सम्मानमा कप्तानको वाचा
१६ कार्तिक २०७१
•
५ मिनेट पाठ
सम्मानमा कप्तानको वाचा
दोहा- गैरआवासीय नेपाली (एनआरएन) संघको कतार राष्ट्रिय समन्वय परिषदले नेपाली राष्ट्रिय फुटबल टोलीको सम्मान गरेको छ। फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न यहाँ आएको टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई शनिबार राती एनआएन कतारले सम्मान तथा बिदाइ गर्यो।  अघिल्लो दिन दोहास्थित अल अरबी रंगशालामा फिलिपिन्सले नेपाललाई ३–० को नतिजामा हराएको थियो। सो अवसरमा त्यही खेलअघि भएको सांगीतिक कार्यक्रमका लागि आएका नेपाली कलाकार बुद्धिसागर बस्याल, प्रमोद खरेल र आस्था राउतलाई पनि सम्मान गरियो। 
बेस्ट रेमिटको प्रायोजनमा भएको सम्मान कार्यक्रममा राष्ट्रिय टोलीका सबै सदस्य तथा कलाकारलाई मायाको चिनोस्वरुप घडी प्रदान गरिएको थियो। सम्मान थाप्दै नेपाली टोलीका तर्फबाट कप्तान सागर थापाले फिलिपिन्ससँगको खेलमा पराजित भए पनि अर्को वर्ष भारतमा हुने नवौं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधि जित्ने वाचा गरे। 
'हामीले कतारमा आएर खेल्दा पनि दशरथ रंगशालाकै जस्तो समर्थक पायौं। यहाँ हामीले नेपालीबाट धेरै माया पाएका छौं। तपाइहरूको माया हामी साफ च्याम्पियनसिप खेल्दा सम्भि्कने छौं । कुनैबेला मैदानमा कमजोर भइएछ भने तपाईहरूको यो माया सम्झेर हामी बलियो हुनेछौं,' सागरले भने, 'हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप हो। त्यसैको तयारीका लागि हामी यहाँ आएका हौं। त्यसैले यहाँ पराजित भए पनि साफ च्याम्पियनसिपमा उपाधि जितेर तपाईहरूकहाँ ल्याउने छौं।'
एनआरएन कतारका अध्यक्ष मक्सुद आलमले नेपाली टोलीको प्रशिक्षकलाई दिइने पारिश्रमिकका लागि कतारबाट आफूहरूले अखिल नेपाल फुटबल संघलाई सहयोग गर्ने बताए। त्यसका लागि कतार फुटबल संघलगायत दोहास्थित नेपाली दूतावाससँग पहल भइरहेको बताउँदै आलमले राष्ट्रिय फुटबल टिमलाई आवश्यक पर्ने अन्य सबैखाले सहयोगका लागि एनआरएन कतार सधैं तयार रहेको बताए। 
एनआरएनका आइसिसी उपाध्यक्ष एवं प्रायोजक बेस्ट रेमिटका निर्देशक टिबी कार्कीले राष्ट्रिय टोलीको दोहा आगमनले रोजगारीको सिलसिलामा आएका ५ लाखभन्दा बढी नेपालीको पहिचान स्थापित भएको बताए। बेस्ट रेमिटका अर्का निर्देशक एवं एनआरएन कतारका सल्लाहकार आरके शर्माले कतारमा रहेका नेपाली नेपालमा फुटबलको विकासका लागि सहयोग गर्न सधंै तयार रहेको बताए। 'राम्रो काम हुँदा हामी सधंै सहयोगका लागि तयार छौं। फुटबल टिमले जहिले पनि यहाँ आउँदा नतिजा जस्तो भए पनि नेपालीलाई गौरव गर्ने मौका दिएको छ। आगामी दिनमा अझ जित्ने गरी आओस भन्ने शुभकामना दिन चाहन्छु,' कतारमा निर्माण व्यवसाय गरिरहेका शर्माले भने। 
मैत्री खेलको संयोजन गरेका एनआरएनको मध्यपूर्व खेलकुद उपसमिति उपसंयोजक एवं चितवन युवा समूहका सदस्य रामहरि गैरेले आउँदो केही महिनामा फेरि राष्ट्रिय टोलीलाई कतार निम्त्याउने बताए। उनले यहाँको फुटबल संघ नेपाली दर्शकको फुटबल मोहबाट निकै प्रभावित भएको बताउँदै आगामी दिनमा यसले थप सहयोग मिल्ने बताए। अल आहली क्लबको पहलमा चितवन युवा समूह र गैरआवासीय नेपालीको मध्यपूर्व खेलकुद उपसमितिको संयोजनमा भएको खेललाई कतार फुटबल संघले मान्यता दिएको थियो। कतारले २०२२ मा विश्वकप गर्दैछ। त्यसको सिलसिलामा पश्चिमा सञ्चारमाध्यमले यहाँ फुटबल संस्कार नभएको भन्दै गरेको प्रचारविरुद्ध यहाँ हुने अन्तर्राष्ट्रिय खेलमा दर्शकको उपस्थितिले जवाफ दिने बुझाइ छ। नेपाल र फिलिपिन्सबीचको खेलमा १७ हजार दर्शक क्षमताको अल अरबी रंगशाला खचाखच भरिएको थियो। हजारौं दर्शक सिट नभएर फर्किनुपरेको थियो।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस