जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोतिराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब विजयी भएका छन्।
मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा मोतिरामले बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरमा पराजित गरेको छ। अर्को खेलमा सम्राटले हरैँचा स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरमा पराजित गरेको छ।
खेलको ६ मिनेटमा मोतिरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा सागर चौधरीले गोल थपे। ७८ औं मिनेटमा घनश्याम चौहानले गोल थप्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच मोतिरामका उमेश कार्की घोषित भए।
दोस्रो खेलको ५२ औं मिनेटमा सम्राटका सरोज अधिकारी गोल गर्दै अग्रता दिलाए। ६४ औं मिनेटमा अर्जुन मगरले गोल थप्दै जित सुनिश्चित पारे। खेलको म्यान अफ द म्याच सम्राटका अर्जुन लिम्बू घोषित भए।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकका प्रमुख भीम पराजुलीले खेलाडीहरुलाई शुभकामना दिएका थिए। उनले महानगरले जहिले पनि खेल र खेलाडीको उन्नयनका लागि काम गरिरहेको बताए। विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सफल भएको छ। पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र प्रतियोगिता संयोजक धनबहादुर लामा लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताअन्तर्गत आइतबारको खेल खेल नव प्रगतिशिल समाज र उर्लाबारी स्पोर्टिङ क्लब र दोस्रो खेल साइनो स्पोर्टिङ क्लब र युनाइटेड स्पोर्टिङ क्लबबीच हुनेछ।