काठमाडौं– बैतडी र पोखराले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्ने भएका छन्।बैतडी बुधबार भैरहवालाई ३४ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । पोखराले मंगलबार विराटनगरलाई २८ रनले हराएको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बैतडीले २९.३ ओभरमा १ सय ३९ रन जोड्यो । ओपनर विकेश बम ६ र आयुशमान बम ५ रनमा आउट भए । अरुण ऐरीले २५, दिलीप नाथ २६ र कमल ऐरीले २० रन जोड्दै बैतडीको स्कोर बढाएका थिए । उमेश पहारीले १२ रन बनाए । विराटनगरका विशाल सुनारले ३, सौरभ खनाल र राहुल भट्टराईले २– २ विकेट लिए ।
बैतडीका नरेश थापाले कसिलो बलिङ गरेपछि भैरहवा २८.१ ओभरमा १ सय ५ रनमै अलआउट भयो । शंकर रानाले ४९ रन बनाउँदै टोलीलाई जिततर्फ अगाडि बढाइरहेका बेला कमल ऐरीद्वारा एलबिडब्लु आउट भए । शंकरले ५९ बलमा ८ चौका प्रहार गरे । भैरहवाका सन्दिप सुनारले १६, कप्तान सौरभ खनालले १४ र कुशल भूर्तेलले ११ रनबाहेक अन्यले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।
प्लेयर अफ द म्याच भएका नरेशले ६ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । अरुण ऐरी र प्रेम तामाङले २–२ तथा कमल ऐरी र योगेन्द्र काकीले १–१ विकेट लिएका थिए ।