दोहा-काठमाडौं उपत्यकाकै हाराहारीमा क्षेत्रफलको कतारमा वैदेशिक रोजगारीका लागि आएका ५ लाखभन्दा बढी नेपालीको बसोबास छ। त्यसैले दोहाको अल अरबी रंगशालामा शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्सविरुद्ध मैदान उत्रँदा घरेलु मैदानको झल्को पाउनेछ।त्यसो त नेपालविरुद्ध मैत्री खेलको तयारीमा रहेको फिलिपिन्सले पनि दोहामा पर्याप्त समर्थकको साथ पाउनेछ। वैदेशिक रोजगारीको सिलसिलामा नेपालजस्तै फिलिपिन्सका पनि ४ लाखभन्दा बढी कामदार कतारमा छन्। त्यसैले नेपाली टोलीका कप्तान सागर थापा कतारमा फिलिपिन्ससँग खेल्नुलाई दशरथ रंगशालामा हुने घरेलु लिगको खेलजस्तै मान्छन्, दुवै टोलीको आफ्नै मैदानजस्तो। ‘यहाँ दुवै टोलीले आफ्नो देशका समर्थकको राम्रो साथ पाउँछन्। दुवै टोलीलाई समर्थकको साथका कारण उत्साह र दबाब बराबर हुनेछ,' सागर भन्छन्।
अल आहली क्लबको पहलमा चितवन युवा समूह र गैरआवासीय नेपालीको मध्यपूर्व खेलकुद उपसमितिको समन्वयमा हुन लागेको खेलमा फिलिपिन्स दाबेदार हो। तर नेपाल पनि पछिल्लो समयको विशेष तयारीका कारण आत्मसमर्पण गर्ने मनस्थितिमा छैन। ‘हामी लामो समयदेखि तयारीमा छौं। भर्खरै एसियाली खेलकुदमा खेलेको अनुभव छ। त्यसैले हामी यो खेलका लागि तयार छौं। जितको लक्ष्यसहित मैदान उत्रनेछौं,' कप्तान सागरले थपे, ‘फिलिपिन्स पक्कै पनि हामीभन्दा राम्रो टोली हो। तर हामीले पनि एसियाली खेलकुदमा योभन्दा राम्रो टिमसँग खेलेर अनुभव बटुलेका छौं। त्यसैले अब हामी यस्तो स्तरका लागि तयार हुन सक्नुपर्छ।'
आठ महिनाअघि कतारमै दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदा फिलिपिन्सले नतिजा हत्याएको थियो। त्यो बेला फिलिपिन्स ३–० ले विजयी भएको थियो। मैत्रीपूर्ण खेलको समन्वय गरिरहेका कतार चितवन युवा समूहका सदस्य एवं गैरआवासीय नेपाली संघ मध्यपूर्व खेलकुद उपसमिति संयोजक रामहरि गैरै अप्रिलको नतिजा यसपालि नेपाली टोलीले उल्टाउने आशा राख्छन्। भन्छन्, ‘त्यो खेल हार्दाको पीडा नेपाली समर्थकको मस्तिष्कमा अझै ताजा छ। यसपालि जित्ने आशा छ। त्यसो हुन सके कतारबाट नेपाली फुटबललाई धेरै सहयोग मिल्न सक्छ। नतिजा राम्रो भए यहाँका क्लब र फुटबलप्रेमीसँग खास पहल गर्न सकिन्थ्यो।'
आठ महिनामा दोस्रोपटक फिलिपिन्ससँंग मैत्रीपूर्ण खेल खेल्दा नेपालको एकमात्र उद्देश्य बदला लिने नै हुनेछ। फिलिपिन्ससँंग अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेका कारण पनि नेपाललाई शुक्रबारको खेल जित्नैपर्ने दबाब छ। सन् १९८२ मा सम्पन्न किङ्स कपमा १–० को जित पाएयता नेपालले फिलिपिन्सलाई हराउन सकेको छैन। २०११ मा नेपालले फिलिपिन्सलाई ४–० को नतिजा सुम्पेको थियो। दुई महिनापछि अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने एसियन कपको तयारीमा रहेको फिलिपिन्स फिफा वरीयतामा समेत नेपालभन्दा माथि छ। वरीयतामा फिलिपिन्स १ सय २९औं स्थानमा छ भने नेपाल १ सय ७९औं स्थानमा छ।
पछिल्लो विगत कमजोर भए पनि नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्की यसपालि जितको लक्ष्य राखिएको बताउँछन्। ‘हामीसँग यसपालि युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण छ। एसियाली खेलकुदको अनुभव छ। त्यसैले हामी यसपल्ट जितको हकदार हौं,' दक्षिण कोरियाको इन्चोनमा गत महिना सम्पन्न १७औं एसियाली खेलकुदमा सहभागी नेपाली यु–२३ टोलीका १७ खेलाडी कतार भ्रमणमा रहेको प्रसंग कोट्याउँदै स्टेफानोस्कीले भने, ‘हामीले एसियाली खेलकुद अघिदेखि नै विशेष तयारी गरेका थियौं। हाम्रो टोली शारीरिक र मानसिक रूपमा पूरा फिट छ।'
स्टेफानोस्कीले फिलिपिन्सविरुद्धको खेलमा कप्तान सागर, स्ट्राइकर अनिल गुरुङ, रक्षापंक्तिका विराज महर्जन, सन्दिप राई, रोहित चन्द तथा मिडफिल्डर भोलानाथ सिलवाल र जगजित श्रेष्ठजस्ता अनुभवी र नेपाली यु–१६ टोलीका कप्तान विमल घर्तीमगरसहित अञ्जन विष्ट, अनन्त तामाङ र दिनेश राजवंशीजस्ता युवाबाट धेरै आशा गरेका छन्। रञ्जन, अनन्त र दिनेशले राष्ट्रिय टोलीमा यही खेलमार्फत डेब्युको मौका पाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय टोलीका पूर्वकप्तान एवं वर्तमान सहायक प्रशिक्षक हरि खड्का मैत्रीपूर्ण खेललाई जित–हारभन्दा माथि राखेर सोचिएको बताउँछन्। ‘हरेक खेल जित्नका लागि खेलिन्छ। हामी पनि त्यही उद्देश्य राखेर मैदान उत्रन्छौं। तर यो खेल हाम्रा लागि जित हारको नतिजाभन्दा बढी महŒवपूर्ण छ,' खड्काले भने, ‘हामी अर्को वर्ष हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेका छौं। त्यसैले टोलीको प्रदर्शनमा सुधार ल्याउनु, गल्ती सुधार्नु हाम्रो मुख्य उद्देश्य हो।'
खड्काले रक्षात्मक खेलेर काउन्टर एट्याकमा गोलको प्रयास गर्ने बताए। खड्काको भनाइमा सहमति जनाउँदै सन्दिप राई नेपाली टोलीको मिडफिल्ड सुधारिएको दाबी गर्छन्। भन्छन्, ‘हाम्रो मिडफिल्ड अहिले धेरे परिपक्व भएको छ। त्यसबाट धेरै आशा गर्न सकिन्छ।'
मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले यु–१६ टोलीका कप्तान विमललाई पहिलो रोजाइमा उतार्ने लगभग पक्का छ। विमलले मुख्य स्ट्राइकरको भूमिका निर्वाह गर्दा भरत खवास मिडफिल्डर कम स्ट्राइकरमा खेल्ने छन्। नेपाल ४–४–१–१ को रणनीतिमा उत्रने अपेक्षा गरिएको छ।
फिलिपिन्सको स्तर नेपालभन्दा माथि रहेकाले रक्षात्मक खेलेर काउन्टर एट्याकमा गोलको प्रयास गर्ने रणनीति लिने खड्काले बताए। उनले सुरुको १० देखि १५ मिनेट सम्हालिएर खेल्दै विपक्षीको शैली बुझेर आफ्नो रणनीति तय गरिने बताए। २०१५ मा भारतमा हुने नवौं साफ च्याम्पियनसिपको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो समय राष्ट्रिय टोलीलाई थुप्रै अन्तर्राष्ट्रिय अनुभव दिँदै आएको छ। एन्फाका विकास निर्देशक सञ्जिव मिश्र भन्छन्, ‘हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो। त्यसैका लागि मैत्रीपूर्ण खेल खेलेका हौं। यहाँबाट सबै खेलाडीको क्षमता पहिचान गरेर साफ च्याम्पियनसिपको लागि उत्कृष्ट टोली बनाउने र खेलाडीको क्षमतामा निखार ल्याउने उद्देश्यका साथ एन्फाले मैत्री खेललाई महत्व दिएको हो।'