'अन्डर पर्फमर' ज्ञानेन्द्रको शतक
०९ कार्तिक २०७१
•
८ मिनेट पाठ
'अन्डर पर्फमर' ज्ञानेन्द्रको शतक
काठमाडौं-नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अभ्यास खेलमा प्रायः सानदार ब्याटिङ गर्थे। मुख्य प्रतियोगितामा भने त्यो ब्याटिङले निरन्तरता पाउँदैनथ्यो जसका कारण उनको करिअरमा 'अन्डर पर्फमर' को दाग लाग्न थालेको थियो।

यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अविजित ५६ र रागामा क्रिकेट क्लबसँगको तेस्रो खेलमा १ सय ६७ रन बनाए। त्यही सानदार ब्याटिङ मद्दतमा नेपालले तीनमध्ये दुई अभ्यास खेल जित्यो।

ज्ञानेन्द्रको ब्याटिङ क्षमता यसपालि पनि अभ्यासभन्दा माथि नउठ्ने हो कि भन्ने धेरैको चिन्ता थियो। उनकै अन्तर्राष्ट्रिय करिअरको तथ्यांकले चिन्ता स्वभाविक बनाएको थियो। माथिल्लो क्रममा खेलेर पनि उनले ट्वान्टी–२० मा अर्धशतक र एकदिवसीयमा शतक बनाउन सकेका थिएनन्।

तर, यसपालि ज्ञानेन्द्रको ब्याट मलेसियाको मैदानमा राम्ररी घुमेको छ जसले महŒवपूर्ण खेलमा देशलाई प्रभावशाली जित दिलाएको छ। मलेसियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन ३ मा आइतबार सिंगापुरसँगको खेलमा शतक बनाएर ज्ञानेन्द्रले ब्याटबाटै धेरै जवाफ पनि दिए।

सिंगापुरसँग बनाएको १ सय १४ रन उनको अन्तर्राष्ट्रिय खेल जीवनमै पहिलो शतक थियो। अहिले नेपाली टोलीमा रहेका शक्ति गौचन, शरद भेषावकर, पारस खड्का र सुवास खकुरेलले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो नाममा शतक लेखाइसकेका थिए। सुवास र अनिल मण्डलले २ वर्षअघि मलेसियामै डिभिजन ४ मा शतक बनाएका थिए। सुवासले अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली खेलाडीको उच्च अन्तर्राष्ट्रिय स्कोर हो। ज्ञानेन्द्र त्यो नेपाली कीर्तिमानभन्दा एक रनलेमात्र पछि रहे।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास ज्ञानेन्द्रलाई नेपाली क्रिकेटको सबैभन्दा राम्रो ब्याट्सम्यान मान्छन्। 'पारस, शरद, ज्ञानेन्द्र सबै राम्रा ब्याट्सम्यान हुन्, त्यसमा ज्ञानेन्द्र सबैभन्दा निपूर्ण छन्,' विनोदले भने। विनोदकै कप्तानीमा ज्ञानेन्द्रले २००५ मा मलेसियाविरुद्ध एसिसी फास्ट ट्र्याक कन्ट्रिज तीनदिवसीयमार्फत नेपाली टोलीमा प्रवेश गरेका थिए।

उनको पहिलो खेल भने २००६ मा एसिसी ट्रफीमा कुवेतविरुद्ध मलेसियामा थियो जसमा उनले ७८ र दोस्रो खेलमा भुटानविरुद्ध ५२ रन बनाएका थिए। नेपालबाट ज्ञानेन्द्रबाहेक कुनै खेलाडीले आफ्नो पहिलो दुई खेलमा अर्धशतक बनाउन सकेका छैनन्। अहिले तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र 'डेब्यु' गर्दा ओपनर थिए। परेश लोहनी उनका ओपनिङ जोडी थिए। ज्ञानेन्द्रलाई प्राविधिक रूपमा उत्कृष्ट ब्याट्सम्यान मान्दै परेशले विगत सम्भि्कए, 'नन स्ट्राइकबाट उनको ब्याटिङ हेर्दा आनन्द लाग्छ।'

३०–४० रनको स्कोरमा आउट हुनु ज्ञानेन्द्रको नियति र कमजोरी दुवै थियो। नेपालबाट ४६ ट्वान्टी–२० खेल्दा उनले एउटै अर्धशतक बनाउन सकेका थिएनन्। यसै वर्ष न्युजिल्यान्डमा विश्वकप छनोटमा क्यानडाविरुद्ध ८६ रन बनाउनु ज्ञानेन्द्रको एकदिवसीयमा यसअघिको उच्च स्कोर थियो।

'ज्ञानेन्द्र आफ्नै क्षमताअनुसार खेल्न सकिरहेका थिएनन्। टिममा उनी एउटा महत्वपूर्ण ब्याट्सम्यान हुन्,' विनोदले भने, 'ठूलो स्कोर नभए पनि उनले टिमलाई सधैं योगदान गरिरहेका थिए। उनलाई टिमले सधैं विश्वास गरेको थियो। सिंगापुरसँगको शतक त्यही विश्वासको प्रतिफल हो। ज्ञानेन्द्रको ब्याटिङका कारण नेपाली टोलीमाथि विश्वास गर्ने वातावरण बलियो हुँदैछ।' विनोदको भनाइ मान्ने हो भने नेपाल ज्ञानेन्द्रको ब्याटिङकै कारण डिभिजन ३ मा मात्र नभई डिभिजन २ बाट पनि अगाडि बढ्न सक्छ।

नेपालले तयारीका लागि खेलेका अभ्यास खेलमा भने ज्ञानेन्द्र सधंैका नायक थिए। २००६ मा उनले पाकिस्तानमा पाकिस्तान क्रिकेट एकेडेमीविरुद्ध अविजित ७८ रन बनाएका थिए। २००९ मा विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब नेपाल आउँदा ज्ञानेन्द्रले तीनदिवसीय खेलमा १ सय ४१ रन बनाएका थिए। ज्ञानेन्द्रको खेलबाट प्रभावित भएर ब्रिटिस टोलीले उनलाई इङ्ल्यान्डमा खेलाउने समेत इच्छा देखाएको थियो।

२०११ मा माल्दिभ्समा भएको सार्क ट्वान्टी–२० कपले ज्ञानेन्द्रको ब्याटिङलाई थप उजगार गर्योस। आइसिसी र एसिसीको आधिकारिक मान्यता नपाएको उक्त प्रतियोगितामा भारतको कर्णाटकसँगको खेलमा उनले २१ बलमा अविजित ६७ रन बनाउदा ९ छक्का प्रहार गरेका थिए।

रिभर्स स्विप, दिल स्कुप, स्विच हिट जस्ता क्रिकेटको आधुनिक शैलीमा ज्ञानेन्द्रको ब्याटिङ भिजिसकेको छ। दुई वर्षअघि मलेसियामा अमेरिकाविरुद्ध डिभिजन ४ को फाइनलमा नेपाल जितनजिक पुग्दा ज्ञानेन्द्रले स्विच हिटमा प्रहार गरेको छक्का प्रशिक्षक पुबुदु दासानायकेको स्मरणमा सधैं ताजा रहने गर्छ। अमेरिकासँग सोमबार हुने खेलमा ज्ञानेन्द्रले शतक बनाए वा त्यस्तै महŒवपूर्ण क्षणमा स्विच हिटमा छक्का प्रहार गरे नेपाल फेरि डिभिजन २ मा उक्लने निश्चित छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस