ह्युजले खोसेको नेपाली सपना
१२ मंसिर २०७१
•
१० मिनेट पाठ
ह्युजले खोसेको नेपाली सपना
काठमाडौं- श्रीलंकासँग जुझारु प्रदर्शन गरेर हारेको नेपाली यु–१९ क्रिकेट टोली अस्ट्रेलियासँग खेल्न तयार थियो। मलेसियामा सन् २००८ को आइसिसी यु–१९ विश्वकप क्रिकेटको उक्त खेलमा नेपालले नतिजामा खासै ठूलो अपेक्षा राखेको थिएन।२००८ फ्रेबुअरी १९ को दिन अस्टे्रलियासँग खेल्नुअघि नेपाली टोलीमा खबर आयो, 'अस्ट्रेलियाली टोलीका एक ओपनरले प्रथम श्रेणीको क्रिकेट खेलिसकेका रहेछन्।' ती अरु कोही नभएर फिलिप ह्युज थिए, जसको निधनले अहिले विश्व खेलकुदमा सन्नाटा छाएको छ। 
अस्ट्रेलियाको घरेलु क्रिकेट सेफिल्ड सिल्डको एक खेलक्रम मंगलबार बाउन्सर बलले ह्युजको टाउकोको पछाडि भागको तल छेउमा लागेको थियो। मैदानमै अचेत भएका ह्युजको आकस्मिक शल्यक्रिया भए पनि फेरि होसमा फर्केनन्। बिहीबार बिहान उनको दुःखद निधनसँगै क्रिकेटजगतमा कालो बादल मडारिन पुग्यो।
यु–१९ विश्वकपमा गौरवशाली इतिहाससाथ नेपाली टोली अस्ट्रेलियासँग खेल्न उभिएको थियो। नेपालले केन्या, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता टोलीलाई पराजित गरिसकेको अवस्था थियो। यथार्थमा लक्ष्यभन्दा धेरै टाढा रहे पनि अस्ट्रेलियासँग नेपालले यस्तै अर्को इतिहास बनाउने अवसरमा उक्त खेल हेरिएको थियो।
ओपनर ह्युज नेपाली आशामा अवरोध बने। उनले ९४ बल खेल्दै २ चौकासहित ४६ रन बनाए। ३५ ओभरसम्म क्रिजमा डटेका उनले किर्क पास्कोइसँग पहिलो विकेटमा ६२ र मिचेल क्रामनरसँग चौथो विकेटमा ४८ रन जोडे। खेलको यही नै दुई ठूलो साझेदारी थियो। 
'अस्ट्रेलियामा उमेर समूहको खेल खेल्दै गर्र्दा प्रथम श्रेणीमा खेलिसक्नुलाई ठूलो उपलब्धि मानिन्छ, नेपालले त्यस्ता प्रोफाइल बनाइसकेका खेलाडी (ह्युज) सँग खेल्न गइरहेको थियो,' उक्त विश्वकपमा नेपाली टोलीसँगै रहेका पत्रकार प्रेम ढकालले स्मरण गरे। 
ह्युजले नेपालसँग खेलेको इनिङ्स संस्मरण गर्दै उनले भने, 'अरु खेलाडीहरू आक्रामक भएर खेलिरहेका थिए। ह्युज निकै संयमित भएर खेल्दै अस्ट्रेलियाका लागि रन थपिरहेका थिए। यसले ऊ कस्तो स्तरका खेलाडी हो भन्ने देखाइसकेको थियो।'
प्रतियोगितामा उनले खासै अरु त गर्न सकेनन्। ह्युजले ४ खेलमा ८९ रनमात्र बनाउन सके। नेपालसँग खेलेको इनिङ्स नै उनको प्रतियोगितामा उच्च स्कोर थियो। नेपालको ब्याटिङक्रममा आकाश गुप्ताको क्याच ह्युजले पूरा प्रतियोगितामा लिएको एउटै क्याच थियो। 
राहुल बिकको बलमा महेश क्षेत्रीले स्टम्पआउट गरेपछि ह्युज नेपालसँग अर्धशतक बनाउनुपूर्व आउट भएका थिए। ह्युजको इनिङ्सपछि अस्ट्रेलियाले २ सय ६ रन बनाएको थियो। नवौं नम्बरमा ब्याटिङ गरेका राहुलले अविजित ३३ रन जोडे पनि नेपालले १ सय १० रनमात्र बनाउन सक्यो।
'उसले राम्रो ब्याटिङ गरिरहेको थियो, मेरो उद्देश्य उसलाई अर्धशतक बनाउनबाट रोक्नु थियो, उसकै कारणले अस्ट्रेलियाको स्कोर बढिरहेको थियो,' राहुलले ह्युजलाई आउट गर्दाको क्षण सम्भि्कए, 'मैले उसलाई धेरै डट बल खेलाइरहेको थिएँ। मेरो अघिल्लो ओभरमा पनि उसले खासै रन हान्न सकेका थिएनन्। त्यसपछि दबाबमा आएर अघि बढेर खेल्दा उनी स्टम्पआउट भए। मैले अफ स्टम्पको लाइनमा बल फालिरहेको थिएँ। आउट भएको बल अझ अफ स्टम्प बाहिर फालेँ, उसले अगाडि बढेर हान्न खोज्दा नसकेपछि रोक्न पनि खोजेका थिए।'
शान्तसँग खेलिरहेको हुनाले राहुल ह्युजसँग प्रभाव हुनुको अर्को कारण थियो। राहुलले स्मरण गरे, 'त्यही खेलमा स्टिभ स्मिथ, प्याट कुमिन्सले हामीलाई स्लेजिङ गरेका थिए। अहिले जस्तो हाम्रो अंग्रेजी थिएन। ह्वाट, ह्वाट भनेर उनीहरूसँग सामान्य प्रतिरोधमात्र गर्यौंि।'
त्यतिखेरै ह्युजले भविष्यमा अस्ट्रेलियाबाट खेल्छ भन्नेमा राहुललाई कुनै शंका थिएन। ह्युजले सन् २००९ मा दक्षिण अफ्रिकामा टेस्ट 'डेब्यु' गर्दा आफू थप उत्साहित भएको राहुल बताउँछन्। 'उसले कति इम्प्रुभ गरेछ भनेर हेर्न खोजेको थिएँ,' राहुलले त्यो क्षण सम्भि्कए। ह्युजले आफ्नो पहिलो टेस्टको दोस्रो इनिङ्समा ७५ रन बनाउँदै आगमनको घन्टी दिएका थिए।
नेपाली टोलीका कप्तान पारस खड्कालाई भने ह्युजसँगको खेलबारे खासै सम्झना छैन। 'जब उनी अस्ट्रेलियाबाट पहिलो टेस्ट खेलिरहेका थिए, त्यसपछि उनले हामीसँग यु–१९ मा खेलेको प्रसंग आउँदा निकै रमाइलो लाग्यो,' पारसले यत्ति भने। पारसले प्रतियोगितामा राम्रो प्रभाव पारेका थिए। उनी म्यान अफ द सिरिजको दौडमा पनि उभिएका थिए। माथिल्लो क्रममा ब्याटिङ गर्ने पारस बलिङमा चाँही सुरुको स्पेल मध्य गतिमा र पछिल्लो स्पेलमा अफ स्पिन बलिङ गर्थे। 'पारसले विकेटकिपिङ पनि गर्छ?' पारसको क्षमतामा अस्ट्रेलियाली खेलाडीहरुको प्रश्न थियो। 
ह्युजले त्यसपछि डर्बानको दोस्रो टेस्टको दुवै इनिङ्समा शतक बनाएका थिए। २० वर्षमै दुवै टेस्ट इनिङ्समा शतक बनाउने ह्युज कान्छा खेलाडी हुन्। कुल २६ टेस्टमा ह्युजले ३२.६५ को औसतमा १ हजार ५ सय ३५ रन बनाए। उनले अस्ट्रेलियाबाट २५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय पनि खेलेका छन्। 
नेपाली बलरहरूले उनलाई आउट गर्न नसकेपछि विकेटकिपर महेशले ह्युजको धैर्यता भंग गर्न लामो समय पर्खनुपर्यो । 'अस्ट्रेलियाली ब्याट्सम्यान भएर नेपालीलाई पनि रन हान्न सक्दैनस भनेर जिस्काएको थिएँ उसको एकाग्रता भंग गर्नलाई,' महेशले सम्झिए, 'जवाफमा उसले 'डन्ट बी च्याटर' भनेर विकेटकिपर होस विकेटकिपिङ गर भने।' महेशलाई पनि ह्युजको शान्त स्वभावले प्रभाव नपारेको होइन। तिनै ह्युजले महेशलाई प्वाइन्टमा डाइभ हानेर रनआउट गरेपछि नेपालको खेलस्थिति ३६–४ मा पुगेको थियो। 
नेपाली टोलीका वर्तमान उपकप्तान ज्ञानेन्द्र मल्लले अहिलेसम्म नभोगेको क्षण ह्युजसँगै थियो। यु–१९ टोलीका पनि उपकप्तान रहेका ज्ञानेन्द्र चोटका बाबजुद अस्ट्रेलियासँग उत्रिएका थिए। 'हामी मैदानमा छिरेपछि अम्पायरसँग बल लिएर पास गर्दै थियौं, ह्युज ओपनिङ ब्याटिङ गर्न आइपुगे। उनले 'गिभ मी द बल, आई विल हिट यु फर फोर' भनेर क्रिजतिर लागे,' ह्युजको यो भनाइ ज्ञानेन्द्रलाई अहिले पनि अनौठो लाग्छ। अहिलेसम्म कुनै ब्याट्सम्यानले त्यस्तो भनेको आफूलाई थाहा नभएको ज्ञानेन्द्र बताउँछन्। ह्युजले त्यसो भन्दै गर्दा ज्ञानेन्द्रले उनीभित्र दृढ आत्मविश्वास देखेका थिए। आफूहरूसँग खेलेका एउटा आत्मविश्वासी खेलाडीलाई बलले लागेको चोटबाट गुमाउनुपर्दा अत्यन्तै पीडा भएको बताउँछन् ज्ञानेन्द्र।


अर्को समाचार
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
७ घण्टा अघि
•
० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका छन्।




यूएई क्रिकेट बोर्डले उनलाई आगामी आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि ब्याटिङ सल्लाहकार नियुक्त गरेको हो।

बोर्डले आइतबार सार्वजनिक गरेको १५ सदस्यीय टोलीसँगै प्रशिक्षक तथा सहयोगी टिमको विवरण सार्वजनिक गर्दै मल्लको नियुक्तिबारे जानकारी दिएको हो।

नेपालमा आयोजना हुने प्रतियोगिताका लागि यूएईले अहमद रजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक र अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा रहनेछन्।

डिसेम्बर ५ देखि २० सम्म सञ्चालन हुने छनोट प्लेअफमा यूएईले सात प्रतिस्पर्धा गर्नेछ। उसले पहिलो खेल डिसेम्बर ५ मा जर्सीसँग खेल्नेछ। त्यसपछि क्रमशः क्यानडा, नेपाल, इटाली, कुवेत, युगान्डा र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताअघि यूएईले डिसेम्बर २ मा नेपालसँग अभ्यास खेल खेल्नेछ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोलीले आगामी वर्ष हुने आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका मल्ल राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत हुन्। सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले प्रशिक्षकका रूपमा आफ्नो यात्रा अघि बढाएका थिए। उनी हाल एनपीएलमा कर्णाली याक्सका प्रशिक्षक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस