चितवन- साविक विजेता नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नारायणगढको क्याम्पाचौरमा सोमबार पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दा आर्मीले मध्यमाञ्चलमाथि ७–० को विजय पायो। फाइनल बुधबार हुनेछ।
साविक विजेता पुलिसले एपिएफसँग कडा प्रतिस्पर्धाको सामना गर्नुपर्यो। एकमात्र गोल यशोदा लामाले गरेकी थिइन्। दोस्रो हाफको २५औं मिनेटमा प्राप्त पेनाल्टीलाई यशोदाले गोलमा परिणत गरेकी हुन्।
अर्को खेलमा आर्मीले मध्यमाञ्चललाई पूरै नियन्त्रणमा राखेको थियो। समूह चरणमा जस्तो मध्यमाञ्चलले सेमिफाइनलमा स्वाभाविक लयमा खेल्न सकेन। समूह चरणका तीनमध्ये दुई खेल जितेको मध्यमाञ्चलले पुलिससँग खेल १–० ले मात्र हारेको थियो। समूह चरणमा विभागीय टोलीले क्षेत्रीय टिमविरुद्ध गोल वर्षा गर्दा मध्यमाञ्चलले कम गोल खाएको थियो।
आर्मीका लागि दीपा न्यौपाने र शर्मिला थापाले २–२ गोल गरे। त्यस्तै अञ्चली वाइबा, कविता धिमाल र दीपा राईले १–१ गोल गरे।