विराटनगरका ४ जना एथलेटिक्स खेलाडीलाई शनिबार विदाई गरिएको छ। उनीहरु काठमाडौंमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागिता हुने छन्।
विराटनगरमा शनिबार एक कार्यक्रमकाबीच खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विदाई गरे। खेलाडीहरुलाई शुभकामना दिँदै प्रमुख पराजुलीले भने, ‘तपाईंहरुमा जुन उत्साह र उमंग देखाउनु भएको छ। त्यसबाट पक्कै पनि नतिजा आफ्नो पक्षमा पर्न सक्नु हुनेछ।’ खेलाडीले खेल भावनाअनुसार खेले भने एउटा राम्रो र अनुशासित खेलाडीका रुपमा आफूलाई उभ्याउन सक्ने उनले बताए।
‘खेलाडीले आफूलाई अनुशासनमा राख्न सकेन भने उ गतिशिल हुन सक्दैन,’ प्रमुख पराजुलीले भने, ‘तपाईंले ‘बेस’ दिनुहोस् नतिजा आफैं आउँछ। देशमा पछिल्लो समय कोरोनाका कारणले गर्दा पनि खेलकुदले जुन गति लिनु पर्ने थियो, त्यो लिन सकेको छैन।’ विराटनगर महानगरपालिकाले खेलकुदलाई सधैँ नै माया गर्दै आएको हुँदा यहाँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितासमेत गर्न सक्यौं। सरकारले जबसम्म खेल नीति बनाएर खेलाडीलाई व्यवसायी बनाउन सक्दैन तबसम्म खेलाडीको स्तर उठ्न नसक्ने उनले बताए।
काठमाडौंमा नेपाल एथलेटिक्स परिवारले मंसिर २० र २१ गते आयोजना गर्न लागेको ‘युथ एथलेटिक्स च्याम्पियनसिप’मा भाग लिन विराटनगरका ४ जना खेलाडीलाई विदाई गरिएको छ। १६ वर्षमुनि र २० वर्षमुनिको इभेन्टका लागि प्रियंका गडेरी, सागर यादव, रोशन सरदार र राहुल रायले प्रतिस्पर्धा गर्ने छन्।
मोरङ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा एथलेटिक्सका पूर्व प्रशिक्षक किशोर अमात्यका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्।