काठमाडौं– पुबुदु दासानायके झन्डै तीन महिनापछि नेपालको प्रशिक्षक बन्न बिहीबार फेरी काठमाडौं फर्किएका छन्। नेपाली क्रिकेटको स्थिति अन्यौल बन्दै गएका बेला दासानायके जेठको तेस्रो साता क्यानाडा लागेका थिए।
नेपाली क्रिकेटसँगको आफ्नो अनुबन्धन नेपाल क्रिकेट संघ (क्यान) ले नवीकरण गर्न तत्परता नदेखाएको भन्दै उनी फर्किएका थिए। तत्कालिन अवस्थामा क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) ले आर्थिक प्रतिबन्ध लगाएकाले संघमा कुनै रकम नरहेका कारण देखाउँदै क्यानले दासानायकेलाई नबोलाउने निर्णय गरेको थियो।
कप्तान पारस खड्काले यो सबै क्यानको बहानाबाजी भएको र दासानायके नआए आफु पनि नखेल्ने घोषणा गरेका थिए। सरकारले असारको अन्तिम साता नै दासानायकेको सम्पूर्ण खर्च बेहोरिदिने निर्णय गरेको थियो। युवा तथा खेलकुद मन्त्रालयले बोलाएपछि आफू नेपाल फर्किएको दासानायकेले बताए। तर क्यानले दासानायकेको विषयमा संघलाई अहिलेसम्म कुनै जानकारी नगराएको बताउँदै आएको छ।
'मन्त्रालयले मलाई एक वर्षको प्रस्ताव गर्दै सम्झौता पठाएको थियो, म नियमित रुपमा मन्त्रालयको सम्पर्कमा थिएँ, मैले कसरी काम अगाडि बढाउने हो त्यो मन्त्रालयले निर्णय गर्छ,' दासानायकेले भने, 'मलाई लाग्छ यो सबै अन्यौल चाँडैं अन्त हुनेछ। म चाँडै मन्त्रालयका अधिकारीसँग भेट्दैछु । मन्त्रालयले मलाई एसियाडदेखि नै टोली हेर्नु भनेको छ। सवै विवरण मलाई थाहा छैन ।'
दासानायकेको सम्झौता सकेको समयमा यता क्यानले भने अर्को महिना हुने एसियाली खेलकुदका लागि अरुण अर्याललाई पुरुष टोली र नवीन सिंहलाई महिला टोलीको जिम्मेवारी तोकेको थियो। राष्ट्रिय खेलकुद परिषदको निर्देशनपछि अहिले अर्यालले महिला टोली र जगत टमाटाले पुरुष टोली हेरिरहेका छन्। सिंहलाई वैकल्पिकमा राखिएको छ ।
क्यानाडा फर्किएपछि आफुलाई क्यानले कुनै सम्पर्क नगरेको दासानायकेले बताए। 'म मात्र नभइ खेलाडी पनि ठूलो होइन, हामी सवैले नेपाली क्रिकेटको बारेमा सोच्नुपर्छ। म यहाँ नेपाली क्रिकेट लागि काम गर्न आएको हुँ। यदि पद्धतिले मलाई स्वीकार्छ भने म २ सय प्रतिशत दिनेछु।'
पारस खड्काले दासानायकेलाई जुन ब्यहबार गरिएको छ, त्यो भन्दा बढी हक लाग्दो भएको बताए। 'नेपालमात्र यस्तो राष्ट्र होला जहाँ राम्रो नतिजा ल्याइएका प्रशिक्षकलाई चाहिँदैन भनेर पठाइएको थियो,' पारसले दासानायकेको बारेमा भने, 'नेपाली क्रिकेट जहाँ उभिएको छ, त्यसको मुख्य कारण उहाँ नै हो। उहाँ फर्किदा हामी निकै खुशी छौं । यसले हाम्रो आत्मविश्वासलाई अझ बढाएको छ।'
पारसले आउँदा दिनमा प्रशिक्षकको समस्या समाधन हुने विश्वास लिए। मन्त्रालयले क्यानलाई प्रशिक्षकको बारेमा जानकारी गराएपछि विवाद टुंगिने विश्वास पारसको थियो।