काठमाडौं– वर्षाले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको तीनै खेल रद्द पारेको छ। यसले बैतडी र विराटनगरलाई सेमिफाइनल पुर्याोउन ठूलो भूमिका खेल्यो।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको काठमाडौंले पोखरासँग ३२.१ ओभरमा ८६ रन बनाई ८ विकेट गुमाएको अवस्थामा खेल बिथोलियो। खेल रोकिनुअघि अर्जुन अधिकारी १० रन बनाई क्रिजमा थिए। काठमाडौंका आशिष धामी ३६ र पुरन बिक १० रन बनाई आउट भए। पोखराका सुशील कँडेलले ९ ओभरमा ११ रन खर्चेर ४ तथा दिपेश श्रेष्ठ, खेमराज पौडेल र विपिन खत्रीले १–१ विकेट लिए।
सैनिक स्कुल मैदान भक्तपुरमा टस हारेको विराटनगरले ४७.२ ओभरमा ८ विकेट गुमाई १ सय ५८ रन बनायो। त्यसपछि खेल रोकियो। विराटनगरबाट नीरज मुखियाले ३५, अविनाश कर्णले ३१, लोकेश झाले १६, रिमेश रेग्मीले १५ र कप्तान मुकुन्द यादवले १० रन बनाए। नेपालगन्जका अविनाश बोहरा र आकाश विष्टले ३–३ तथा भूपेन्द्र रोक्का र राजवीर सिंहले १–१ विकेट लिए।
पुल्चोक क्याम्पस मैदानमा वीरगन्ज र बैतडीबीचको खेल १ बल पनि नफाली रद्द भयो। सबै टोलीले १–१ अंक पाए। समूह ‘बी' मा बैतडी, विराटनगर र नेपालगन्जले सबै ४ खेल खेल्दा ५–५ अंक बटुले। रनरेटमा अगाडि रहँदै बैतडी र विराटनगर सेमिफाइनल पुगे। ३ खेल खेलेको धनगढीको २ र वीरगन्जको १ अंक छ।
समूह ‘ए' मा अघिल्लो खेल जितेको काठमाडौं र पोखराले रद्द भएपछि ३–३ अंक पुर्याएका छन्।