काठमाडौं- लगातार दुई दिन ड्र्यागन एयरको उडान अवरुद्ध भएपछि १७औं एसियाली खेलकुदमा नेपालको चार खेल अन्योल हुन पुगेको छ। निर्धारित तालिकाअनुसार नेपालको क्रिकेट, एथलेटिक्स, टेबलटेनिस र कुस्ती टोली बुधबार राति ड्र्यागन एयरबाट हङकङ हुँदै कोरिया पुग्ने कार्यक्रम रहेको थियो।बुधबार राति ड्र्यागन एयरको काठमाडौं उडान हुँदै भएन। बिहीबार ड्र्यागन एयरको जहाज काठमाडौं आएपनि हाइड्रोलिक समस्या भएका कारण उडान हुन नसकेपछि नेपालको चार खेलको सहभागिता अन्योल बनेको हो।
नेपाल क्रिकेट संघका कार्यबाहक महासचिव उत्तम कर्मचार्यले अहिले बिहान दुई फरक उडानबाट नेपाली टोलीलाई कोरिया पठाउन लागिएको जानकारी दिए। उनका अनुसार खेलाडीद्वाय शक्ति गौचन र शरद भेषावकर मलेसियन एयरलाइन्सबाट मलेसिया हुँदै दक्षिण कोरिया पुग्नेछन्। बाँकी १४ सदस्यीय क्रिकेट टोली भने बैंकक हुँदै कोरिया पुग्नेछन्।
नेपाली टोली भोलि (शनिबार) बिहान दक्षिणकोरियाको स्थानीय समयअनुसार बिहान ७ बजे इन्चोन पुग्नेछन्। नेपालले भोलि नै २ बजे कुवेतसँग पहिलो खेल खेल्नेछ।
कम्तिमा फाइनल पुगेर रजतपदक जित्न उद्देश्य बनाएको नेपाली क्रिकेट टोलीलाई ड्र्यागन एयरको उडान समस्याले निकै अफ्ठेरो पारेको छ। तीन घन्टा पनि आराम नगरी नेपाली टोली कुवेतसँग खेल्न मैदान पुग्नेछन्।
एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणाका अनुसार नेपाली एथलेटिक्स टोलीको उडान अझै अनिश्चित भएको बताए। जबकि नेपाली खलाडीहरु शनिबार साँझ प्रतिस्पर्धाका लागि ट्र्याकमा ओर्लिँदैछन्। राणाका अनुसार क्रिकेटबाहेक अन्य टोलीलाई नेपाल एयरलायन्सको उडानबाट कोरिया लाने तालिका बनाइएको भए पनि एथलेटिक्सको अझै अन्योल छ।
एथलेटिक्समा नौ खेलाडी र तीन पदाधिकारी छन् भने टेबलटेनिसमा नौ र कुस्तीमा तीन सदस्यीय नेपाली टोली रहेको छ।

शरद भेषावकर र शक्ति गौचन मलेसियनएयरलाइन्समा क्वालालम्पुर हुँदै दक्षिणकोरियाका लागि उडेका छन१२.३० को फ्लाइटमा। भोलीबिहान साँढे ६बजे पुग्नेछन्
— Binod Pandey (@dearbinod) September 26, 2014
१६ सदस्यीय नेपाली क्रिकेट टोली अहिले १.३० को उडानमा थाइ एयरबाट बैंकक हुँदैं भोली बिहान ७.२० मा दक्षिण कोरिया पुग्ने छ

नेपाली क्रिकेट टोलीका कम्तिमा ८खेलाडीलाई विजनेस क्लासको टिकट मिलाइएको छ बैंककसम्म लाई । बैककबाट पनि लगभग सवैले विजनेश क्लासको टिकट पाउने छन
— Binod Pandey (@dearbinod) September 26, 2014
३ घन्टा पनि कम समयको विश्रामपछि नेपाली क्रिकेट टोली इन्चोनको क्रिकेट मैदान पुग्ने छन्
— Binod Pandey (@dearbinod) September 26, 2014
ड्रागन एयरको पछिल्लो दुई दिन काठमाडौंबाट उडान नभएपछि एसियाली खेलकुदमा सहभागि हुन लागेको नेपालको ४ खेल पुरै प्रभावित छ
— Binod Pandey (@dearbinod) September 26, 2014
१२ सदस्यीय नेपाली एथ्लेटिक्स टोली २ दिन देखि काठमाडौंमा नै अडकिएको छ। ड्रागन एयरको उडान हुन नसकेपछि बिहीबार साँझ एयरपोर्ट पुगेको -1
— Binod Pandey (@dearbinod) September 26, 2014
एथ्लेटिक्ससहित नेपाली क्रिकेट टोली शुक्रबार बिहान ३ बजे अन्नपूर्ण होटल फर्किएको थियो। एथ्लेटिक्स टोली ड्रागनको नियमीत उडानबाट आज बेलुका -2
— Binod Pandey (@dearbinod) September 26, 2014
हङकङ हुँदैं कोरिया जाने छ। एथ्लेटिक्स टोली २ बजे इन्चोन पुग्ने छ, ६ बजे सुरु हुने खेलका लागि टोली सिधै मैदान पुग्ने छ 3-3