जुम्लामा जिल्लास्तरीय भलिवल प्रतियोगिताको तयारी
११ कार्तिक २०७८
•
२ मिनेट पाठ
जुम्लामा जिल्लास्तरीय भलिवल प्रतियोगिताको तयारी
जिल्ला खेलकुद विकास समिति जुम्लाले जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ। लामो समयसम्म कोभिड १९ का कारण थलिएको खेलकुद क्षेत्रलाई उकास्नको लागि जिल्ला स्तरीय भलिवल खेलको तयारी भइरहेको सदस्य सचिव संगिता आचार्यले बताइन्।




आगामी कात्तिक २५ गतेदेखि सुरु हुने गरि भलिवल प्रतियोगिताको तयारी थालिएको हो। प्रतियोगितामा महिला र पुरुष टीमले सहभागिता जनाउने छन्। सदस्य सचिव आचार्यले जिल्लाको एक नगरपालिकासहित ८ वटै स्थानीय तहबाट एक महिला र एक पुरुष भलिवल टीमले भाग लिने बताइन्। जसका लागि स्थानीय तहका प्रमुखसंग छलफल भइसकेको छ।

जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरेर भलिवल प्रतियोगिता गर्ने बारेमा जानकारी दिइएको थियो। जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले भलिवल खेललाई मर्यादित र अनुशासित बनाउनको लागि सबै सरोकारवाला निकायसंग छलफल भइसकेकोमा जोड दिए।

भलिवल प्रतियोगिता तीन दिनसम्म चल्नेछ। महिला र पुरुष गरेर १९ टीमले प्रतिस्पर्धा गर्ने छन्। जिल्ला स्तरीय भलिवल प्रतियोगिताबाट कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि उत्कृष्ठ खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ। 

प्रतियोगिता आयोजनाका लागि झण्डै ९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर हामीसंग बजेट छैन। प्रदेशले डेढ लाखसम्म पठाउने आश्वासन दिएको छ। त्यो रकम आइपुगेको छैन, सदस्य सचिव आचार्यले भनिन्, ‘आठै स्थानीय तहसंग समन्वय गरि प्रतियोगिता संचालन गरिने छ। खेललाई चुस्तदुरुस्त बनाउने तयारी भइरहेको छ।’

प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरस्कार नगद ५० हजार र द्धित्तीय हुनेलाई ३५ हजार रुपैयाँ कप, मेडल र प्रमाण पत्र दिइने भएको छ।  खेल खेल्ने क्रममा निकै अनुशासित, मर्यादित र प्रतिभावान खेलाडीलाई प्राथमिकताका साथ छनौट गरिने भएको छ। छनौट भएका खेलाडीलाई एक महिनासम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरीय मुख्यमन्त्री कपमा सहभागी गराइने भएको छ।  

जिल्ला स्तरीय भलिवल प्रतियोगिता यो पटक गुठिचौर गाउँपालिका ५ स्थित त्रिभुवन मावि झारज्वालमा हुने भएको छ।

प्रतियोगिताको सह–आयोजक गुठिचौर गाउँपालिका हुने भएको छ। खेलकुद क्षेत्रमा संघीयता कार्यान्वयनको पहिलो पटक जिल्ला स्तरीय भलिवल प्रतियोगिता ग्रामिण क्षेत्र गुठिचौरमा हुन लागेको हो।

गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले प्रायः खेलकुद आयोजना गर्दा झगडा हुने भएकोले प्रतियोगितालाई मर्यादित रुपमा सम्पन्न गर्न शान्ति सुरक्षालाई बलियो बनाउने बताए। 

साथै प्रतियोगिता संचालनका लागि आवश्यक आर्थिक सहायता जुटाउनका लागि स्थानीय तहका प्रमुखहरुसंग पनि छलफल भएको छ। पालिकाका प्रमुखहरुले स्थानीय तहमा छलफल गरी खेलकुद आयोजनाका लागि के कति सहयोग गर्न सकिन्छ जानकारी गर्ने बताएका थिए। जिल्ला स्तरीय भलिवल सञ्चालन हुने खबरसंगै भलिवल खेलाडी उत्साहित भएको छन्। हरेक स्थानीय तहबाट भाग लिने टीमले खेलकुद अभ्यास सुरु गरिसकेका छन्। जुम्ला भलिवलको राम्रो सम्भावना भएको क्षेत्र हो।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस