एकै दिन ३५ गोल
०२ असोज २०७१
•
२ मिनेट पाठ
एकै दिन ३५ गोल
चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध १४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्योर। सशस्त्र प्रहरीको एपिएफ क्लबले पश्चिमाञ्चलविरुद्ध २१ गोल गर्योो। एपिएफकी सजना रानाले एक्लैले ९ गोल गरिन्।
त्रिभुवन आर्मीका लागि दीपा न्यौपानेले ८, इन्दिरा राई र भुजंगा राईले २–२ तथा अञ्चली वाइबाले एक गोल गरेका थिए। सुदूरपश्चिमबाट आर्मीले एक आत्मघाती गोल उपहार पायो। 
पश्चिमाञ्चललाई निरीह पार्दा एपिएफबाट सजनाबाहेक अनिता बस्नेतले ५, सावित्री भण्डारी, सपना राई, रेनुका नगरकोटीले २–२ र गीता रानाले एक गोल गरेका थिए। सजनाले मध्यपश्चिमविरुद्ध पनि ह्याटि्रक गरेकी थिइन्। 
प्रतियोगितामा क्षेत्रीय टोलीहरू निकै निरीह देखिएका छन् छन्। पूर्वाञ्चलले मात्र विभागीय टोलीलाई केही टक्कर दिए पनि अरुले फराकिलो अन्तरले पराजय बेहोरेका छन्। पूर्वाञ्चल आर्मीसँग २–० ले र नेपाल पुलिससँग १–० ले पराजित भएको थियो। साविक विजेता नेपाल पुलिसलाई मध्यमाञ्चलले १–० मै रोक्न सक्नु ठूलो उपलब्धि देखिएको छ। 
शुक्रबार मध्यमाञ्चलविरुद्ध मध्यपश्चिमाञ्चल र पुलिस क्लबविरुद्ध पूर्वाञ्चल भिड्दै छन्।
अर्को समाचार
युथ लिगमा एकै दिन १३ गोल
१२ पौष २०८१
•
२ मिनेट पाठ
युथ लिगमा एकै दिन १३ गोल
ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बिहीबार एकै दिन १३ गोल भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको २१औं खेलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई ४–० र विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई ७–२ ले हराएका हुन्।

जितसँगै तेस्रो स्थानको संकटाले दोस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)सँगको अंकदूरी दुईमा झारेको छ। २१ खेल खेलेको संकटाको ४२ अंक छ भने एनआरटीले ४४ अंक पुर्‍याएको छ।

अन्तिम खेलमा संकटाले एपिएफसँग र एनआरटीले एक खेलअगावै लिग जितिसकेको विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछन्। यता, पराजित मच्छिन्द्रको ३४ अंक र एपिएफको ३२ अंक रहँदा १८ अंक रहेको आर्मीले १०औं स्थानमा रहेर लिग सक्काउने पक्का भएको छ।

संकटालाई १३औं जित दिलाउन दिलान लिम्बूले दुई गोल गरे। यस्तै, दिवस राई र कृष्णबहादुर आलेले समान एक गोल गरे। २२औं मिनेटमै दिवसको गोलमार्फत संकटाले सुरुआती अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि नै दिलानले अर्को गोल गर्दै संकटालाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ५९औं मिनेटमा कृष्ण र त्यसको १० मिनेटपछि दिलानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै संकटालाई फराकिलो जित दिलाए।

अर्को खेलमा एपिएफलाई फराकिलो जित दिलाउन सञ्जय योञ्जन र सुनील थिङले समान दुई गोल गरे। रोहित घले, किशोर गुरुङ र विवेक पछिमा थारूले एकएक गोल थपे। आर्मीका लागि रोहित क्षेष्ठले दुई गोल गरे पनि टोलीका लागि सान्त्वना रह्यो।

आर्मीले खेलको ३५औं मिनेटसम्म एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, अर्को मिनेटमै सञ्जयले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए। सोही गोलसँगै एपिएफ पहिलो हाफसम्म १–० ले अगाडि थियो। तर, दोस्रो हाफमा एपिएफले ६ गोल थप्दा आर्मीले दुई गोल फर्कायो। ५१औं मिनेटमा रोहित, ६२औं मिनेटमा किशोर र ७३औं मिनेटमा सुनीलले गोल गर्दै अग्रता ४–० मा पुर्‍याएका थिए।

७८औं मिनेटमा मौसम रोक्काले दोहोरो पहेंलो कार्ड पाउँदा आर्मी १० खेलाडीमा समेटियो। त्यसको तीन मिनेटपछि नै आर्मीका रोहित श्रेष्ठले गोल गर्दै खेल ४–१ मा ल्याए। तर, सञ्जय, सुनील र विवेकले तीन मिनेटमा तीन गोल गर्दै एपिएफको अग्रता ७–१ मा पुर्‍याए। इन्जुरी समयको छैटौं मिनेटमा रोहितले अर्को गोल थपे पनि एपिएफ ७–२ ले विजयी भयो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस