नारायणगढमा महिला राष्ट्रिय लिग
२८ भदौ २०७१
•
२ मिनेट पाठ
नारायणगढमा महिला राष्ट्रिय लिग
चितवन-नारायणगढ क्याम्पाचौरमा सोमबारदेखि महिलाको राष्ट्रिय लिग फुटबल प्रतियोगिता हुने भएको छ। असोज ८ गते चल्ने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्। पाँच विकास क्षेत्र र तीन विभागीय समूहले प्रतियोगितामा भाग लिने शनिबार नारायणगढमा आयोजित चितवन जिल्ला फुटबल संघका अध्यक्ष राजेशराम श्रेष्ठले जानकारी दिए।




अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रमअनुसार हुने प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमसँगैे त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबले भाग लिने छन्।

विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ पाउने छन्। विधागत उत्कृष्टमा गोलरक्षक, फरवार्ड, मिडफिल्ड, डिफेन्स र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइने अध्यक्ष श्रेष्ठले बताए।

असोज ४ सम्म लिग चरण हुनेछ। समूह 'क' मा नेपाल पुलिस, पूर्वाञ्चल, मध्यमाञ्चल र मध्यपश्चिम छन्। 'ख' समूहमा त्रिभुवन आर्मी, एपिएफ क्लब, सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल टोली छन्।

प्रतियोगिता गर्न १९ लाख रुपैयाँ खर्च अध्यक्ष श्रेष्ठले बताए। मुख्य प्रायोजकमा वेस्टर्न युनियन मनी ट्रान्सफर रहेको छ। खेलको टिकट शुल्क ३० र २० रुपैयाँ राखिएको र टिकट बिक्रीबाट ३ लाख जुटाउने आयोजकको लक्ष्य छ।

'प्रतियोगिताले चितवनमा खेलकुद पूर्वाधार बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ,' चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रेष्ठले भने। प्रतियोगिता हुने क्याम्पाचौरलाई मिनी रंगशाला बनाउन विभिन्न संघसंस्थाले प्रयास गर्दै आएका छन्। प्रतियोगिताले त्यसलाई मूर्त रुप दिन सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास छ।
अर्को समाचार
राष्ट्रिय महिला फुटबल लिगको उपाधीमा पुलिसको कब्जा
०८ असोज २०७१
•
३ मिनेट पाठ
राष्ट्रिय महिला फुटबल लिगको उपाधीमा पुलिसको कब्जा
चितवन—अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अन्तर्गत नारायणगढमा भएको वेष्टर्न युनियन महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हासिल गरेको छ । बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले नेपाल आर्मीलाई पराजित गरेको हो । जीतसँगै पुलिसले ट्रफी र नगद दुई लाख रुपैयाँ प्राप्त गरेको छ।विजेताको फैसला टाइ ब्रेकरको आधारमा भएको हो । निर्धारित समयभित्र दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । थप समयमा दुवै टिमबाट एक एक गोल भएपछि विजयी टिमको निक्र्यौल गर्न टाइ ब्रेकरको साहारा लिइएको हो । थप समयमा आर्मीकी भुजङ्ग राईले गोल गर्दै टिमलाई खेलमा अग्रता दिलाइकी थिइन्।




आर्मीको तर्फबाट गोल भएको तीन मिनेट नबित्दै पुलिसकी यशोदा लामाले गोल गरेपछि दुवै टिमबाट अन्तिम समयसम्म थप गोल भएन । टाइ ब्रेकरमा आर्मीकी क्याप्टेन अञ्चली वाइवाले हानेको बल पोष्टमा ठोक्किएर बाहिर गएको थियो । नेपाल पुलिसका सवै प्रहार गोलमा परिणत भएपछि आर्मीले एक बल हान्न बाँकी रहँदा नै प्रहरी विजयी घोषित भयो ।

यसअघि गत वर्ष इलाममा भएको राष्ट्रिय लिगमा पनि पुलिसले आर्मी टिमलाई पराजित गरेर उपाधी जितेको थियो । यस पटक पनि गत वर्षकै अवस्था दोहरियो । प्रतियोगितामा उप विजेता बनेको आर्मीले एक लाख नगद पुरस्कार प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव युवराज लामाले पुरस्कार वितरण गरेका हुन् ।

भदौ ३० गते सुरु भएको प्रतियोगितामा विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लबका साथै पाँच क्षेत्रका क्षेत्रीय टिम गरेर कुल आठ महिला टिम सहभागि भएका थिए । प्रतियोगितामा उत्कृष्ट फरवार्ड नेपाल पुलिसकी निरु थापा भइन् । पुलिसकै घिमकुमारी गुरुङले उत्कृष्ट डिफेन्स र सन्देश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

त्यस्तै आर्मीकी लिला लामगादे उत्कृष्ट गोल किपर र एपीएफकी अनिता बस्नेत उत्कृष्ट मिड फिल्डर भइन । उत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघले प्रतियोगिता सम्पन्न भएको स्थल क्याम्पाचौरमा मिनी स्टेडियम बनाउन गरेको मागलाई सकेसम्म सहयोग गर्ने परीषदाका सदस्य सचिव लामाले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस