प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: सुदूरपश्चिम र एपिएफ विजयी
०५ पौष २०७८
•
२ मिनेट पाठ
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: सुदूरपश्चिम र एपिएफ विजयी
तीन दिनदेखि धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। समूह बी अन्तर्गत भएका खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपिएफले प्रदेश नम्बर २ लाई पराजित गरेको हो।




सोमबारको पहिलो खेलमा विभागीय टिम एफिएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको छ। फाप्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेट क्षतिमा ९८ रन बनायो। धनगढीमा चलेको हुस्सु र शीतलहरले बिहानको पहिलो खेल ढिलो गरी सुरु हुँदा १५ ओभरमा घटाइएको थियो। खेलमा एपिएफका लागि ज्योति पाण्डेयले २४ रन, इन्दु वर्मा २१ रन, रोमा थापाले १४ रन र ममत चौधरीले ११ रन बनाइन्। प्रदेश नम्बर २ का लागि विमला मगरले तीन विकेट लिइन्। त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक/एक विकेट लिइन्।

९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ५० रन मात्रै बनाउन सक्यो। उसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो। प्रदेश नम्बर २ का लागि मेलिना रायमाझीले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। एपिएफका लागि सुक्ष्मा श्रेष्ठले दुई विकेट लिइन्। सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक/एक विकेट लिइन्। खेलमा एपिएफकी सुष्मा श्रेष्ठ प्लेयर अफ द म्याच भइन्।

यस्तै सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रनमा गुमायो। सुदूरपश्चिम प्रदेशको बलिङसामू धर्मराएको गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक बन्यो। सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई/दुई विकेट लिइन्। 

कविता कुँवर र ईश्वरी विष्टले एक÷एक विकेट लिइन्। गण्डकीका चार जना खेलाडी रनआउट भए। प्रतिउत्तरमा ३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेटायो। ३२ रनको लक्ष्य सुदूरपश्चिमले दुई दशमलव १ ओभरमा पूरा गरेको हो। सुदूरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन्। सुदूरपश्चिमले १९ रन अतिरिक्त पायो। खेलमा दुई विकेटसहित ८ रन बनाएकी सुदूरपश्चिमकी कविता जोशी प्लेयर अफ द म्याच भइन्।

प्रतियोगिताको मंगलबार समूह 'ए' का दुई खेल हुनेछन्। पहिलो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश खेल्नेछन्। सेमिफाइनल पुगेका दुवै टोलीको खेलले समूह 'ए' को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ। मंगलबारकै अर्को खेलमा कर्णाली प्रदेश र वागमती प्रदेश खेल्नेछन्। प्रतियोगिताबाट बाहिरिएका दुबै टोली सान्तवना जितका लागि खेल्नेछन्।
अर्को समाचार
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता
१५ पौष २०७७
•
२ मिनेट पाठ
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता
दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिस्पर्धामा समूह ‘बी’ को सुदूरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश–१ ले बाग्मती प्रदेशलाई पराजित गर्‍यो।




मंगलबार सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो। ब्याटिङतर्फ गण्डकीका कुनै पनि खेलाडीले उच्च प्रदर्शन गर्न सकेनन्। उनीहरूमध्ये कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। गण्डकीका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्स्निका मरासिनीले ६ रन जोडे। सुदूरपश्चिमका लागि सुनीता लोहारले २ विकेट हात पारिन्। कविता कुँवर, रितु कनौजिया र लक्ष्मी साउदले समान १/१ विकेट लिए।  

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। ओपनर रेवती धामीले ३६ बलको सामना गर्दै २ चौकासहित २७ रन बनाइन्। कप्तान विन्दु रावलले १३ रन, ओपनर मन्जु बोगटीले १० रन र रुवि पोदारले ५ रन बनाएकी थिइन्। बलिङतर्फ गण्डकी प्रदेशका लागि सृष्टि पौडेल र अलिशा लामिछानेले ३/३ विकेट हात पारे। अञ्जली विश्वकर्माले १ विकेट लिन सफल भइन्।

मंगलबार नै भएको दोस्रो खेलमा प्रदेश–१ ले बाग्मतीलाई ४६ रनले पाखा लगायो। प्रदेश–१ ले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको बागमती १६.४ ओभरमा अलआउट हुँदै ६० रनमा समेटियो। बाग्मतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १३ रन बनाउँदा सुमन खतिवडाले १२ रन जोडिन्। उनीहरूबाहेक बाग्मतीका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ प्रदेश १ का निग्मा तामाङले ३ तथा अप्सरी बेगमले २ विकेट हात पारे। सबनम राई, अलिशा खाडिया र निशा शाहले समान १/१ विकेट लिए।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रनको योगफल तयार पारेकोे थियो। प्रदेश–१ का लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाइन्। ५५ बल सामना गरेकी उनले ६ चौका प्रहार गरेकी थिइन्।

अप्सरी बेगमले १६ रन बनाउँदा निग्मा तामाङले ५ रन जोडिन्। बलिङतर्फ बाग्मतीका लागि आरती बिडारीले २ विकेट लिइन्। कप्तान अस्मिना कर्माचार्य, निग्मा तामाङ र कृष्मा गुरुङले समान १/१ विकेट लिए। प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश–१ को सामना गर्नेछ भने दोस्रो खेलमा बाग्मती गण्डकीसँग भिड्नेछ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस