दोहा- फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्ती गर्न प्रेरित गर्ने र विपक्षीको गल्तीमा फाइदा उठाउने फुटबलको आधारभूत रणनीति हुने गर्छ।
नेपालले फिलिपिन्ससँग शुक्रबार राति लगातार तेस्रो पराजय भोगेको छ। पछिल्ला दुई पराजयको बदला लिने लक्ष्यसाथ कतारको दोहास्थित अल अरबी रंगशालामा उत्रिए पनि सामान्य गल्तीलाई निरन्तरता दिँदा नेपाल लगातार दोस्रो खेलमा ३–० को हार स्विकार्न बाध्य भयो। गत अप्रिलमा यसै मैदानमा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदा नेपालले ३–० कै पराजय बेहोरेको थियो। यसअघि २०११ मा दुई टोलीबीच भेट हुँदा पनि फिलिपिन्स ४–० ले विजयी भएको थियो। १९८२ मा दुई टोली पहिलोपल्ट भेट्दा पाएको १–० को जित नेपालको फिलिपिन्सविरुद्ध अहिलेसम्मे एउटैमात्र सफल नतिजा हो।
पछिल्लो समय किन लगातार नेपाल फिलिपिन्ससँग निराश भइरहेको छ त?
नेपाली टोली हारको मात्र लायक भएर पक्कै होइन। नेपाली टोलीले पूरा ९० मिनेटको खेल नराम्रो खेलेर पनि होइन। महŒवपूर्ण समयमा सामान्य गल्ती गरेका कारण नेपाल कम्तीमा बराबरी वा साँघुरो हारको नतिजाबाट टाढिएको हो।
शुक्रबार उच्च मनोबलसाथ रंगशाला पुगेको टोली ९० मिनेटको खेल समाप्तिमा निराश भएर बाहिरिँदा १० जनामा सीमित थियो। एक खेलाडी कम भएर २५ मिनेट खेले पनि मैदानमा नझुकेको टोलीले दुई मिनेट थप गरिएको इन्जुरी समयमा दुई गोल स्विकारेको थियो।
विपक्षी खेलाडीमाथि हातपात गरेका कारण प्रतिभावान मिडफिल्डर जगजित श्रेष्ठले अनावश्यक रातो कार्ड पाउँदा नेपाली टोली ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको हो। युवा स्ट्राइकर विमल घर्तीमगरमाथि सामान्य फाउल गरेवापत फिलिपिन्सका दाइसुके सातोले पहेँलो कार्ड पाइसकेका थिए। तर एक गोलले पछि परेको दबाबमा जगजितले दाइसुकेमाथि हातपात गर्दा सोझै रातो कार्ड पाए।
जगजितले रातो कार्ड पाएपछि नेपालको खेलमा फर्कने व्यावहारिक सम्भावना सकिसकेको थियो। फिलिपिन्सले खेलमा लगातार दबाब सिर्जना गरिरह्यो। त्यस्तोमा एक खेलाडी कम भएपछि विपक्षीको प्रभाव अझ मजबुत हुनु स्वाभाविक थियो। तर नेपाल गोल फर्काउने रणनीतिबाट पछि हटेन। जुन नेपाली टोलीको रातो कार्डपछिको अर्को गल्ती थियो।
जगजितको रातो कार्डपछि पनि बाँकी समयसम्म नेपालीको त्यो जोशिलो रणनीतिले थप घात गरेन। फिलिपिन्सले गोलका लागि गरेका सबै प्रयास असफल भइरहेको अवस्थामा नेपालले पनि केही मौका सिर्जना गरिरहेको थियो। तर निर्धारित समय सकिएपछि नेपालको दुर्दशा सुरु भयो। इन्जुरी समयको पहिलो मिनेटमा रजिन धिमालले विपक्षी खेलाडीलाई लडाउँदा नेपालले पेनाल्टी सामना गर्नुपर्यो । जसलाई फिलिपिन्सका कप्तान फिलिप योडहस्बेन्डले सहजै गोलमा परिणत गरे।
दोस्रो गोल खाएपछि नेपालको खेलमा फर्कने झिनो आशा पनि सकिसकेको थियो। अझ त्यसमा अन्तिम सिठी बज्न १५ सेकेन्ड बाँकी रहँदा नेपाली टोलीको असमन्जस्यताको फाइदा उठाउँदै फिलिपिन्सले अर्को गोल गरेर विजय अन्तर बढायो। हुलमुलमा नेपाली रक्षापंक्ति सम्हालिन नपाउँदै हर्मन मार्कले दुई रक्षक कटाउँदै गोल गरेका थिए।
