कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक
३० भदौ २०७१
•
९ मिनेट पाठ
कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक
काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ।
दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ।




उनी नेपाली क्रिकेट प्रशिक्षक हुन्। एसियाली खेलकुदमा उनकै प्रशिक्षणमा महिला टोली मैदानमा ओर्लंदैछ तर नेपालको होइन, दक्षिण कोरियाको।
उनलाई प्रशिक्षणमा सहयोग गरिरहेकी नीरा राजोपाध्याय नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।
यी दुवै जना दुई महिनादेखि दक्षिण कोरियामा महिला क्रिकेट प्रशिक्षकका रूपमा कार्यरत छन्। उनीहरूकै प्रशिक्षणमा दक्षिण कोरिया पहिलोचोटि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओर्लन लागेको हो। कोरियाको पुरुष र महिला दुवै टोलीले इन्चोनमा प्रतिस्पर्धा गर्नेछन्। दक्षिण कोरिया इन्चोनमा एसियाली खेलकुद आयोजना गर्न पाएसँगै क्रिकेट टोली बनाउन बाध्य भएको हो।
नेपाली क्रिकेटमा खासै भूमिका नपाएका चौधरी र राजोपाध्यायले दक्षिण कोरियासम्मको यात्रा कसरी तय गरे?
कोरियाको महिला टोली आधारभूत प्रशिक्षण लिन गत मंसिरमा नेपाल आएको थियो। त्यो एसियाली खेलकुदकै लागि लक्षित टोली थियो। सबभन्दा रोचक त यसअघि उनीहरूसँग क्रिकेट टोली नै थिएन। काठमाडौं आउनु डेढ महिनाअघि मात्रै उनीहरूले सूचना निकालेर खेलाडी खोजेका थिए।
नयाँ छानिएका खेलाडीको टोलीका साथ काठमाडौं आउँदा प्रशिक्षणको जिम्मा नीरासहित राजु बस्नेत र कलाम अलीले पाए।
जेठ अन्त्यतिर कोरियाली टोली एसियाली खेलकुदको तयारी क्रममा दोस्रोपटक नेपाल आयो। ४५ दिनमा १५ अभ्यास खेल खेल्ने उनीहरूको उद्देश्य थियो। अर्विट र फर्पिङका टोलीसँग केही खेल खेलेपछि कोरियाली टोली वर्षाका कारण भ्रमण छोट्ट्याउन बाध्य भयो। कोरियाली टोलीका प्रशिक्षक थिए, पाकिस्तानी मूलका नासिर खान। दुई दशकदेखि कोरियामा बस्दै आएका खान इन्चोन क्रिकेट संघका प्रशासक पनि हुन्। खानकै माध्यमबाट चौधरी कोरिया क्रिकेट संघको सम्पर्कमा आए।
र, यही सम्पर्क उनको प्रशिक्षण यात्रामा 'टर्निङ प्वाइन्ट' साबित भयो।
उनी खानले जोडिदिएको सम्पर्क पछ्याउँदै दुई महिनाअघि इन्चोन पुगे। 'नेपालमा अरू पनि प्रशिक्षक छन्, तर यस्तो अवसर पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु,' चौधरीले टेलिफोनमा नागरिकसँग भने, 'यो निकै चुनौतीपूर्ण कार्य हो। उनीहरू क्रिकेटमा पूरै नयाँ हुन्, मनैदेखि क्रिकेट खेल्न खोज्दैनन्।'
'उनीहरूलाई कसरी रन बनाउने थाहा छैन। प्राविधिक आइडिया केही छैन,' चौधरीले कोरिया महिला क्रिकेटबारे भने। एसियाली खेलकुद मुखैमा आइपुग्दा पनि आधारभूत प्रशिक्षण नै दिइरहेको उनी बताउँछन्।
सहायक प्रशिक्षक राजोपाध्याय खेलाडीहरू मिहिनेती रहेको र तुरुन्तै सिक्न खोज्ने स्वभावको भएको बताउँछिन्। जग कमजोर भएकाले कोरियालाई क्रिकेटमा माथि आउन समय लाग्ने उनको बुझाइ छ।
चौधरीका अनुसार कोरियाको टोलीमा सफ्ट बल, गल्फ, फ्लोर बल, पौडीबाट आएका खेलाडी छन्। त्यही भएर फिटनेसको समस्या नभएको उनले बताए। केही खेलाडी भने स्कुले शिक्षक छन्। २१ वर्षे सोङ सेउन मिनले गत वर्ष नेपाल आउँदा कोरियाली क्रिकेट संघले निकालेको सूचना पढ्दासम्म क्रिकेटबारे केही थाहा नभएको बताएका थिए। 'अभ्यासमा गएपछि बल्ल यो खेलमा उत्सुक भएँ,' उनले भनेकी थिइन्।
प्रशिक्षकका रूपमा चौधरी पनि नयाँ नै हुन्। सन् १९९८ मा नेपाली राष्ट्रिय टोलीमा 'डेब्यु' गरेका उनले २०१० सम्म खेले। यही क्रममा २००७ मा उनले एसिसी लेभल वान कोर्स गर्दै लेभल टु पनि सकाएका थिए। गत वर्षदेखि उनी नेसनल क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षक थिए। उनले अहिलेसम्म कुनै टोली हेर्न पाएका थिएनन्। 
कोरियाली टोलीको प्रशिक्षणलाई उनले सिक्ने अवसरका रूपमा लिएका छन्। एनसिएसहित नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपाल क्रिकेट संघलाई धन्यवाद दिँदै उनले भने, 'नयाँ टोली पाउँदा झन् राम्रो भयो, सबै आफ्नो हिसाबले गर्न पाएको छु। आफ्नो देशबाट नपाए पनि अर्को देश हेर्न पाउनु भाग्य हो।'
राजोपाध्यायले एसिसीको लेबल वानको प्रशिक्षण गरेको दुई वर्षअघि मात्र हो। उनी नेपाली महिला क्रिकेटको पहिलो पुस्ताका प्रशिक्षक हुन्। चौधरीजस्तै उनी पनि एनसिएका प्रशिक्षक थिए। उनीबिना पहिलोपटक नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो। 
नेपालले २००७ मा मलेसियामा एसिसी वुमन्स च्याम्पियनसिपमा सहभागिता जनाउन सुरु गरेदेखि राजोपाध्याय राष्ट्रिय टोलीबाट खेल्दै आएकी थिइन्। पछिल्लो एसियाली खेलकुदमा नेपाली महिला टोली उनकै कप्तानीमा ओर्लिएको थियो। यसपटक भने एसियाली खेलकुदका लागि नेपाली टोली घोषणा हुनुअघि नै उनी प्रशिक्षण दिन कोरिया पुगिसकेकी थिइन्।
खेल्न सुरु गरेको ९–१० महिनामै कोरियाली टोली यो स्तरमा पुग्नुलाई चौधरी सफलता मान्छन्। 'यो टोलीलाई विस्तारै अझ माथि उठाउन सकिन्छ। जति सिकायो त्यतिमात्र गर्छन्। दिमाग लगाएर उनीहरू केही बढी सिक्न खोज्दैनन्,' उनले भने।
नेपालको तुलनामा धेरै सुविधा भए पनि कोरियाली टोलीमा समस्या थुप्रै छन्। चौधरीका अनुसार कोरियाले पुरुष क्रिकेट टोली बनाउन ठूलो लगानी गरेको छ। महिला टोलीले भने भएको एउटा रंगशालामा अभ्यासका लागि साताको दुई दिनमात्र टर्फ विकेटमा अभ्यास गर्न पाउँछ। बाँकी पाँच दिन सेन्थेटिकमा अभ्यास गर्नुपर्छ। 
कोरियाले यसपालि एसियाली खेलकुदमा समूह चरणमा चीन र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। चीनले पछिल्लो पाँच वर्षमा ठूलो छलाङ मारिसकेको छ। त्यही भएर कोरियाली टोलीले ठूलो आसा नगरेको चौधरी बताउँछन्। 'बढीमा हङकङलाई जित्ने प्रयास गर्नेछौं,' उनले भने, 'चीनसँग राम्रो खेल्ने हाम्रो प्रयास हुनेछ।'
नेपाल, मलेसिया र थाइल्यान्ड भने अर्को समूहमा छ। समूह चरण खेलमा नेपाल र कोरियाको भेट हुने छैन। 'नेपालसँग खेल्न पाएको भए मलाई भावनात्मक दबाब पर्ने थियो होला,' चौधरीले भने, 'तर, त्यो मेरा लागि सबभन्दा खुसीको क्षण हुने थियो।'
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस