काठमाडौं-१७औं एसियाली खेलकुद भाग लिन जाने विभिन्न ४ खेलका नेपाली खेलाडीहरू ड्रागन एयरको उडानका कारण भद्रगोल पारामा दक्षिण कोरिया पुग्ने भएका छन्।निर्धारित तालिकाअनुसार एथलेटिक्स, क्रिकेट, टेबलटेनिस र कुस्ती टोली बुधबार राती ड्रागन एयरबाट हङकङ हुँदै बिहीबार बिहान दक्षिण कोरिया पुग्ने कार्यक्रम थियो। तर बुधबार ड्रागनको विमान काठमाडौं नआएपछि नेपाली टोलीको उडान बिहीबार सर्योे।
बिहीबार राती नेपाली टोली त्रिभुवन विमानस्थल पुग्यो। तर उड्न पाएन। ड्रागनको विमान हङकङबाट काठमाडौं आए पनि हाइड्रोलिक समस्याका कारण उड्न सकेन। त्यसपछि नेपाली टोली बिहान ३ बजे अन्नपूर्ण होटल फर्कनुपरेको एथलेटिक्सका प्रशिक्षक सुशील नरसिंह राणाले बताए।
एथलेटिक्स टोली फेरि ड्रागनको नियमित उडानबाट शुक्रबार राती ११ बजे काठमाडौंबाट उड्ने कार्यक्रम छ। ‘हामी शनिबार २ बजेमात्र इन्चोन पुग्ने कार्यक्रम बनेको छ, उस्तै पर्यो् भने हामी सिधै रंगशाला पुग्ने छौं,' राणाले भने। नेपाली खेलाडीको खेल साँझ ६ बजे सुरु हुने तालिका छ।
एथ्लेटिक्समा शनिबार यामसाजन सुनारले १ सय मिटर, तिलकराम थारु र दिलमाया कार्कीले ४ सय मिटर, कान्छीमाया कोजुले १० हजार मिटर, हरि रिमाल र गोपीचन्द्र पार्कीले ५ हजार मिटर तथा केशरी चौधरीले लङजम्पमा प्रतिस्पर्धा गर्दैछन्। ‘एसियाडमा हाम्रो लक्ष्य राष्ट्रिय कीर्तिमानमात्र हो, यस्तो तरिकाले अब त्यो पनि आशा गर्न सकिन्न,' प्रशिक्षक राणाले भने।
क्रिकेटको टोलीलाई दुई समूह बनाएर शुक्रबार कोरिया पठाइएको नेपाल क्रिकेट संघका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताए। खेलाडीद्वय शक्ति गौचन र शरद भेषावकर मलेसियन एयरलायन्सको उडानबाट दिउँसो १२.३० मा क्वालालम्पुर हुँदै तथा बाँकी १४ सदस्यीय टोली थाइ एयरबेजबाट बैंकक हुँदै कोरिया पुग्ने छन्।
शक्ति र शरद शनिबार बिहान ६.२० मा तथा बाँकी टोली बिहान ७.३० बजे इन्चोन पुग्ने बताइएको छ। नेपालले शनिबार दिउँसो कुवेतसँग पहिलो खेल खेल्दैछ।
कम्तीमा फाइनल पुग्ने लक्ष्य बनाएको नेपाली टोलीलाई ड्रागन एयरको अवरुद्ध उडान तालिकाले गाह्रो बनाइदिएको छ। नेपाली टोली ३ घन्टाभन्दा कम समय आराम गरी मैदान पुग्नुपर्ने हुन्छ।
एथलेटिक्समा ९ खेलाडीसहित १२ तथा क्रिकेटमा १४ खेलाडीसहित १६ सदस्यीय टोली छन्।
ड्रागन एयरको उडान अवरुद्ध हुँदा काठमाडौंमा अड्किएको टेबलटेनिसको ९ र कुस्तीको ३ सदस्यीय टोली पनि प्रभावित बन्यो। टेबलटेनिस टोली शुक्रबार दिउँसो नेपाल वायुसेवा निगमबाट र कुस्ती टोली मलेसियन एयरबाट कोरिया उडेको छ। टेबलटेनिस टोली बिहान इन्चोन पुगेर दिउँसो प्रतिस्पर्धामा उत्रने छ। कुस्ती खेलाडीको प्रतिस्पार्ध आइतबार छ।