विराटनगरमा जारी जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशिल सेवा समाज विजयी भएका छन्।
प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नव प्रगतिशिल समाजले साइनो स्पोर्टिङ क्लबलाई ४–० गोलमा हरायो। दोस्रो खेलमा उर्लाबारीले युनाइटेड स्पोर्टिङ क्लबलाई १–० गोलमा पराजित गर्यो।
पहिलो खेलमा नव प्रगतिशिलका म्यान अफ द म्याच रोशन राईले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। ४६औं मिनेटमा डेनिम राईले गोल थपे। ६२ र ७६औं मिनेटमा अंकित लिम्बूले गोल संख्या थपे। ७९औं मिनेटमा रोशन राईले गोल थप्दै टोलीलाई विजयी बनाए।
त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका संजय धिमालले ४८औं मिनेटमा गरेको गोल नै निर्णाय बन्यो। म्यान अफ द म्याच युनाइटेडका गोलरक्षक सुमन राय भए।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्। पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ।
प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब तथा दोस्रो खेल श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।