जनक मेमोरियल स्कुलले प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय मिल्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगर–१५ स्थित फार्क क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा ग्रामथान गाउँपालिका–२ स्थित झोराहाटको जनक मेमोरियल स्कुलले विराटनगरको डनबस्को स्कुललाई पराजित गर्यो। जनक मेमोरियलले डनबस्कोलाई शुन्यका विरुद्ध २ गोल गर्दै उपाधि जितेको हो। जितसँगै जनक मेमोरियलले नगद १० हजार रुपैयाँ र उपविजेता डनबस्कोले नगद ५ हजार रुपैयाँका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
जनक मेमोरियलको जितका लागि सौगात थारु र अमितकुमार चौधरीले समान १–१ गोल गरे। म्यान अफ द म्याच डनबस्कोका अभिषेक कामत भए। प्रतियोगिताअन्तर्गत व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक जनकका करण माझी, सर्वाधिक गोलकर्ता जनककै सौगात थारु, फरवर्ड गोदाबरी स्कुलका केवल राई, मिड फिड डनबस्कोका विराज रेग्मी, डिफेन्स जनकका प्रभुनारायण माझी, गोलरक्षक एभरेष्टका आशुदीप खड्का भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जनकका अमितकुमार चौधरी, उदयमान खेलाडी जेबिएरका अनुभव थापा मगर र अनुशासित टिम डिपिएस स्कल भए।
मंसिर २५ देखि पुस ४ गतेसम्म भएको प्रतियोगितामा मोरङका १६ वटा निजी विद्यालयको सहभागिता रहेको थियो। खेलाडीहरुलाई प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बा, विराटनगर प्याब्सनका अध्यक्ष मोहन बुढाथोकी, फार्क क्लबका अध्यक्ष धनकुमार तामाङ, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोललागयतले पुरस्कार वितरण गरे।