सुर्य नेपाल इष्टर्न ओपन गल्फः स्थानीय गल्फर निरज शीर्ष स्थानमा
१२ पौष २०७८
•
२ मिनेट पाठ
सुर्य नेपाल इष्टर्न ओपन गल्फः स्थानीय गल्फर निरज शीर्ष स्थानमा
शीर्ष स्थानमा रहेका गल्फर निरज तामाङ। तस्बिरः नागरिक
सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरानमा शुरु भएको इष्टर्न ओपन गल्फ प्रतियोगितामा स्थानीय व्यवसायिक गल्फर निरज तामाङ शिर्ष स्थानमा रहेका छन्।




पार ७० को धरान गल्फ कोर्षमा पहिलो दिन १८ होलको खेल सकिँदा ३ अण्डर ६७ स्कोरका साथ निरजले शीर्ष स्थान बनाए। उनी २ वर्षअघि प्रो टर्न भएका युवा खेलाडी हुन्। नेपालमा भएको तेह्रौ सागमा उनी स्वर्ण पदक विजेता पनि हुन्।

उनी भन्दा ३ स्ट्रोकले पछि परेका सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोरका साथ दोस्रो स्थानमा छन्। एक ओभर ७१ स्कोरका साथ सुनसरीका टंकबहादुर कार्की रनम्बर वान गल्फर शुक्रबहादुर राई संयुक्त तेस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका निरजले फ्रन्टनाइनमा १ अण्डर ३५ कार्ड बनाउने क्रममा तेस्रो होलमा बुगी खेले पनि पाँचौ र सातौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाए। यस्तै, ब्याक नाइनमा २ अण्डर ३२ कार्ड बनाएका उनले दशौ बर्डी, १२ औं होलमा इगल र १५ औंमा बर्डी खेलेका थिए। तर १३ औं र १४ औं होलमा उनले बुगी खेपेका थिए।

दोस्रो स्थानमा रहेका सुर्यप्रसादले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाउने क्रममा दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी खेल्दै स्ट्रोक बचाएका थिए। ब्याक नाइनमा खराब प्रदर्शन गर्दै उनले ३ ओभर ३७ को कार्ड बनाए। त्यसक्रममा उनले दशौंहोलमा, तेह्रौंमा, चौधौंमा बुगी खेपेका थिए भने १७ औंमा डबल बुगी खेपेका थिए। उनले १६ औंर १८ औं होलमा मात्र बर्डी खेले।

तेस्रो स्थानमा रहेका टंकबहादुरले फ्रन्ट नाइनमा २ अण्डर ३४ को कार्ड बनाए भने फ्रन्ट ब्याकमा ३ ओभर ३७ को कार्ड बनाएका थिए। तेस्रो स्थानमै रहेका नम्बर वान गल्फर शुक्रबहादुरले फ्रन्ट नाइनमा १ अण्डर ३५ र ब्याक नाइनमा २ ओभर ३६ को कार्ड बनाएका थिए। प्रतियोगितामा ३ ओभर समान ७३ स्कोरका साथ भुवन नगरकोटी, धनबहादुर थापा, रवि खड्का र सञ्जय लामा संयुक्त पाँचौ स्थानमा छन्।

एमेच्योरतर्फ धराने गल्फर युवराज भुजेल, जितेन्द्र राई र सद्भाव आचार्य समान ५ ओभर ७५ स्कोरका साथ संयुक्त शीर्षमा छन् भने जिवन राई र बुद्धिमान सुनुवार समान ६ ओभर ७६ स्कोरका साथ संयुक्त दोस्रो स्थानमा छन्।

नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनद्धारा आयोजित प्रतियोगितामा ३० जना व्यवसायिक र १८ जना एमेच्योर गरि कुल ४८ जना खेलाडीहरु सहभागी छन्। चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ।

मुख्य स्पर्धाको विजेताले ट्रफीसहित नगद १ लाख ३५ हजार पाउनेछन् भने दोस्रोले ८८ हजार र तेस्रो हुनेले ६५ हजार नगद पाउनेछन्। दोस्रो दिन ३६ होलको खेल सकिएपछि कट बनाएका २१ जना व्यवसायिक र ६ जना एमेच्योर खेलाडीहरु मात्र तेस्रो दिनको लागि छनौट हुनेछन्।
अर्को समाचार
इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान
१२ पौष २०७९
•
२ मिनेट पाठ
इष्टर्न ओपन गल्फ शुरु, पहिलो दिन धराने गल्फर निरज शीर्षस्थान
सुर्य नेपाल इष्टर्न ओपनको पहिलो दिन शीर्ष स्थानमा रहेका निरज तामाङ। तस्बिर: रोहित राई
चार दिने सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन स्थानीय गल्फर निरज तामाङ ५ अण्डर ६५ स्कोरका साथ शीर्ष स्थानमा रहन सफल भएका छन्।