पहिलो हाफसम्म बराबरीको खेल खेले पनि नेपालले दोस्रो हाफको चौथो मिनेटमा पहिलो गोल खायो। कप्तान सागर थापा र रक्षापंक्तिका सहयात्री विराज महर्जनबीच तालमेल नमिल्दा सिमोन ग्रेटविचले गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाए। गोल खाएपछि नेपाली टोलीको लय एकाएक बिग्रियो। गोल खाएको करिब १५ मिनेटसम्म मैदानमा नेपाली टोली प्राविधिक अनुशासन कायम राख्नबाट चुक्दा फिलिपिन्सले अग्रता फराकिलो पार्ने थुप्रै मौका पायो। तर संयोगले नेपाललाई जोगायो।
इन्जुरी टाइम भने नेपालका लागि बिर्सनलायक रह्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका आदित्य चौधरीले फाउल गर्दा पाएको पेनाल्टीमा फिलिपले अग्रता दोब्बर पारे भने लगत्तै अर्को मिनेटमा हर्मनले तेस्रो गोल गर्दै रंगशालामा उपस्थित करिब १० हजार नेपाली समर्थकलाई स्तब्ध पारे।
यसअघि पहिलो हाफमा विपक्षीको दाँजोमा बल पोजेसन तथा अवसर सिर्जना गर्नेमा अघि रहेको नेपालले तीन उत्कृष्ट मौका चुकायो। विमल घर्तीमगरले छैटौं मिनेटमै विपक्षी पेनाल्टी बक्स नजिकै पाएको सानदार मौकामा गोल गर्न सकेनन्। २२औं मिनेटमा उनी अर्को मौकाबाट चुके। पहिलो हाफ हुनैलाग्दा २५ यार्डको दुरीमा पाएको फ्रि–किकमा पनि नेपाल गोल नजिक पुगिसकेको थियो। तर भोलानाथ सिलवालको प्रहार विपक्षी गोलकिपरले मुस्किलले पञ्च गरेर जोगाए। दोस्रो हाफमा पनि नेपालले एउटा उत्कृष्ट अवसर सिर्जना गरेको थियो। तर, वैकल्पिक खेलाडी अञ्जन विष्टले पेनाल्टी बक्सको बाहिर पाएको खुला अवसर उपयोग गर्न सकेनन्। एक विपक्षी खेलाडीलाई बिट गरे पनि अञ्जनले अगाडि बढाएर हान्नुपर्ने बल टाढैबाट हान्दा विपक्षी गोलकिपरलाई कटाउन उनको फितलो प्रहार सफल भएन।
ठीक विपरीत फिलिपिन्सले भने पूरा खेल अवधिभर गोलका लागि करिब दर्जन अवसर सिर्जना गर्योर। तर नेपाली गोलकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनका कारण फिलिपिन्स अझ फराकिलो जितबाट बिमुख भयो।
नेपाली टोलीका मुख्य प्रशिक्षक ज्याक स्टेफानोस्कीले पनि अनावश्यक गल्तीका कारण फराकिलो हार बेहोरेको स्विकारे। उनले भने, 'खेलाडीमा कम्युनिकेसनको कमी छ। जगजितले अनावश्यक रातो कार्ड खानु र अन्तिम समयमा सम्हालिन नसक्नु आज हाम्रो गल्ती भयो। त्यसकै कारण पछिल्ला दुई गोल खायौं।'
फिलिपिन्सका जर्मन प्रशिक्षक थोमस डेलीले भने पहिलो हाफमा दुवै टोलीको प्रदर्शन बराबर रहेको बताए पनि नेपालबारे धेरै बोल्न चाहेनन्। 'नेपालले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उनीहरू १० जनामा सीमित भएपछि हामीलाई सजिलो भयो। हामी एसियामा अरु बलिया देशसँग प्रतिस्पर्धा गर्न मिहिनेत गरिरहेका छौं,' उनले भने, 'दोस्रो हाफमा हामीले रणनीति परिवर्तन गर्यौंप, जुन सफल पनि भयो।'
तीन खेलाडीको डेब्यु
नेपालका तर्फबाट शुक्रबारको खेलमा तीन किशोर खेलाडीले राष्ट्रिय टोलीमा डेब्युको मौका पाए। यु–१७ टोलीका अञ्जन विष्ट, रजिन धिमाल र आदित्य चौधरीले शुक्रबार पहिलोपल्ट राष्ट्रिय टोलीको जर्सी लगाए।
अञ्जनले ६१औं मिनेटमा सन्दिप राईलाई स्थानान्तरण गरे भने रजिन ७२औं मिनेटमा यु–१७ कै कप्तान विमल घर्तीमगरको ठाउँमा मैदान छिरे। आदित्यले अन्तिम सात मिनेट बाँकी हुँदा भोलानाथ सिलवाललाई स्थानान्तरण गरे।