विश्वकै पहिलो खेलमा नेपाल र बेलायत
०४ कार्तिक २०७१
•
४ मिनेट पाठ
विश्वकै पहिलो खेलमा नेपाल र बेलायत
काठमाडौं– विश्वकै पहिलो नेत्रहीन महिला क्रिकेट प्रतिस्पर्धा नेपाल र बेलायतबीच हुने भएको छ। अहिलेसम्म महिला नेत्रहीन क्रिकेटमा अन्तर्राष्ट्रिय खेल भएको छैन। तीन खेलको शृंखला आइतबारदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुनेछ।




महिला नेत्रहीन क्रिकेट टोली बनाउने नेपाल विश्वको पहिलो राष्ट्र हो। नेपालसँग शृंखला खेल्न बेलायती नेत्रहीन टोली सोमबार काठमाडौं आइसकेको छ। उनीहरू पोखरामा बसेर नेपालसँगको तयारी सुरु गरिरहेका छन्।

नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले दुई देशबीच हुने नेत्रहीन महिला क्रिकेट प्रतिस्पर्धा विश्वकै पहिलो हुने दाबी गरे। उनका अनुसार पाकिस्तान नेत्रहीन महिला क्रिकेट टोली बनाउने तेस्रो राष्ट्र हो। नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले अर्को वर्षको नोभेम्बरमा पाकिस्तान भ्रमण गर्ने तयारी गरिरहेको घिमिरेले जानकारी गराए।

बेलायतसँगको शृंखलाका लागि नेपालले असोज ३० देखि पोखरामा तयारी सुरु गरेको थियो। सोमबारबाट पुल्चोकमा तयारी सुरु गरिएको छ। नेपाली टोलीकी कप्तानमा भगवती भट्टराई र उपकप्तानमा गीता पौडेल छन्। २ वर्षअघि भारतको बेङ्लोरमा भएको पुरुष दृष्टिविहीन ट्वान्टी–२० क्रिकेटमा भगवतीले दुई महिला खेलाडीको कोटामा खेलेकी थिइन्।

पुरुष नेत्रहीन क्रिकेट टोलीका पूर्वकप्तान कृतन श्रेष्ठ दुवालको प्रशिक्षणमा महिला नेत्रहीन क्रिकेट टोली उत्रन लागेको हो। नेत्रहीन क्रिकेट संघका महासचिव विमल पौडेल टोली व्यवस्थापकमा छन्। पौडेलले दृष्टिविहीन महिला पनि सक्षम छन् भन्ने देखाउन शृंखला कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

बेलायतको चेन्ज फाउन्डेसनका प्रतिनिधि बेथ इभानले ५ वर्षअघि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीले राष्ट्रिय प्रतियोगिता खेलिरहेको थाहा पाएपछि उनी नेपाल नेत्रहीन क्रिकेटको सम्पर्कमा आएका थिए। त्यसैबाट अहिले शृंखला खेल्ने बाटो खुलेको अध्यक्ष घिमिरले बताए।

खर्च अभावका कारण अर्को महिना दक्षिण अफ्रिकामा हुने दृष्टिविहीन पुरुष ट्वान्टी–२० विश्वकपमा नेपालले सहभागिता जनाउन नपाएपछि त्यसमा मलम लगाउन शृंखला महत्वपूर्ण हुने घिमिरेको विश्वास छ। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदसँग सहयोग माग्दा बेवास्ता गरिएपछि नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने मौका गुमाउनुपरको उनेको दुखेसो थियो।

नेपाल र बेलायतबीचको शृंखलाको सहआयोजक वुमेन्स ड्रिमका प्रतिनिधि सुधा बस्नेतले नेत्रहीन क्रिकेट टोलीले सरकारले सहयोग नगर्दा विश्वकप खेल्न नपाएको प्रसंगमा भनिन्, 'राज्यसँग भिख होइन अधिकार मागेका थियौं, पाएनौं। अधिकार मागेर पाइने होइन रहेछ, अब अधिकारका लागि लड्छौं।'

उनले दृष्टिविहीनलाई सहारा नचाहिएको आफै प्रमाणित गर्न बेलायतसँग शृंखला आयोजना गरिएको बताए। खेलकुद मन्त्रालय, एबिलिस फाउन्डेसन, नेपाल मेडिकल कलेज लगायतले नेपाल र बेलायतबीचको शृंखला गर्न सहयोग उपलब्ध गराएका छन्।
अर्को समाचार
नेत्रहीन क्रिकेटमा नेपाली महिलाको जित
०९ कार्तिक २०७१
•
१ मिनेट पाठ
नेत्रहीन क्रिकेटमा नेपाली महिलाको जित
काठमाडौं– नेत्रहीन महिला क्रिकेटमा भएको विश्वकै पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले बेलायतलाई १ सय ६९ रनले पराजित गरेको छ। नेपाल नेत्रहीन महिला क्रिकेट टोली बनाउने विश्वकै पहिलो देश हो। बेलायत तीन खेलको शृंखला खेल्न नेपाल आएको छ।




पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा बेलायतले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाई २ सय ४८ रन बनायो। नेपालबाट निमा बिसीले ७२, ओममाया पुनले ४१ र सरिता घिमिरेले ३० रन बनाए। बेलायतका लोइस र इलिजले १–१ विकेट लिए।

बेलायतले २० ओभरमा ८ विकेट गुमाई ७९ रनमात्र बनाउन सक्यो। टोलीका इलिजले १५, लोइसले १७, लिनले ११ र टेरेसाले ११ रन बनाइन्। नेपालबाट भगवती अमागाइले ४, भगवती भट्टराईले २, सरिता घिमिरे र ओममाया पुनले १–१ विकेट लिए।

भगवती अमागाईलाई खेलको उत्कृष्ट खेलाडीमा चुनियो। राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदताराले उनलाई प्लेयर्स अफ द म्याचको ट्रफी प्रदान गरिन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस