नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु
२६ मंसिर २०७८
•
३ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु
पोखरा रंगशाला
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले मिति सार्वजनिक गरिसकेको छैन। २०७७ फागुन २० देखि २७ सम्म आयोजना गर्ने तय भएपनि कोभिड–१९ ले प्रतियोगिता पर धकेलिएको हो। कोभिडकै कारण पर धकेलिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको परिषदले मिति घोषणा गरिसकेको छैन।  




मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ। गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा गठित अनुगमन तथा पूर्वाधार समितिले पोखराका विभिन्न ठाँउमा भएका पूर्वाधारको बस्तुस्थितिको अध्ययन शुरु गरेको छ। पहिलो चरणमा समितिले लेखनाथस्थित भण्डारढीक खेलमैदान, लामाचौरस्थित गोस्ते खेलमैदान र हेमजास्थित गौरीशंकर खेल मैदानको अध्ययन गरिएको उनले बताए।  

‘प्रदेशका ११ वटै जिल्लाको पूर्वाधारको अध्ययन गर्ने छौं,’ संयोजक गुरुङले भने, ‘अन्य जिल्लामा कुनकुन ठाउँमा कस्ता पूर्वाधार छन् र के कस्तो अवस्थामा छन् भनेर त्यसको अध्ययन गरेर अगाडि बढ्छौं।’ गण्डकी प्रदेशका ११ वटै जिल्लामा नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३५ खेल खेलाईने छ। अधिकांश खेल पोखरा रंगशाला र आसपासका खेलमैदानमा आयोजना हुँदा प्रदेशका अन्य जिल्लालाई समेत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्रदान गरिने छ। यद्यपी कुन–कुन खेल जिल्लालाई दिने भन्ने विषयमा भने ठोस निर्णय गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले गरेको छैन्।

राष्ट्रिय खेलकुद परिषदले भने केही महिना अघि मात्रै जिल्लामा खेलाउने खेल समेत प्रस्ताव गरिएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला छनोट हुदैं प्रदेश छनोट गरेर मात्रै राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीलाई उतारिन्छ। अहिले कोरोनाकै कारण जिल्ला छनोट प्रतिस्पर्धा शुरु हुन सकेको छैन्। जिल्ला छनोट भएपछि प्रदेश छनोटको लागि समय चाहिन्छ। प्रदेश छनोटपछि मात्रै खेलाडीहरु बन्द प्रशिक्षणमा रहेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुटिङ रेन्ज तथा स्वीमिङ पुल बनाउनुपर्ने खाँचो छ। सुटिङ र स्वीमिङको लागि राष्ट्रिय खेलकुद परिषदले बजेट छुट्टाएको छ। बजेट छुट्टाएपनि टेण्डर आह्वान नहुदाँ काम अगाडि बढ्न सकेको छैन्। स्वीमिङपुल र सुटिङ रेन्ज बनाउनुपर्ने अत्यावश्यक देखिएपनि परिषदले त्यस सम्बन्धी गम्भीर नदेखिएको आरोप खेलकुदबृत्तमा छ। ‘जिल्लाहरुमा पूर्वाधारको अध्ययन नगरी कुन कुन खेल खेलाउने भन्ने विषयमा तत्कालै निर्णय गर्न सकिदैन्। निर्णय गर्न गाह्रो छ।’ संयोजक गुरुङको भनाई थियो।  

पोखरामा हक्कीकै लागि ठोस मैदान छैन्। भएका फुटबल मैदानमै हक्की खेलाउनुपर्ने बाध्यता छ। त्यसको लागि समेत तयारी गर्नुपर्ने खाँचो छ। अध्ययन तथा अनुगमन समितिमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद शाखा प्रमुख प्रकाश ओझा, मन्त्रालयबाटै शंकर बराल, गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, ईन्जिनियर सागर गौतम तथा परिषद सचिवालयबाट माया गुरुङ सदस्य रहेका छन्।

आईतबार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मणप्रसाद योगी, खेलकुदका इन्जिनियर अनिल अधिकारी तथा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतको टोली समेत अनुगमनमा सहभागि थिए।  
अर्को समाचार
पदकविजेतालाई सम्मान
०७ पौष २०७९
•
१ मिनेट पाठ
पदकविजेतालाई सम्मान
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश-१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।




प्रदेश-१ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए।

त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए।

रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कांस्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हीराधन राई,भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस