१६ सयलाई उछिन्दै समीर दोस्रो
१३ भदौ २०७१
•
७ मिनेट पाठ
१६ सयलाई उछिन्दै समीर दोस्रो
काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले १४ घन्टा ४५ मिनेट ३३ सकेन्डमा पूरा गरेका थिए।

युरोपमा पहिलो सहभागितामै उपविजेता बन्न सफल भएपछि फ्रान्सबाट समिरले नागरिकसँग भने, 'शीर्ष १० भित्र पर्न सक्छु कि भन्ने आशा थियो। संसारका व्यावसायिक खेलाडीसँगको प्रतिस्पर्धामा दोस्रो हुनु ठूलो उपलब्धि ठानेको छु। तयारीभन्दा पनि प्रतिस्पर्धा निकै राम्रो भयो।' 
एभरेस्ट म्याराथनमा दुर्ईपल्ट अल्ट्रा रेस जितेका समिरले कठिन रुटमा दौड्नु चुनौतीपूर्ण रहेको अनुभव सुनाए। 'यति लामो रुटमा दौडेको थिइनँ। यस रुटमा हिमाल पनि पर्दौरहेछ,' ३० वर्षे उनले सुनाए, 'अत्यधिक चिसोका कारण झोलाको खाना निकालेर खाने अवस्था पनि थिएन। हातमै पिसाब गरंे, त्यसले अलि हात तातो भयो अनि खानेकुरा निकालेर खाएँ।'
उनलाई दौड्दादौड्दै बीचमै छोडुँ जस्तो लाग्यो। तर दिमागले छोड्न दिएन। 'नेपाली हुँ केही गर्नुपर्छ भन्ने मनमा आउँथ्यो अनि जोशले दौडिन्थेँ। दौड पूरा गरेपछि आनन्द आयो। दौडबाटै देश चिनाउन पाएँ खुसी छु। हामीले गर्न सक्ने भनेको यही हो,' उनले भावुक स्वरमा भने। 
अल्ट्रा ट्रेल डु माउन्ट ब्लान्सले आयोजना गरेको रेसको रुट इटालीको चोरमायोरबाट सुरु भई स्विट्जरल्यान्ड हुँदै फ्रान्सको चामोनिक्स पुगेर टुंगिएको थियो। फ्रान्सका जाभियर थेभेनार्ड (१४ घन्टा १० मिनेट ३७ सेकेन्ड) पहिलो र स्पेनका जोर्डी बेस (१४ घन्टा ४७ मिनेट ४७ सकेन्ड) तेस्रो भएका थिए। 
प्रतियोगिताअघि समिरको वरियता १०० भन्दा पछाडि थियो। 'नेपालको एभरेस्ट म्याराथन र रिचर्ड बुलले गर्ने विभिन्न अल्ट्रा दौडको सहभागिता मात्र गणना हुने रहेछ। त्यहाँका प्रदर्शन हेरेर सहभागी हुने मौका दिइएको रहेछ। त्यही प्रदर्शनले वरियता तोकिन्छ,' उनले भने, 'त्यसैले म वरियतामा निकै पछि थिएँ। यो सफलताले अब वरियता सुधार हुनसक्छ।'
एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझाको सल्लाहअनुसार समिरले सेनाका अन्य अल्ट्रा धावकसँग अभ्यास गर्दै आएका छन्। सरकारले प्रथामिकता दिएर प्रशिक्षण दिन सके नेपाली खेलाडीले अल्ट्रा दौडमा सफलता दिलाउन सक्ने समिरको विश्वास छ। 'सीमितसाधन स्रोत र सेनाभित्र बसेर अभ्यास गर्ने वातावरणले गर्दा हामी त यो सफलता पाउन सक्छौं,' उनले भने, 'सरकार नै लाग्ने हो भने धेरै प्रगति गर्न सक्छौं।' 
एभरेस्ट म्याराथनसहित नेपालमा वर्षमा २–३ अल्ट्रा दौड हुने गर्छ। समिरले नेपालमा हुने लगभग सबै अल्ट्रा दौड जितेका छन्। २०६५ बाट अल्ट्रा दौड थालेका उनले सन् २०११ र ०१२ मा ४५ किलोमिटरको ताप्लेजुङ अल्ट्रा दौड जिते। २०१२ मा उनले गोरखाको लिगेलिगे दौडका साथै ७० किलोमिटरको अन्नपूर्ण म्याराथन जितेका थिए। उनी गत वर्ष एभरेस्ट म्याराथनको ६० किमि अल्ट्रा र हङकङको सय किमि अल्ट्रा दौडमा पहिलो भए। हङकङकै अक्सफाम सय किलोमिटर अल्ट्रामा उनी दुईपटक उपविजेता बने। 
समिरसँगै सेनाका आइते तामाङ र तीर्थ तामाङले सोही रेसको १ सय ६८ किलोमिटर दौडमा प्रतिस्पर्धा गर्दै छन्। सो प्रतिस्पर्धामा आइतेले गत वर्ष १३औं स्थान पाएका थिए। डु माउन्ट ब्लान्समा ५३ किमी, १०१ किमी, ११९ किमी, १६८ किमी र ३०० किमिका अलग दौड समावेश छन्। 
उनीहरूको सहभागिता हङकङ–नेप्लिज ट्रेल रनर एसोसिएसनलगायत विभिन्न संघसंस्था र व्यक्तिको सहयोगबाट सम्भव भएको हो। नेपाली अल्ट्रा धावकलाई हङकङ नेप्लिजका अध्यक्ष सुवर्ण मगरले सहयोग गर्दै आएका छन्। 'अल्ट्रा दौड नेपालीका लागि सुहाउँदो खेल हो। प्राकृतिक रूपमा नै हामी डाँडापाखामा दौडेर हुर्केका हुन्छौं। त्यसले पनि अल्ट्रामा ठूलो सहयोग पुग्छु,' मगरले भने, 'देशलाई चिनाउने अल्ट्रा एउटा राम्रो माध्यम हुनसक्छ भनेर हामीले सहयोग गरेका हौं।' मगरका अनुसार तीन खेलाडीको सहभागितामा झन्डै ९ लाख रुपैयाँ खर्च भएको छ। 
व्यावसायिक रूपमा अगाडि लैजानका लागि नेपाली अल्ट्रा धावकलाई सहयोग गरेको अध्यक्ष मगरले सुनाए। उनले भने, 'प्रतिभावान खेलाडीलाई सहयोग गर्ने हामीसँग समूह नै छ। नेपाली अल्ट्रा धावकलाई विश्वभर चिनाउने र उनीहरूलाई व्यवसायिक खेलाडीका रूपमा विकसित गर्दै लाने लक्ष्यसाथ सहयोग गरेका हौं। यसले खेलाडीको आर्थिक अवस्थामा सुधार र देशको पनि नाम राख्न सकिन्छ।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
९ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस