डिभिजन २ लाई ‘पद्धति’ आवश्यक
१४ कार्तिक २०७१
•
६ मिनेट पाठ
डिभिजन २ लाई ‘पद्धति’ आवश्यक
काठमाडौं-‘टुँडिखेलमा खेलेर डिभिजन २ मा ल्याइयो, अब हाम्रो नेपालमा एउटा रंगशाला चाहियो।' विश्व क्रिकेट लिग डिभिजन ३ लिग जितेर मलेसियाबाट फर्किएको नेपाली टोलीको स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थक एकोहोरो चिच्याइरहेका थिए। प्रशिक्षक पुबुदु दासानायकेको चिन्ता पनि यसै सेरोफेरोमा थियो। ‘प्रतिभाको हिसाबमा हामी डिभिजन २ मा राम्रो गर्न योग्य छौं, तर त्यहीअनुसार पद्धति हुनुपर्यो। त्यो प्रतियोगिताका लागि,' उनले व्यवस्थापनतर्फ इंगित गरे।नेपालले बिहीबार युगान्डालाई पराजित गरी डिभिजन ३ उपाधि रक्षा गरेको थियो। गत वर्ष मेमा बर्मुडा डिभिजन ३ नै जित्दा नेपाल विश्वकप छनोटमा पुगेको थियो। विश्वकप नजिक पुगेपछि नेपाली क्रिकेटको विकासे नाराहरू घन्किएका थिए, ‘मुलपानीमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला, भैरहवा र पोखरामा अन्य थप क्रिकेट मैदान।'
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हात पार्दा यस्ता नाराहरू अगाडि आउँछ र विस्तारै हराएर जान्छ। हुलमा रहेका एक समर्थकले बिहीबार एयरपोर्टमा यस्तै नारा ब्युँत्याइरहँदा प्रशिक्षक दासानायकेले आफ्नो ध्यान डिभिजन २ मा तानिसकेका थिए।
फाइनलमा पुगेसँगै नेपाल डिभिजन २ मा उक्लिएको थियो। डिभिजन २ को शीर्ष २ टोलीले प्रथम श्रेणीको मान्यतप्राप्त अन्तरमहादेशीय कप चारदिवसीय र ५० ओभर संरचनाको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने छ। नेपालले यस्ता ग्लोबल प्रतियोगिता गुमाउन नदिनेमा दासानायके सचेत छन्।
गत वर्ष बर्मुडाको सफलतासँगै नेपाल विश्वकप छनोटमा पुगे पनि सहभागी १० टोलीमा नवौं भएपछि रेलिगेसनमा पर्यो । न्युजिल्यान्डको असफलताका कारण नेपालको त्यो स्तरमा पुग्ने बेला नभएको हो कि भन्ने पनि प्रश्न उठ्यो। न्युजिल्यान्डमै घुँडा टेकेको नेदरल्यान्ड्स, क्यानाडासहित केन्या र आयोजक नामिबियासँग नेपालले जनवरीमा डिभिजन २ मा खेल्नेछ। 
‘डिभिजन २ को स्तरमा पुर्याडउन हामीले पद्धतिको विकास गर्न जरुरी छ। हामीसँग अझै तीन महिना बाँकी छ,' दासानायकेले भने, ‘हामीलाई त्यहीअनुसार जनशक्ति, मैदान र विकेट आवश्यक छ। हाम्रो फिटनेस स्तर अझै थोरैले तल छ। म चाहन्छु कुनै व्यावसासिक व्यक्तिले यो जिम्मेवारी लिओस। धेरै विषय राम्रोसँग गर्न बाँकी छ।' 
कप्तान पारस खड्काले पनि दक्ष जनशक्तिको आवश्यकता औंल्याए। उनले भने, ‘डिभिजन १ टोलीले कस्ता सुविधा प्रयोग गरिरहेका छन्, त्यसमा पनि हामीले ध्यान दिनु जरुरी छ। हामीलाई पनि टेक्निकल एनालिस्ट, बलिङ र ब्याटिङ प्रशिक्षकसहित सहयोगी स्टाफ हुने हो भने नेपाली क्रिकेट अझै राम्रो हुनेछ।'
दासानायकेले डिभिजन ३ र डिभिजन २ को फरक यसरी देखाए। ‘युगान्डासँगको फाइनलमा हामीले राम्रो सुरुआत गर्यौंा, ओपनरहरू सागर पुन र नरेश बुढाएर तथा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। हाम्रो जुन सुरुआत थियो, त्योअनुसार हामीले ३० रन जति कम बनायौं। २ सय २३ रनमात्र बनाउन सके पनि मलाई थाहा थियो, हामी खेल जित्छौं भन्ने। तर डिभिजन २ मा यही ३० रनले ठूलो भूमिका खेल्छ,' उनले भने।
नामिबिया, केन्या, नेदरल्यान्ड्स, क्यानाडासँग विश्वकपको अनुभव छ। ‘यी चार टोली डिभिजन १ बाट तल आएका टोली हुन्। उनीहरू बलिया प्रतिद्वन्द्वी हुन्। हामी नामिबिया गएर जित्न चाहन्छौं भने हामीले धेरै गर्नुपर्छ। केही समय अभ्यास गरेको भरमा मैदानमा राम्रो गर्न सकिँदैन।'
तीन दिनको विश्रामपछि नेपाली खेलाडी आपसमा मिलेर कीर्तिपुरमा दुईदिने अभ्यास खेल खेल्ने छन्, जुन श्रीलंका भ्रमणको तयारीलाई हो। अर्को साता नेपाली टोली १८ दिने भ्रमणमा श्रीलंका जाँदैछ। श्रीलंका क्रिकेटले मिलाएको आधिकारिक भ्रमणमा नेपालले श्रीलंकाको डेभलपमेन्ट टोलीसँग दुई तीनदिवसीय खेल खेल्नेछ भने हङकङसँग तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र एक ५० ओभरको खेल खेल्नेछ। 
श्रीलंकमा गएर खेल्न पाउनु नेपालको सकारात्मक पक्ष भएको कप्तान पारस बताउँछन्। डिभिजन २ अघि नेपालले दुई साताको अफ्रिकामा राम्रो भ्रमण व्यवस्थापन गरेर तयार हुनुपर्ने दासानायकेको बुझाइ छ।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस