२० वर्षपछि पाकिस्तानलाई शृंखला
१७ कार्तिक २०७१
•
४ मिनेट पाठ
२० वर्षपछि पाकिस्तानलाई शृंखला
अबुधाबी- पाकिस्तानले दोस्रो टेस्टमा ३ सय ५६ रनको विशाल विजय हात पार्दै अस्ट्रेलियामाथि २० वर्षमा पहिलो शृंखला जितेको छ। पाकिस्तानले शृंखला २–० ले 'क्लिन स्विप' गरेको हो। विजयसँगै पाकिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टेस्ट वरियतामा तेस्रो स्थानमा उक्लेको छ। टोली दक्षिण अफ्रिका र अस्ट्रेलियाभन्दा मात्र पछाडि छ।स्पिनरहरू जुल्पि्ककर बाबरले १ सय २० रन खर्चेर ५ तथा यासिर साहले ४४ रन खर्चेर ३ विकेट लिएपछि अस्ट्रेलियाको दोस्रो इनिङ्स पाचौं तथा अन्तिम दिन भोजनलगत्तै शेख जायेद रंगशालामा २ सय ४६ रनमा समेटिएको थियो। पाकिस्तानले दुबईको पहिलो टेस्ट २ सय २१ रनले जितेको थियो। 
५७०–६ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेसँगै पाकिस्तानले विजयआधार तयार पारेको थियो। अस्ट्रेलियालाई २ सय ६१ रनमा रोकेपछि टोलीले पहिलो इनिङ्सका आधारमा ३ सय ९ रनको अग्रता लियो। यसले पाकिस्तानलाई सन् १९९४ पछि अस्ट्रेलियामाथि पहिलो विजय दिलाउन मद्धत गर्यो ।
रनको हिसाबले अस्ट्रेलियाको यो तेस्रो ठूलो पराजय हो। टोली १९२८ मा ब्रिसवेनमा इङ्ल्यान्डसँग ६ सय ७५ रनर वेस्ट इन्डिजसँग १९८० मा एडिलेडमा ४ सय ८ रनले पराजित भएको थियो। त्यस विपरीत पाकिस्तानको रनअन्तरमा यो सबैभन्दा ठूलो विजय हो। यसअघि २००६ मा कराँचीमा भारतलाई ३ सय ४१ रनले पराजित गर्नु पाकिस्तानको ठूलो विजय थियो। 
'जसरी खेलाडीले खेले, त्यस हिसाबमा यो टोलीको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो सम्मान हो,' पाकिस्तान कप्तान मिसबाह उल हकले भने, 'सबैले योगदान दिए, त्यसमा म निकै खुसी छु, जुन म वर्णन गर्न सक्तिनँ। हामीले निकै मिहिनेत गरिरहेका थियौं र राम्रो खेलिरहेका थियौं तर जित्नका लागि होइन, त्यसैले पनि सन्तुष्ट छु।'
अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले पाकिस्तानको प्रशंसा गर्दै दुवै टेस्टमा पाकिस्तानले असाधारण खेलेको बताए। एसियामा अस्ट्रेलियाको लगातार छैटौं पराजय हो। गत वर्ष टोलीभारतसँग ४–० ले पराजित भएको थियो। 
स्टेभन स्मिथले ९७ रन बनाउँदै पाकिस्तानलाई बिहानी सत्रमा अलि मिहिनेत गर्न लगाएका थिए। २ सय ४ बल खेली १२ चौका प्रहार गरेका उनलाई शाहले एलबिडब्लु आउट गरे। अस्ट्रेलियाले अन्तिम ४ विकेट ८ रनमै गुमायो। स्मिथले मिचेल मार्शसँग पाँचौं विकेटमा १ सय७ रन जोडे। मार्शले ४७ रन बनाए। 
मिचेल जोन्सन र मिचेल स्टार्कलाई बोल्ड गरेका शाहले शृंखलामा १२ विकेट लिए। नाथान लायनलाई आउट गर्दै बाबरले लगातार दोस्रो टेस्टको एक इनिङ्समा ५ विकेट लिँदै १४ विकेटसाथ शृंखला टुंग्याए। शंकास्पद बलिङ एक्सनका कारण पाकिस्तान सइद अजमालबिना खेलेको थियो। 
दुवै इनिङ्समा शतक बनाएका मिसबाह म्यान अफ द म्याचमा चुनिए। उनले दोस्रो इनिङ्समा ५६ बलमै शतक बनाई टेस्ट क्रिकेटमा छिटो शतक बनाउने कीर्तिमानबराबरी गरेका थिए। कुल ४ सय ६८ रन बनाएका युनिस खान म्यान अफ द सिरिजमा चुनिए।
अर्को समाचार
इतिहास नजिक पाकिस्तान
१६ कार्तिक २०७१
•
४ मिनेट पाठ
इतिहास नजिक पाकिस्तान
अबुधाबी- कप्तान मिसबाह उल हकले आक्रामक ब्याटिङ गर्दै पाकिस्तानलाई २० वर्षपछि अस्ट्रेलियामाथि टेस्ट शृंखला विजय नजिक पुर्याएका छन्। पहिलो टेस्ट जितेको पाकिस्तान दोस्रोमा पनि मजबुत स्थितिमा छ।
 मिसबाहले ५६ बलमा शतक बनाई पाकिस्तानको अग्रता बढाएका थिए। उनले सन् १९८६ मा वेस्ट इन्डिजका हस्ती भिभ रिचर्डसले इङ्ल्यान्डविरुद्ध एन्टिगुवामा टेस्ट क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाएको कीर्तिमान बराबरी गरे।
शेख जायेद रंगशालामा मिसबाहले यसअघि २१ बलमै अर्धशतक बनाएर तीब्र अर्धशतक बनाउने कीर्तिमान बनाइसकेका थिए। मिसबाहको बिस्फोटक इनिङ्समा पाकिस्तानले ३ विकेट गुमाई २ सय ९३ रन बनाएर ६ सय ३ रनको अग्रतासँग दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्योि। 
चौथो दिन खेल सकिँदा अस्ट्रेलियाले ४ विकेट गुमाई १ सय ४३ रन बनाएको छ। स्टेभन स्मिथ ३८ र मिचेल मार्श २६ रन बनाई क्रिजमा रहँदा अस्ट्रेलिया अझै ४ सय ६० रनले पछाडि छ। अन्तिम दिनको खेल बाँकी रहेको अवस्थामा अस्ट्रेलियाको कुनै विजय सम्भावना देखिँदैन। पाकिस्तानले १९९४ यता अस्ट्रेलियालाई टेस्ट शृंखलामा हराउन सकेको छैन। 
देब्रेहाते स्पिनर जुल्पि्ककर बाबरले ६५ रन खर्चेर ३ विकेट लिँदै अस्ट्रेलियाको कमजोर ब्याटिङ थप उदांगो पारिदिए। उनले १९ बलको अन्तरमा क्रिस रोजर्सलाई २, ग्लेन म्याक्सवेललाई ४ र कप्तान माइकल क्लार्कलाई ५ रनमा आउट गरेपछि अस्ट्रेलिया ४३–३ को स्थितिमा पुगिसकेको थियो। उनले क्लार्कलाई निकै राम्रो टर्न बलमा बोल्ड गरे। क्लार्कले शृंखलामा केवल ५७ रन बनाउन सके।
डेविड वार्नरले अर्को इन्ड सम्हालेर बस्दै १३औं अर्धशतक बनाए। उनी ५८ रनमा मोहम्मद हफिजको बलमा बोल्ड भए। 
यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा ढिलो गरी ब्याटिङ गरेका कारण आलोचित मिसबाहले आलोचकलाई आफ्नो क्षमता देखाइदिएका थिए। उनले ११ चौका र ५ छक्का प्रहार गरे। यस टेस्टमा यो उनको दोस्रो शतक हो। उनले पहिलो इनिङ्समा पनि १ सय १ रन बनाएका थिए। 
अझर अली १ सय रन बनाई अविजित रहे। टेस्ट क्रिकेट इतिहासमा दुई खेलाडीले दुवै इनिङ्समा एकै साथ शतक बनाएको केवल दोस्रोपल्ट हो। अस्ट्रेलियन दाजुभाइ इयान र ग्रेग च्यापेलले १९७३ मा वेलिङ्टनमा न्युजिल्यान्डविरुद्ध उक्त कीर्तिमान बनाएका थिए।
मिसबाहले मिचेल स्टार्कलाई लगातार दुई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। समयको हिसाबमा पनि मिसबाहको शतक दोस्रो चाँडो बनाइएको शतक हो। अस्ट्रेलियाका ज्याक ग्रेजोरीले १९२१ मा दक्षिण अफ्रिकाविरुद्ध जोहानसबर्गमा ७० मिनेटमा शतक बनाएका थिए। मिसबाहले शतक पूरा गर्न ७४ मिनेट लगाए। 
शृंखलाको अघिल्लो तीन इनिङ्समा शतक बनाएका युनिस खान ४६ रनमा आउट भएपछि मिसबाह क्रिजमा आए। मिसबाहले स्मिथको एकै ओभरमा ३ छक्का र १ चौका प्रहार गरे। उनको अर्धशतकमा चौका र छक्कामात्र थियो। पाकिस्तानले ६१–२ बाट आइतबार खेल सुरु गरेको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस