेका थिए। खेलकुदमा लामो समय समर्पण रहेपनि वडाध्यक्षमा निर्वाचित भएसँगै खेलकुद पूर्वाधारमा स्थानीय तहबाट खासै सहयोग प्राप्त नभएको गुनासो खेलकर्मीहरु बताउँछन्।  

कभर्ड हल बनाउन चारवर्ष अघि परिषदको ५५ लाख रुपैयाँको बजेटबाट काम शुरु गरिएको थियो। संघ युवा तथा खेलकुद मन्त्रालयबाट २५ लाख, प्रदेश खेलकुदबाट ११ लाख, प्रदेश संसद विकास कोष मार्फत २५ लाख रुपैयाँ प्राप्त भएको थियो। त्यसपछि कसैको आँखा नपर्दा हल दुईवर्ष यता जस्ताको तस्तै छ।  

‘महानगरपालिकाले भण्डारढीक कभर्ड हल संरचना निर्माणमा यो आर्थिक वर्ष बजेट नै छैन्,’ महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले भने, ‘पोखरा २० मौजा र पोखरा १३ आर्वामा निर्माणाधिन खेलकुद पूर्वाधारलाई मात्रै बजेट राखिएको छ।’ स्थानीय तह र प्रदेश खेलकुदले कभर्ड हल निर्माणमा गम्भीरता नदेखाएका छैनन्। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहले स्वामित्व दिए प्रदेशकै मातहतमा निर्माण गर्न सकिने स्पष्ट पार्दै आएको छ। कभर्ड हल निर्माण पुरा भए नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्शल आर्टका केही खेल आयोजना गर्न सकिने विश्वास लेखनाथ खेलकर्मी बताउँछन्।  

गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि पूर्वाधार निर्माण एवं मर्मत सम्भारको लागि दुई करोड रुपैयाँ रहेको उल्लेख गरे। ‘मन्त्रालयले दुईकरोड रुपैयाँ पूर्वाधारको लागि छुट्टाएको छ।’ उनले भने, ‘खर्च गर्ने विषयमा ठोस निर्णय भएको छैन।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि पूर्वाधारको लागि दिईने भन्दै उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय नहुँदा लगानी गर्न नसकिएको उल्लेख गरे। उनले संघहरुलाई तयारीको लागि छुट्टाइएको बजेट समेत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय नहुदाँ संघहरुलाई आवश्यक सामान दिन नसकिएको स्पष्ट पारे। 
अर्को समाचार
खेलकुदबाट ओझेलिएको लेखनाथ
१३ पौष २०७९
•
४ मिनेट पाठ
खेलकुदबाट ओझेलिएको लेखनाथ
पोखराबाट जाँदै गर्दा विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ। बस्ती बाक्लिदैं गएको छ। दुईदशक अघि निकै कम थियो। बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले पहिल्यैदेखि झेल्दै आएको छ। अहिले बस्तीले लेखनाथ साँघुरिदैं गएको छ।




भण्डारढीकको खेल मैदान(प्रस्तावित लेखनाथ रंगशाला)मात्रै फराकिलो थियो। त्यो बाहेक लेखनाथकै अन्य ठाँउमा त्यति फराकिलो ठाँउ छैन्, जहाँ खेलमैदानको रुपमा विकास गर्ने, पूर्वाधार बनाउने। सार्वजनिक जग्गा भएपनि खेलकुदको लागि संरक्षण गर्ने तर्फ ध्यान तत्कालिन समयमा गएन, जसले गर्दा लेखनाथलाई सधै खेलले पछाडि पारिरह्यो।  

खेलमैदान र पूर्वाधारकै अभाव लेखनाथ खेलकुदबाट ओझेल पर्दै गएको छ। खेलकुदका गतिविधि पोखरा रंगशालाभित्र केन्द्रीत छन। त्यसो त पोखराको बजार क्षेत्रभन्दा केही पर हेमजामा पनि पूर्वाधार बनेको छ। हेमजाको गौरीशंकर खेलमैदानले नयाँ रुप पाएसँगै शुभकामना गोल्डकपले छाप छोडिसकेको छ। लामाचौरमा पनि गोस्ते खेलमैदान तयारी छ। अलि माथि गयो भने कास्कीको ढिकुरपोखरीस्थित माछापुच्छ«े माविको खेलमैदान बनिसकेको छ।  

पोखराकै पुरानो प्रतियोगिता आदर्श कप अहिले रोकिएको छ। २०५४ सालमा शुरु भएको प्रतियोगिता २४ औं सस्करणमा आईपुगेर रोकियो। जुन गण्डकी प्रदेशकै तत्कालिन समयको एकमात्र नियमित प्रतियोगिताको रुपमा थियो। क्लब फुटबल प्रतियोगिताको लागि जुर्मुराउन सकेको छैन्। प्रायोजकको अभावले रुमलिनुपर्ने बाध्यता दोहोरिदैं आएको छ। लेखनाथ क्षेत्रमा क्लबहरुले खेलकुद गतिविधिको लागि होस्टेमा हैंसे गर्ने क्षमता राखेका छैनन्। स्थानीय तहले पनि खेलकुदको लागि बजेट छुट्टाई चलायमान बनाउने तत्परता देखाएको छैन्। व्यवसासयिक एवं व्यापारीक प्रतिष्ठानको पनि खेलकुद क्षेत्र प्राथमिकतामा परेको छैन्। त्यसले पनि खेलकुदको विकास हुन नसकेको ठम्याई पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काको छ।  

