काठमाडौं- उसुका दुई खेलाडी चाहना बम्जन र झरना गुरुङ क्वार्टरफाइनलमा पराजित भएपछि छैटौं दिनको समाप्तिसम्म नेपालले एसियाली खेलुकदमा एउटै पदक ल्याउन सकेको छैन। चार वर्षअघि ग्वाङझाउमा एकमात्र पदक दिलाएको बक्सिङको सुरुआत पनि राम्रो हुन सकेन।
अब नेपालको मुख्य आशा तेक्वान्दो र कराते बाँकी छ। तेक्वान्दो टोली दक्षिण कोरियामा प्रशिक्षण लिइरहेको छ भने कराते टोली जापानमा एसियाडको तयारी गरिरहेको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शनका कारण पदकको अर्को आशा नेपाली पुरुष क्रिकेट टोलीमाथि टिकेको छ।
सुहाउँदो खेल तालिकाका कारण पनि नेपाली टोलीको सम्भावना बलियो देखिएको हो। तालिकाअनुसार एसियाडमा एक एसोसिएट क्रिकेट टोली फाइनल पुग्ने पक्का छ। नेपाल त्यसको एक दाबेदार हो। भारत र पाकिस्तानजस्ता प्रबल दाबेदार अन्तर्राष्ट्रिय व्यस्त क्यालेन्डरका कारण सहभागी छैनन्। अघिल्लोचोटि पनि थिएनन्। श्रीलंका र बंगलादेश एकै समूहमा छन्। उनीहरू पहिलो खेल जिते सेमिफाइनलमै भिड्नेछन्।
नेपालले समूह चरणमा शनिबार कुवेत र आइतबार माल्दिभ्ससँग खेल्ने छ। समूह विजेता भए अफगानिस्तानसँग क्वार्टरफाइनल खेल्ने छ। बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। पछिल्लो एसियाडको उपविजेता अफगानिस्तानसँग विजय हात पारे नेपालले सम्भवतः हङकङसँग सेमिफाइनल खेल्नेछ।
बंगलादेश विश्वकपको प्रदर्शनपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो, जुन भारत र पाकिस्तान सरह हैसियत हो।
'हाम्रो उद्देश्य नै स्वर्ण पदक जित्नु हो,' कप्तान पारस खड्काले नागरिकसँग भने, 'ट्वान्टी–२० मा यसै भन्न सकिन्न।' यस वर्ष विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालबाट ठूलो अपेक्षा गरिएको उनले बताए।
भारत–पाकिस्तान नहुनु र सुहाउँदो खेल तालिकाका कारण पदक जित्ने सम्भावना बनेको भने पारस नकार्छन्। 'सबै टोली उत्तिकै राम्रा छन्,' उनले भने, 'अभ्यासमा जस्तो मात्र खेले पनि पदक जित्नेछौं। हामीलाई पहिला १२०–१३० रन बनाउनै गाह्रो पर्थ्यो। अहिले १६०–१७० बनाइरहेका हुन्छौं।'
सन् २०१० देखि एसियाडमा क्रिकेट समावेश गरिएको हो। ग्वाङझाउमा नेपालले श्रीलंकालाई पराजयको नजिक पुर्या०इदिएको थियो। नेपालले पहिला ब्याटिङ गरेर ७२ रन बनाए पनि श्रीलंकाको ५२ रनमा ८ विकेट झारेको थियो। 'पछिल्लो एसियाली खेलकुदभन्दा हामी एक कदम अगाडि बढ्न सक्नुपर्छ,' उनले भने।
प्रशिक्षक पुबुदु दासानायके पनि अफगानिस्तानसँगको खेल जिते पदक जित्ने सम्भावना बलियो हुने बताउँछन्। अफगानिस्तानलाई उनी ठूलो पर्खाल मान्छन्। अर्को वर्ष एकदिवसीय विश्वकपमा सहभागिता जनाउने भएकाले अफगानिस्तानको टोली अस्ट्रेलियामा छ। उसको पूर्ण टोली कोरियामा हुने छैन।
'२–३ खेलाडीले नै ट्वान्टी–२० मा खेल परिवर्तन गरिदिन सक्छन्, हामीले खेलेको पछिल्लो प्रतियोगिता एसिसी प्रिमियर लिगमा पनि उनीहरूका केही खेलाडी नयाँ थिए, तर अफगानिस्तानले हामीलाई पराजित गरिदियो,' भर्खरै अफगानिस्तान 'ए' ले जिम्बावेको 'ए' टोलीलाई पराजित गरिदिएको उदाहरण दिँदै दासानायकेले भने, 'अफगानिस्तान बलियो टोली हो, उनीहरूको यु–१९ बाट पनि राम्रो खेलाडी उत्पादन भइरहेको छ।'
दासानायकेले दक्षिण कोरियाको महिला टोलीका नेपाली प्रशिक्षक दीपेन्द्र चौधरीसँग त्यहाँको पिचबारे जानकारी लिएर त्यसैअनुसार तयारी गरेको बताए। 'दक्षिण कोरिया र हाम्रो कन्डिसन एकैजस्तो रहेछ। विकेट पनि स्लो र टर्निङ रहेछ, जुन हामीलाई सुहाउँदो हुन्छ,' दासानायकेले भने।