क्यानमा नयाँ कमिटी
२० कार्तिक २०७१
•
६ मिनेट पाठ
क्यानमा नयाँ कमिटी
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा अध्यक्ष टंक आङबुहाङसहित १० पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको झन्डै पाँच महिनापछि सरकारले नेपाल क्रिकेट संघ (क्यान) कार्यसमिति विघटन गरेको छ।
 बिहीबार मन्त्रिपरिषद बैठकले क्यानको निर्वाचित कमिटी विघटन गर्दै पूर्वअध्यक्ष विनयराज पाण्डेको नेतृत्वमा तीन सदस्यीय नयाँ कमिटी बनाएको हो। नयाँ कमिटीमा उपाध्यक्ष श्रीहर्ष कोइराला र महासचिव रमेश सिलवाल छन्। कोइराला र सिलवाल दुवै क्यानका पूर्वउपाध्यक्ष हुन्। 
नवनियुक्त महासचिव सिलवालले तत्काललाई तीन जनाले नै क्यानका सबै काम गर्ने र केही समयपछि कमिटीलाई पूर्णता दिइने जानकारी दिए। 'मन्त्रिपरिषदले भर्खर (बिहीबार) निर्णय गरेको छ। हामीले चिठी पाइसकेका छैनौं,' सिलवालले नागरिकसँग भने, 'तत्काल तीन जनाले सबै काम गर्ने हो, चिठी पाएपछि छलफल गरेर कमिटीलाई पूर्णता दिनेछौं।' 
क्यानको निर्वाचित कमिटीका पदाधिकारीले व्यापक आर्थिक अनियमितता गरेको र क्रिकेट विकासमा कुनै काम नगरेको उजुरीका आधारमा अख्तियारले गत जेठ २५ मा अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्याकलसहित १० पदाधिकारीलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले त्यतिबेलै क्यान कार्यसमितिलाई अयोग्य ठहर गर्दै नयाँ कमिटी गठन गर्न सरकारलाई निर्देशन दिएको थियो।
अध्यक्षसहित मुद्दा चलाइएका पदाधिकारी निस्त्रि्कय भएपछि तत्कालीन उपाध्यक्ष तारणीविक्रम शाहले कार्यवाहक अध्यक्ष र उत्तम कर्माचार्यले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालेका थिए। केही महिनायता शाह पनि निस्त्रि्कय भएपछि श्रीनिवास राणा कार्यवाहक अध्यक्ष थिए।
विघटित कमिटीमा पाण्डे अध्यक्ष (२००६ सेप्टेम्बर–२०११ नोभेम्बर) हुँदा कोइराला र सिलवाल उपाध्यक्ष थिए। पाण्डे नेतृत्वको तत्कालीन तदर्थ समितिलाई पुनर्गठन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एकीकृत माओवादी नेता टंक आङबुहाङको अध्यक्षतामा नयाँ कमिटी बनाएको थियो। आङबुहाङ नेतृत्वले २०११ डिसेम्बरमा चितवनमा निर्वाचन सम्पन्न गरी वैधानिकता लिएको थियो।
राखेप सदस्यसचिव युवराज लामाले बिहीबारको मन्त्रिपरिषद निर्णय 'राजनीतिक' र 'प्रजातान्त्रिक पद्धतिमाथिको हमला' टिप्पणी गरे। 'यो हिजो राजा ज्ञानेन्द्रले निर्वाचित संसद भंग गरेजस्तै हो,' लामाले नागरिकसँग भने, 'परिषदलाई यसबारे कुनै जानकारी छैन।' 
नवनियुक्त महासचिव सिलवालले सरकारी निर्णय 'ढिलो भए पनि राम्रो भएको बताए। अख्तियारले तत्काल क्यान पुनर्गठन गरी त्यसका पदाधिकारीमाथि कारबाही गर्न निर्देशन दिइसक्दा पनि सरकारले किन यति ढिलो गर्योत भन्ने मेरो चासो हो,' सिलवालले भने, 'हामीलाई राम्रो काम गरिरहेको अवस्थामा पनि यसैगरी विघटन गरिएको थियो। यसमा कसैलाई चित्त नबुझे अदालत गए हुन्छ।'
नेपाली क्रिकेटलाई एकदिवसीय विश्वकपसम्म डोर्यानउन आफूहरूको नेतृत्व लागिपर्ने उनले बताए। 'हाम्रो सपना विश्वकप र एकदिवसीय मान्यता हो। त्यसकै लागि आगामी दिनमा डटेर लाग्नेछौं,' सिलवालले भने।
लामाले अख्तियारको निर्देशन नै गैरकानुनी रहेको बताउँदै भने, 'अख्तियारले मुद्दा हाल्ने मात्र हो, जुन गरिसक्यो। भोलि उसले मुद्दा चलाएका मानिस निर्दोष साबित भए सरकारको यो निर्णयको अवस्था के होला?' विघटित कमिटीका बहुमत (२१) सदस्य क्यानमै रहेको उनले बताए।
युवा तथा खेलकुद सचिव दीपेन्द्रनाथ शर्माले नयाँ कमिटीलाई सात म्यान्डेट दिइएको जानकारी दिए। 'क्रिकेटलाई बोर्डको अवधारणामा लैजाने मन्त्रालयको सोच छ। त्यहीअनुसार नयाँ समितिले एक वर्षभित्र बोर्ड वा कस्तो संरचना बनाउने भन्ने अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ। वर्तमान संरचनालाई नै निरन्तरता दिने भए पनि निर्वाचन गराइसक्नुपर्नेछ,' शर्माले भने, आवश्यक परे समितिले मन्त्रालयको सहमति लिएर सदस्य थप्न सक्ने उनले बताए। 
विघटित क्यानका कार्यवाहक अध्यक्ष राणाले निर्वाचित संघलाई विघटन गर्नु गैरकानुनी भएको बताउँदै शुक्रबार बैठक बसेर प्रतिक्रिया दिइने जानकारी दिए।
अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
८ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।

यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस