दोहा- दोहाको ग्र्यान्ड हमाद रंगशालामा नेपाल र फिलिपिन्सबिच शुक्रबार भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्सले नेपाललाई ३-० ले पराजित गरेको छ।
------------
लाइभ अपडेटः
* ९१.४५ औं मिनेटमा फिलिपिन्सले पुन गोल थप्यो। यसको साथै फिलिपिन्सको ३ र नेपालको ० स्कोर भइ खेल सकिएको छ।
* ९१ औं मिनेटमा फिलिपिन्सले पाएको पेनाल्टी किकलाई कप्तान योङ्गहस्ब्यान्ड जेम्सले गोलमा परिणत गरे। यसको साथै फिलिपिन्सको २ र नेपालको ० स्कोर भएको छ।
* ८६ औं मिनेटमा आदित्य चौधरीले आफैले जुटाएको सुनौलो अवसर गुमाए।
* ८१ औं मिनेटमा नेपालका भरत खवासको सट्टामा अनिल गुरुङ र भोलानाथ सिलवालको सट्टामा आदित्य चौधरी मैदान प्रवेश गरेका छन्।
* ६४ औं मिनेटमा नेपालका जगजित श्रेष्ठले फिलिपिनो खेलाडीलाई हिर्काएकोले रातो कार्ड पाए। नेपाल (०) फिलिपिन्स (१)
* ६२ औं मिनेटमा नेपालका सन्दिप राईको सट्टामा अञ्जन तामाङ मैदान प्रवेश गरेका छन्।
* ४९ औं मिनेटमा फिलिपिन्सका ग्रेटविच सिमोनले पहिलो गोल गरे। नेपाल (०) फिलिपिन्स (१)
* मध्यान्तर। नेपाल (०) फिलिपिन्स (०)
* ४४ औं मिनेटमा नेपालले २२ यार्डबाट फ्रि किक पाएको तर गोलकिपरले जोगाए।
* ३४ औं मिनेटमा फिलिपिन्सको कप्तान योङ्गहस्ब्यान्ड जेम्सले गरेको प्रहार नेपालको पोस्टमा ठोक्कियो। खेल गोलरहित छ।
* २९ औं मिनेटमा फिलिपिन्सको कर्नर। खेल गोलरहित छ।
* २३ औं मिनेटमा विमलको कडा प्रहार फिलिपिनो गोलकिपरले जोगाए। खेल गोलरहित छ।
* २० औं मिनेटमा फिलिपिन्सका कप्तान योङ्गहस्ब्यान्ड जेम्सले विक्रम लामालाई फाउल गरेवापत पहेंलो कार्ड पाए।
* १० औं मिनेटमा नेपालले कर्नर पाएको तर गोल हुन सकेन।
* ०७ औं मिनेटमा विमलले राम्रो अवसर गुमाए। खेल गोररहित छ।

दोहा- दोहाको ग्र्यान्ड हमाद रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्सविरुद्ध मैदान उत्रेको छ। अल आहली क्लबको पहलमा चितवन युवा समूह र गैरआवासीय नेपालीको मध्यपूर्व खेलकुद उपसमितिको समन्वयमा भइरहेको यो मैत्रीपूर्ण खेलमा नेपालले ४-४-१-१ को रणनीति बनाएको छ।जसअनुसार रक्षापंक्तिमा कप्तान सागर थापा, विराज महर्जन, सन्दिप राई, रविन श्रेष्ठलाई राख्दैछन् भने रोहित चन्द, भोलानाथ सिलवाल, विक्रम थापा र जगजित श्रेष्ठलाई मध्यपंक्तिमा राख्दैछन्। त्यसैगरि नेपाली यु–१६ टोलीका कप्तान विमल घर्तीमगर र भरत खवास स्ट्राइकर रहनेछन् भने गोलकिपर किरण चेम्जोङ गोलकिपर रहने नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले नागरिकन्युजलाई जानकारी दिए। खेलमा नेपालले निलो र फिलिपिन्सले रातो जर्सी पाएका छन् भने ओमानका रेफ्री अहमद बल काफ, सहायक रेफ्री राशेस अल घाइथी र अवदुल्लाह अल शाम्मकी रहनेछन्। चौथो रेफ्री कतारका खामिस अल मारी र म्याच कमिश्नर अबदुल्ला जास्सीम रहनेछन्।

आठ महिनामा दोस्रोपटक फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दा नेपालको एकमात्र उद्देश्य बदला लिने नै हुनेछ। फिलिपिन्ससँग अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेका कारण पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। सन् १९८२ मा सम्पन्न किङ्स कपमा १–० को जित पाएयता नेपालले फिलिपिन्सलाई हराउन सकेको छैन। २०११मा नेपालले फिलिपिन्सलाई ४–० को नतिजा सुम्पेको थियो। दुई महिनापछि अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने एसियन कपको तयारीमा रहेको फिलिपिन्स फिफा वरीयतामा समेत नेपालभन्दा निकै माथि छ। वरीयतामा फिलिपिन्स १ सय २९औं स्थानमा छ भने नेपाल १ सय ७९औं स्थानमा छ।
राष्ट्रिय टोलीका पूर्वकप्तान एवं वर्तमान सहायक प्रशिक्षक हरि खड्का आजको मैत्रीपूर्ण खेललाई जित–हारभन्दा माथि राखेर सोचिएको बताउँछन्। ‘हरेक खेल जित्नका लागि खेलिन्छ। हामी पनि त्यही उद्देश्य राखेर मैदान उत्रन्छौं। तर यो खेल हाम्रा लागि जित हारको नतिजाभन्दा बढी महत्वपूर्ण छ,' खड्काले नागरिकन्युजलाई भने, ‘हामी अर्को वर्ष हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेका छौं। त्यसैले टोलीको प्रदर्शनमा सुधार ल्याउनु, गल्ती सुधार्नु हाम्रो मुख्य उद्देश्य हो।'
सम्बन्धित समाचारः फिलिपिन्ससँग बदलाको रणनीति