उनका अनुसार रिठेपानी क्लब भलिबल तर्फ अग्रसर रहेको छ। ‘रिठेपानीमा राईजिङस्टार युवा क्लबले वर्षेनी क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ,’ उनी सुनाउँछन, ‘प्रदेशस्तरीय र राष्ट्रियस्तरमा आयोजना गर्न भने सकेको छैन्।’ लेखनाथकै एकमात्र रंगशालामा समेत तत्कालिन समयमा लेखनाथ उद्योग वाणिज्य संघले मेला र महोत्सव गर्दै आएको थियो। त्यसलाई आदर्श क्लबले नै रंगशालाको रुपमा विकास गर्दै फुटबल प्रतियोगिता आयोजना गर्यो। प्यारापिट निर्माण गर्यो। लेखनाथ वाणिज्य संघले पनि खेलकुदलाई महत्व दिनै नसकेको अवस्था छ।  
दशक अघि लेखनाथको बेगनास तालमा अन्तर्राष्ट्रियस्तरको ट्रायथोलन समेत आयोजना हुदैं आएको थियो। लेखनाथ सडक दौड समेत आयोजना भएपनि दीर्घकालिन बनाउन असथर्म रहे। भण्डारढीकस्थित रंगशाला स्तरोन्नति हुनै सकेको छैन्। निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको पनि वर्षौ भईसकेको छ। गण्डकी प्रदेश सरकारले पनि रंगशाला बनाउने सपना बाँडेको पनि पाँचवर्ष पुरा बित्यो। कार्यान्वयनमा आउन सकेन्। कभर्ड हललाई समेत पूर्णता दिन प्रदेश सरकारले आवश्यक बजेट समेत दिएन्। ठूला प्रतियोगिता मात्रै होईन लेखनाथ क्षेत्रका विद्यालयलाई लक्षित गरी आयोजना गरिने राष्ट्रपति रनिङ शिल्डकै लागि पनि पोखरा रंगशाला ल्याउनुपर्ने बाध्यता छ।  

रंगशाला बनाउन चौर छेवैको बस्तीलाई हटाउनुपर्छ। स्थानीय तह, राजनीतिक दल र क्लबहरुले बस्तीलाई उचित व्यवस्थापन गरेर रंगशाला बनाउने तर्फ ध्यान दिनुपर्ने आदर्श क्लबले औंल्याउँदै आएको छ। ‘क्लबले नै रंगशाला संरक्षण गर्दै आएको छ। पूर्वाधार बनाउने तर्फ स्थानीय तह, जिल्ला र गण्डकी प्रदेश सरकारले चासो नदिदाँ हामी खेलकुदका गतिविधिबाट टाढिएका छौं,’ भण्डारढीकस्थित आदर्श क्लबका अध्यक्ष पदम गुरुङ भन्छन, ‘त्यतिमात्रै होईन व्यवसायिक एवं व्यापारिक प्रतिष्ठानले खेलकुद गतिविधि आयोजना गर्दा सहयोगी भावना देखाउनै सक्दैनन्।’ उनका अनुसार प्रतियोगिता आयोजना गर्दा आवश्यक आर्थिकको लागि प्रायोजन गर्न आखाँ चिम्लिन्छन्।  

लेखनाथमा ८ वडा छन्। सिंगो लेखनाथमा खेलकुदको गतिविधि शून्य हुनु आफैंमा दुर्भाग्य भएको स्वंय लेखनाथ उद्योग वाणिज्य संघले स्वीकारेको छ। ‘लेखनाथका व्यवसायीले खेलकुदलाई ध्यान दिन सकेका छैनन्’ लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउँछन्। खेलकुदको मात्रै नभई लेखनाथ ग्रेटर पोखराको अवधारणासँगै महानगरमा गाभिएपनि विकासका गतिविधिमा ओझेलमा परेको सुनाउँछन्। आठ ताल छन्। तालको संरक्षण हुन सकेको छैन्। तालमै खेलकुदका गतिविधि गर्न सकिने सम्भावना रहेपनि चासो कसैको गएको छैन्।  

‘खेलकुद नै स्वास्थ्यको प्रतीक हो। तर खेलकुदका गतिविधिप्रति सोंच बढाउन नसकेको यथार्थ हो’ उनी भन्छन, ‘खेलकुद स्वास्थ्य जीवनको लागि अपरिहार्य छ। विकास गर्न नसक्नु हाम्रो कमजोरी हो।’ लेखनाथमा भएका वडाहरुले पनि खेलकुदको गतिविधिलाई प्राथमिकतामा राख्नुपर्छ। स्थानीय तहले संघसंस्थालाई घचघच्याउनुपर्ने अवस्था रहेको उनको बुझाई छ। पूर्व अध्यक्ष त्रिपाठीका अनुसार आगामी  वर्ष लेखनाथ महोत्सवकै अवसरमा भलिबल प्रतियोगितालाई समेट्ने योजना रहेको छ।  
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस