काठमाडौं- तेस्रो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा बुधबार साविक उपविजेता नेपालले बंगलादेशसँग खेल्दैछ। पाकिस्तानमा जारी च्याम्पियनसिपको अर्को सेमिफाइनलमा साविक विजेता भारतले श्रीलंकाको सामना गर्नेछ।उपाधि जित्ने लक्ष्यसहित पाकिस्तान गएको नेपाली टोलीका लागि बंगलादेश सहज प्रतिद्वन्द्वी हो। यसअघि नेपाल र बंगलादेश तीनपल्ट भिडेका थिए। सबैमा नेपालले सफलता पाएको इतिहास छ।
दक्षिण एसियामा नेपालले जित्न नसकेको भारतमात्र एक्लो टोली हो। सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। तत्कालीन कप्तान जमुना गुरुङले गोल गरेकी थिइन्। सन् २०१० मै भएको महिला साफ च्याम्पियनसिपको पहिलो संस्करणमा बंगलादेशलाई ३–० ले नेपाल हराउँदै फाइनल पुगेको थियो। जहाँ जमुनाले २ र अनु लामाले १ गोल गरेका थिए।
अहिले तिनै अनुले टोलीको कप्तानी सम्हालेकी छिन्। नेपाली टोलीका प्रशिक्षक कुमार कटुवालले बंगलादेशलाई हराउँदै फाइनल पुग्ने दाबी गरे। उनले भने, 'हामीले विगतमा बंगलादेशलाई हराउँदै आएका छौं। यसपल्ट बंगलादेशको टोली जापानी प्रशिक्षकले सम्हालेका छन्। विगतभन्दा राम्रो छ। तर हाम्रो टोलीले हराउन सक्छ। हाम्रो टिम फिट छ। वैकल्पिक खेलाडीहरू बलिया छन्।'
यद्यपि नेपालको नतिजामा कप्तान अनुको प्रदर्शनले प्रभाव पार्नेछ। समूह चरणमा श्रीलंकाविरुद्ध घाइते भएकी अनुले मंगलबार टोलीसँगै अभ्यास गरिनन्। प्रशिक्षक कटुवालले अनुको चोट सामान्य भएको बताए। अनु महिला फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता खेलाडी हुन्। उनको नाममा ३३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान छ।
कप्तान अनुले बंगलादेशलाई कमजोर प्रतिद्वन्द्वीमा नलिएको बताइन्। उनले भनिन्, 'हामी सचेत भएर खेल्नैछौं। विगतको सेमिफाइनलमा हाम्रो टिमका धेरै खेलाडी घाइते हुने गरेका थिए। बंगलादेश यसपल्ट राम्रो छ। उनीहृको प्रदर्शन सुधारिएको छ। तर हाम्रो टोलीसँग उनीहरूलाई हराउन सक्ने क्षमता छ।'
उनले आफूहरू फाइनल जित्न आएको बताइन्। अनुले भनिन्, 'हामी फाइनल जित्न आएका हौं। त्यसैले हामीलाई बंगलादेशले रोक्न सक्दैन। हामी सचेत भएर खेल्नेछौं।'
प्रशिक्षक कटुवालले बंगलादेशसँग नेपालले परम्परागत ४–४–२ को रणनीतिमा खेल्ने बताए।
पाकिस्तानमा जारी प्रतियोगितामा नेपाल समूह 'बी' को विजेता र बंगलादेश समूह 'ए' को उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन्। नेपालले भुटानलाई ८–० ले, पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गर्दै ९ अंक बटुलेको थियो। बंगलादेशले अफगानिस्तानलाई ६–१ ले र माल्दिभ्सलाई ३–१ ले हराएको थियो भने भारतसँग ५–१ ले पराजित हुँदै अन्तिम चारमा पुगेको हो।