चितवन- नेपाल पुलिस क्लब र मध्यमाञ्चलको विजयसँगैसोमबार महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता नारायणगढ क्याम्पाचौरमा सुरु भएको छ। निरु थापाको ह्याटि्रकमा पुलिसले मध्यपश्चिमाञ्चललाई एकतर्फीसँग ६–० ले पराजित गरेको छ। पुलिसले दुवै हाफमा २–३ गोल गरेको थियो।
१५औं मिनेटमा रुपा लामाले सुरुआती गोल गरिन्। ३०औं मिनेटमा सपना थेवेले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन्। खेलको ३७औं मिनेटमा रिना गुभाजुले तेस्रो गोल गरिन्।निरुले मध्यान्तरपछि ह्याटि्रक गरेकी हुन्। उनले दोस्रो हाफको ९, १६ र २८औं मिनेटमा गोल गरेकी थिइन्।
अर्को खेलमा मध्यमाञ्चलले प्रतिस्पर्धात्मक खेलमा पूर्वाञ्चललाई २–१ ले पराजित गर्योै। कविता सुन्दासको गोलमा २२औं मिनेटमा अग्रता लिएको पूर्वाञ्चलले त्यसलाई जोगाउन सकेन। मध्यान्तरपछि मध्यमाञ्चलले दुई गोल फर्कायो। टोलीका लागि मिथिला कुश्वा र निर्मला केसीले गोल गरेका थिए।
असोज ८ सम्म चल्ने प्रतियोगिताको एन्फा अध्यक्ष गणेश थापाले उद्घाटन गरेका थिए। तीन विभागीय र पाँच विकास क्षेत्र गरी ८ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।
विजेताले २ लाख, उपविजेताले १ लाख तथा प्रत्येक ५ विधाका उत्कृष्ट (फरवार्ड, मिडफिल्डर, डिफेन्स, गोलकिपर र प्रशिक्षक) ले जनही २५ हजार नगद पुरस्कार पाउने छन्।
समूह 'क' मा पुलिस, पूर्वाञ्चल, मध्यामाञ्चल र मध्यपश्चिमाञ्चल छन्। 'ख' समूहमा आर्मी, एपिएफ, सुदूरपश्चिम र पश्चिमाञ्चल छन्। खेल लिगकम नकआउटका आधारमा हुनेछ।