बर्नलीले चेल्सीसँग अंक बाँड्यो
२२ कार्तिक २०७८
•
२ मिनेट पाठ
बर्नलीले चेल्सीसँग अंक बाँड्यो
चेल्सीका जर्गिन्हो (बीच) बर्नलीका एस्ले वेस्टउडसँग बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिरः एपी
रोस बार्क्लीको उत्कृष्ट प्रदर्शनबाट प्रिमियर लिगको उपाधिको अपेक्षा राखेका थोमस टुचेलको टोली चेल्सीले शनिबार बर्नलीसँग १–१ को बराबरी खेल्दै अंक बाँड्दा म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले बाजी मारेको छ।




चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा बर्नलीसँग बराबरी खेल्दै अंक बाँडेको हो।२७ वर्षे बार्क्लीले मौका पाउँदा अनुभवी र भरपर्दा खेलाडीद्वय रोमेलु लुकाकु र टिमो वेर्नेर चोटका कारण मैदानबाहिर छन्। मासोन माउन्ट भने टोलीमा अनुभवी खेलाडी रहेका थिए।

घरेलु मैदानमा दबाब दिएर खेलेको चेल्सीले ३३औं मिनेटमा काई हार्भाट्जको गोलबाट अग्रता लिएको थियो।रिस जेम्सको क्रसलाई सदुपयोग गर्दै हार्भाट्जले यस सिजन लिगमा दोस्रो गोल गरेका थिए।रेलिगेसन क्षेत्रमा रहेको बर्नलीले दोस्रो हाफमा अग्रता घटाउन सफल भएको थियो। पाहुना टोलीका भिड्राले खेल सकिन ११ मिनेटअघि गोल गर्दा बर्नलीले लिग लिडर क्लबसँग अंक खोस्न सफल भएको हो।

बराबरीको नतिजापछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको लिभरपुलसँग अंक दूरी बढाउने मौका गुमाएको हो। बराबरीको नतिजापछि पनि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग स्पष्ट ३ अंकको अग्रता लिएको छ।

बर्नली रेलिगेसन क्षेत्रभन्दा अझै २ अंकले पछि छ। बाक्र्लीको प्रदर्शनमा ठूलो अपेक्षा राखेका चेल्सी प्रशिक्षक थोमस टुचेलले उपाधि उचाल्न सहयोग पुग्ने  बताएका हुन्।

‘बार्क्लीले क्लबबाट लामो समय कुरिरहेका छन्। उनी टोलीमा रहँदा राम्रो प्रभाव पारेका छन्,’बार्क्लीलाई प्रशंसा गर्दै टुचेलले भने,‘उनी सुरुआती ११ मा अटाउने खेलाडी हुन्। आजको खेलमा फरक रणनीतिका साथ खेलेका थियौं। परीक्षणको खेलमा उनको प्रदर्शन राम्रो रह्यो। यद्यपि उनले आफ्नो प्रदर्शन अझै राम्रो हुने अपेक्षा रखेका छन्। आजको खेलबाट उनी स्वयम् सन्तुष्ट छैनन्।’

प्रिमियर लिगमा शनिबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनायो।

२–० को नतिजा निकाल्दै सिटी शीर्ष स्थानको चेल्सीसँगको दूरी घटाउन सफल भएको हो। ११ खेलबाट २३ अंक जोडेको सिटी शीर्ष स्थानको चेल्सीभन्दा ३ अंक पछि परेको छ। म्यानचेस्टर युनाइटेड भने पाँचौं स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटनले घरेलु मैदानमा एस्टन भिल्लामाथि १–० को संघर्षपूर्ण जित निकाल्दा क्रिस्टल प्यालेसले उल्भ्समाथि २–० को स्पष्ट जित निकाल्यो। ब्रेन्टफोर्ड नर्विच सिटीसँग २–१ ले पराजित हुँदा न्युक्यासल र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
अर्को समाचार
उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा
१८ फागुन २०८०
•
१ मिनेट पाठ
उपाधी जित्नबाट चुकेपछि भावुक बनेकी दीपा
वाफ वुमेन्स च्याम्पियनसिपको उपाधी जित्नबाट नेपाल चुकेपछि खेलाडीहरू भावुक बनेका छन्।




पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिपमा सहभागीता जनाउँदै फाइनलसम्मको यात्रा तय गरेको नेपाली महिला टोलीको प्रदर्शनले विश्व फुटबल जगतलाई आफूतिर तान्न सफल भयो। जारी प्रतियोगिताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि नेपाल उपाधी जित्नबाट भने बञ्चित भयो।

साउदी अरबमा नेपाली दर्शकको भरपुर साथ र उच्च मनोबलले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेको नेपाली खेलाडी प्रतियोगितामा पराजित भएपनि सबैको मन जित्न भने सफल भएका छन्।

निर्धारित ९० मिनेटको खेलमा ५ पटकको विजेतासँग जुझेर २–२ को बराबरीमा खेललाई ल्याएको नेपाली टोली पेनाल्टी सुटआउटमा भने चुक्यो र उसको सपना अधुरै रह्यो। उपाधिको नजिक पुगेर पनि जित्न नसकेपछि नेपाली टिमकी दीपा शाही निकै भावुक बनिन्। नेपालका लागि दीपासहित गीता राना र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन्।

खेलपछि कुराकानी गर्ने क्रममा उनको गहभरी आँशु सबैले सहजै देखे। आँशुका कारण आवाज पनि भारी बनेको दीपाले भनिन्, ‘बलियो टोली मानिएको जोर्डनसँग हामीले ९० मिनेट फाइट गयौँ। २–२ को बराबरीमा पनि खेललाई ल्यायौँ। तर, पेनाल्टी सुटआउटमा हामी चुक्यौँ। हामीले अझै गर्न सक्थ्यौँ तर सकेनौँ।’

उपाधी गुमाउनुपरेको पीडाका कारण राम्रोसँग बोल्न समेत नसकिरहेकी दीपाले नेपालकी स्ट्राइकर सावित्रा भण्डारीलाई मिस गरेको बताइन्।

भारी स्वरमै उनले भनिन्, ‘हामीले ९० मिनेट फाइट गयौँ। खेलमा सबैभन्दा धेरै सावित्रा दिदीलाई मिस गयौँ। उनको उपस्थिति भएको भए सायद आज उपाधी हाम्रो हुन्थ्यो होला।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
युनाइटेडले अवसर गुमायो
युनाइटेडले अवसर गुमायो
एजेन्सी एजेन्सी • · ०१ फागुन २०७८ · १ मिनेट पाठ
एन्टोनियोको कीर्तिमान
एएफपी एएफपी • · ०९ भदौ २०७८ · २ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस