फ्लोरेन्स– इटालीका प्रशिक्षक एन्टोनियो कोन्टेले लिभरपुलका फरवार्ड मारियो बालाटोलीलाई युरोपियन च्याम्पियनसिप छनोटका आगामी खेलका लागि टोलीमा समावेश गरेका छैनन्।
एसी मिलानबाट विश्वकपपछि लिभरपुल प्रस्थान गरेका बालाटोलीले प्रिमियर लिगका ५ खेलमा एउटै गोल गर्न सकेका छैनन्। उनी अघिल्लो महिना पनि इटालियन टोलीबाट फ्याँकिएका थिए। 'उनले नयाँ करिअर रोजेका छन्, जुन सहज छैन। अहिले उनलाई नयाँ लिगमा स्थापित हुन हामीले समय दिनुपर्छ। हामीले उनलाई नियमित रूपमा अरु खेलाडीलाई जस्तै पछ्याइरहेका छौं,' कोन्टेले भने, 'मैले आगामी खेलका लागि टोलीमा खेलाडी बोलाएको हो। कसैलाई फ्याँकेको होइन। त्यसैले बालाटोलीको हकमा पनि अन्यथा नसोच्नु राम्रो हुन्छ। बालाटोली एउटा स्तरीय फरवार्ड हुन्। तर नयाँ लिगमा गएका कारण केही समय उनलाई हामीले त्यही केन्द्रित हुन दिन सक्यौं भने उच्च फर्ममा फर्कने छन्।'
साउथह्याम्पटनका स्ट्राइकर ग्राजियानो पेले भने पहिलो पटक इटालियन टोलीमा समेटिएका छन्। फेयरनुडबाट यसै सिजनको सुरुआतमा साउथह्याम्पटन आएयता प्रिमियर लिगका सात खेलमा ४ गोल गरेपछि उनी इटालियन टोलीमा परेका हुन्। 'ग्राजियानोमा इटालीलाई प्रतिनिधित्व गर्ने प्रतिभा छ। अहिले उनी राम्रो फर्ममा खेलिरहेका छन्। उनले पछिल्लो दुई वर्षमा ५० गोल गरिसकेका छन्। अहिले उनी विश्वकै कठिन लिगमा खेलिरहेका छन् र उनको टोलीमा महŒवपूर्ण भूमिकामा छन्,' कोन्टेले भने।
इटालियन सिरी ए अन्तर्गत आइतबार राती युभेन्ट्सले एएस रोमामाथि ३–२ को विवादास्पद विजय पाएको खेलको तनावको छिटा राष्ट्रिय टोलीमा पर्ने खतरा पनि कोन्टेसामु छ। इटालीको टोलीमा आन्द्रिया पिर्लोसहित युभेन्ट्सका ७ तथा रोमाका २ खेलाडी छन्। तर कोन्टेले दुई क्लबबीचको प्रतिद्वन्द्विताले राष्ट्रिय टोलीको प्रशिक्षण सिविरमा प्रभाव नपार्ने अपेक्षा गरेका छन्।
'राष्ट्रिय टोलीमा आउँदा लिग र क्लबलाई बिर्सन सक्नुपर्छ। क्लबका लागि खेल्दा क्लबप्रति समर्पित हुनु र त्यसकै लागि लड्नु स्वाभाविक हो। तर राष्ट्रको झन्डा बोक्दा क्लबस्तरको तुष राख्नुहुँदैन। मेरो टोलीमा सबै व्यावसायिक खेलाडी छन्। उनीहरूले आफ्नो जिम्मेवारी राम्ररी बुझेका छन्,' कोन्टेले भने, 'क्लबको जर्सीमा हुँदा एकअर्काका प्रतिस्पर्धी भए पनि सबै खेलाडी व्यक्तिगत साथी हुन् र मुख्य कुरा इटालियन हुन्।'
इटालीले शुक्रबार पालेर्मोमा अजरबैजानलाई निम्त्याउने छ भने त्यसको तीन दिनपछि माल्टाको भ्रमण गर्नेछ। छनोटको पहिलो खेलमा इटालीले नर्वेमाथि २–० को जित पाएको थियो। 'मेरो लक्ष्य भनेको राष्ट्रिय टोलीलाई युरोमा छनोट गराउनु हो। त्यसका लागि हामी सुन्दर र आक्रामक फुटबल खेल्नेछौं,' कोन्टेले भने, 'हामी हरेक खेल जित्ने लक्ष्यका साथ सकारात्मक सोच लिएर खेल्नेछौं। मसँग त्यसका लागि सक्षम टोली छ।'