पार ७० को धरान गल्फ कोर्षमा उनले फ्रन्ट नाइटमा ६ अण्डर ३० को उत्कृष्ट कार्ड बनाए भने ब्याक नाइनमा १ ओभर ३५ को कार्ड बनाए। फ्रन्ट नाइनमा पहिलो होल पार खेलेर शुरुवात गरेका निरजले दोस्रो, तेस्रो, पाँचौं, छैटौं, सातौं होलमा बर्डी खेल्दै स्ट्रोक जोगाएका थिए। उनले पार ४ को नवौं होलमा इगल खेल्दै २ स्ट्रोक जोगाए पनि आठौं होलमा बुगी खेलेपछि फ्रन्ट नाइनमा ६ अण्डर ३० को कार्ड बनाए।

ब्याक नाइनमा पनि १० औं होलमा बर्डी खेल्दै शुरुवात गरे पनि निजरले फ्रन्ट नाइनमा जस्तो लय समात्न सकेनन्। उनले १० औं, ११ औं र १२ औं होलमा बर्डी खेले पनि १३ औं, १४ औं, १७ औं र १८ औं होलमा बुगी खेप्दै स्ट्रोक खेर फालेपछि ब्याक नाइन १ ओभर ३५ को कार्ड बनाएका थिए। ‘पहिलो दिन यति धेरै अण्डर हुन्छ जस्तो लागेको थिएन, आज सबैभन्दा राम्रो पटिङ भयो। अरु ठिकै थियो, पटिङले साथ दियो,’निरजले भने,‘भोली दोस्रो दिन पनि अझ धेरै बर्डी गर्ने नभए पनि ५ अण्डरलाई कायमै राख्ने लक्ष्य लिएर खेल्छुँ।’ निरज १३ आंंै दक्षिण एसियाली खेलकुदमा गल्फतर्फको स्वर्ण पदक विजेता खेलाडी पनि हुन्।

यसैगरि, समान ४ अण्डर ६६ स्कोरका साथ धराने गल्फर शुक्रबहादुर राई र सञ्जय लामा संयुक्त दोस्रो स्थानमा छन्। शुक्रले फ्रन्ट नाइनमा १ अण्डर ३५ को कार्ड बनाउदा ब्याक नाइनमा ३ अण्डर ३१ को कार्ड बनाए। सञ्जले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाएका थिए भने ब्याक नाइनमा १ अण्डर ३३ को कार्ड बनाए।

यस्तै, ३ अण्डर ६७ स्कोरका साथ भुवन नगरकोटी चौथो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा लेभल ३६ को कार्ड बनाउदा ब्याक नाइनमा ४ अण्डर ३१ को कार्ड बनाए। पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले लेभर पार ७० को कार्ड बनाएका छन्। उनले फ्रन्ट नाइनमा २ ओभर ३८ को कार्ड बनाउदा ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए। 

समान २ ओभर ७२ स्कोरका साथ रवि खड्का, रमेश अधिकारी, रामे मगर, टंकबहादुर कार्की, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति र वलभद्र राई (मणी) संयुक्त छैटांै स्थानमा छन्। यसैगरि, एमेच्योरतर्फ भने धराने खेलाडी राजकुमार राई १ ओभर ७१ स्कोरका साथ पहिलो स्थानमा छन्। उनले फ्रन्ट नाइनमा १ ओभर ३७ को कार्ड बनाउदा ब्याक नाइनमा इभन पार खेलेका थिए। एमेच्योरतर्फ धरानकै खेलाडी रुपेन गुरुङ ३ ओभर ७३ स्कोरका साथ दोस्रो स्थानमा छन्।

नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा ११ जना एमेच्योरसहित कुल ४० जना खेलाडीहरु सहभागी छन्। प्रतियोगिताको दोस्रो दिन कट जोगाउन सफल २१ औं स्थानसम्म रहेका खेलाडीहरु मात्र तेस्रो दिन फाइनलको लागि छनौट हुनेछन् । चौथो दिन भने प्रो एम स्पर्धा हुनेछ। प्रोफेस्नलतर्फका विजेता खेलाडीले नगद पुरस्कार १ लाख ४० हजार पाउनेछन्। कट जोगाउन सफल खेलाडीहरुलाई पनि नगद पुरस्कार दिइनेछ भने एमेच्योरतर्फ पहिलो र दोस्रो खेलाडीलाई ट्रफी दिइनेछ। 
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस