सहज जितबाट मनाङ शीर्षमा
२५ मंसिर २०७८
•
३ मिनेट पाठ
सहज जितबाट मनाङ शीर्षमा
मनाङका ओलाओले आफिज (नीलो) सँग बल खोस्ने प्रयास गर्दै फेन्ड्सका एन्थोनी पल । तस्बिरः नागरिक
फ्रेन्ड्स क्लबमाथि सहज जितका साथ मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा त्रिभुवन आर्मी फुटबल क्लबले पनि जितयात्रालाई निरन्तरता दिएको छ।




त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबारबाट सुरु भएको चौथो चरणको पहिलो खेलमा मनाङले फ्रेन्ड्सलाई२–० ले हराएको हो। ४०औं मिनेटमा आफिज ओलाओलेले गोल गरे। कप्तान अञ्जन विष्टको पासलाई ओलाओलेले जाली चुमाउँदै मनाङलाई अग्रता दिलाए।

७२औं मिनेटमा रक्षक दिनेश राजवंशीले मनाङको अग्रता दोब्बर पारे। पूजन उपरकोटीको फ्रिककलाई दिनेशले हेडरमार्फत पोस्टको दिशा दिएका थिए। मनाङ ४ खेलमा ३ जित र १ बराबरीको नतिजापछि १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ८ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। ३ खेलमा समान ७ अंक जोडेको सातदोबाटो युथ क्लब तेस्रो र मच्छिन्द्र क्लब चौथो स्थानमा छन्।

मनाङले यस सिजन प्रशिक्षक फुजा टोेपेको प्रशिक्षणमा खेलको यो पहिलो खेल हो। उनी दुई दिनअघि मात्र नेपाल आइपुगेका थिए। मनाङले पछिल्लो दुई संस्करणको लिग पनि फुजाको प्रशिक्षणमा खेलेको थियो। ‘यस सिजन मेरो प्रशिक्षणमा मनाङले खेलेको यो पहिलो खेल हो र हामी पहिलो खेलमै सुखद नतिजाका साथ शीर्ष स्थानमा फर्किएका छौं,’फुजाले भने, ‘आगमी खेलमा थप सुधार गर्दै उपाधि भित्र्याउने लक्ष्यलाई सार्थक पार्न चाहन्छाैँ।’

फ्रेन्ड्सको भने ४ खेलमा यो दोस्रो हार हो। दुई खेलमा भने फ्रेन्ड्सले अंक बाँडेको छ। २ अंक मात्र जोडेको फ्रेन्ड्स १२औं स्थानमा छ। फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले टोलीका तीन महत्वपूर्ण खेलाडी चोटका कारण मैदान उत्रन नसक्नु नै मनाङलाई नतिजा सुम्पिनुको मुख्य कारण भएको बताए। ‘चोटका कारण कप्तान प्रकाश बुढाथोकी, प्रिजेन तामाङ र जमाल मैदान उत्रन पाएनन्,’ मिश्रले भने, ‘हामीले आफ्नै कमजोरीमा दुई गोल खायाैँ। हामीले गरेको गोल अफसाइड भयो। त्यो खेलले मान्यता पाएको भए सायद खेलको नतिजा अर्कै हुन सक्थ्यो।’

शुक्रबार सम्पन्न दोस्रो खेलमा आर्मीले च्यासलको चुनौती २–० ले समाप्त पारेको हो। १९औं मिनेटमा टंक बस्नेतको पासमा स्ट्राइकर जर्ज प्रिन्स कार्कीले बललाई पोस्टको दिशा दिँदै आर्मीलाई अग्रता दिलाएका थिए।

३६औं मिनेटमा जगजित श्रेष्ठले आर्मीको अग्रता दोब्बर पारे। अनमार्क रहेका जगजितले गौतमको क्रसलाई सहजै जाली चुमाएका थिए।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफूहरूको लक्ष्य उपाधि रहेकाले हरेक खेलमा ३ अंक जोड्ने रणनीति लिएको र च्यासलविरुद्ध पनि ३ अंक लिन सफल भएको बताए। ‘पहिलो दुई खेलमा टोलीले राम्रो प्रदर्शन गरे पनि फिनिसिङमा समस्या देखिँदा अंक बाँड्नुपरेको थियो।

तर तेस्रो खेलमा कप्तान भरत खवासले गोल गरेपछि स्ट्राइकरहरूको मनोबल बढ्यो,’ न्यौपानेले भने,’ ‘आज पनि स्ट्राइकरहरूबाटै गोल निस्कियो। यो टोलीका लागि सकारात्मक पक्ष हो। हामी क्रमिक रूपमा स्वाभाविक लयमा फर्कंदै छाैँ।’ यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने पहिलो हाफमा टोलीले निकै खराब प्रदर्शन गरेको बताए।

‘युवा टोली छ,आर्मीको पेसमा हामीले खेल्न सकेनाैँ,’ साहुखलले भने, ‘टोलीमा अझै सुधारको आवश्यकता छ।’ लिगअन्तर्गत शनिबार न्युरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लबबीच पहिलो प्रतिस्पर्धा हुँदा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पाबीच दोस्रो प्रतिस्पर्धा हुनेछ।
अर्को समाचार
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
१४ मिनेट अघि
•
१ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ। प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन्।




एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन्।

छनोट भएका टोलीमध्ये धरानको प्रतिनिधित्व हिमालय टेलिभिजन नेटवर्कले गर्नेछ। धरानको टोलीमा अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू पनि आबद्ध छन्। त्यस्तै, वीरगञ्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्टको नेतृत्व उत्सव सिग्देलले गर्नेछन्।

सिग्देल नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्व सह-मालिक हुन्। सुर्खेतको प्रतिनिधित्व एलाइड कन्टिनेन्टलले गर्नेछ। उक्त टोलीमा रचितकुमार अग्रवालसँगै नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप)का निर्देशक दिगेन श्रेष्ठ तथा अस्ट्रेलियामा रहेका सुजित बस्नेत र सबिन श्रेष्ठ आबद्ध छन्।

बोलपत्र प्रक्रियामा धरानका लागि ३ करोड १ लाख रुपैयाँ, वीरगञ्जका लागि २ करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि २ करोड ५० लाख रुपैयाँको प्रस्ताव पेस गरिएको थियो। यी प्रस्तावमा यी तिनै टोलीले सफलता हात पारेका हुन्।

तीन टोली छनोट भएपछि गुरुङले नेपाली फुटबलमा अझै धेरै सम्भावना रहेको बताएका छन्। ‘तीन टोलीका लागि बोलपत्र आह्वान गर्दा २० टोली इच्छुक देखिनु भनेको अझै नेपाली फुटबलमा धेरै सम्भावना रहेको देखिन्छ। तीमध्ये हामीसँग जोडिनुभएका तीन टोलीलाई बधाई दिन चाहन्छु,’ उनले भने।

यसपटक छनोट हुन नसकेका बाँकी १७ टोलीलाई पनि आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गरिने गुरुङले बताए। ‘हामीसँग यसपटक जोडिन नसक्नुभएका बाँकी १७ टोलीलाई भने आगामी दिनमा कुनै न कुनै स्वरूपमा समेट्ने प्रयास गर्नेछौँ,’ उनले भने।

एनएफएलको पहिलो संस्करणमा १० टोली सहभागी हुनेछन्। प्रतियोगिता फागुन १ देखि सुरु हुनेछ। ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका सात टोली यसअघि नै निश्चित भइसकेका थिए।

यसअघि छनोट भएका सात टोलीमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस