चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा झापा धुलाबारीको रोलिङ क्लब विजयी भएको छ।
मोरङको बेलाबारी–११ स्थित लक्ष्मीमार्गको खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा रोलिङ क्लबले काठमाडौंको च्यासल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो।
झापाका लागि मार्टिन सिलो, जोन जुरु, बविन बोहरा र पेमा तामाङले गोल गरे। च्यासलका अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गरे भने कमल श्रेष्ठ र अभिन राईले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्यो। च्यासले सुरुआतबाट अग्रता लिँदै खेले पनि अन्तिम १३ मिनेट आफूलाई समाल्न नसक्दा बराबरी हुँदै टाइब्रेकरबाट पराजित हुन पुग्यो। दुवै टोली आक्रमक खेलेको थियो।
खेलको १३ औं मिनेटमा च्यासलका रूमेश बर्ताेलाले डिबक्सभित्र मिलाइ दिएको पासमा सुसन लामाले गोल गरे। लगत्तै रूमेश बर्तोलाले डिबक्सभित्रबाट गरेको प्रहार बाहिरियो। ३० औं मिनेटमा झापाका रोहन कार्कीले गरेको प्रहारलाई गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे। ४३ औं मिनेटमा झापाका विकास लिम्बूले प्रहार गरेको बल पोलमा ठोकिँदै बाहिरियो। ५५ औं मिनेटमा च्यासलका अजित गुरुङको राम्रो प्रहार गोल हुन सकेन। ५७ औं मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी हेन्थी वेलेले वान भर्से वान गोल गर्दै खेल बराबरी पारे।
झापाका गोलरक्षक मनोज प्रधानले म्यान अफ द म्याचको पुरस्कार पाए। सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र पश्चिम बंगालको रोयल फुटबल क्लब सिलिगुडीबीच शुक्रबार प्रतिष्पर्धा हुनेछ।
डाँगिहाट युथ क्लबले आयोजना गरेको प्रतियोगिता कात्तिक १८ गतेसम्म हुनेछ। प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहेको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डिवाइसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको पश्चिम बंगालको रोयल फुटबल क्लब सिलिगुडी प्रतियोगितामा सहभागी भएका छन्।
प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११–११ हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।