धरानको चर्चित वडास्तरीय २२ औं गोधुली टुबोर्ग रनिङ कप शुरु भएको छ। धरान १६ स्थित रंगशालामा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा धरानको वडा नं १५ ले वडा ३ लाई पराजित गरेको छ। उद्घाटन खेलमावडा १५ ले वडा ३ लाई ५–१ गोल अन्तरले हराउदै विजयी शुरुवात गरेको हो। वडा १५ जितमा बसन्त बाँनियाले २ गोल गरे भने नगेन्द्र राई, मिलन लिम्बु र सुगम जिमीले एक एक गोल गरे। वडा ३ को लागि दिवस क्षेत्रीले एक मात्र सान्त्वना गोल गरे।
पहिलो हाफको ११ औं मिनेटमा वडा १५ का नगेन्द्र राईले गोलको खाता खोलेका थिए। पहिलो हाफमा बसन्तले थप २ गोल गर्दा वडा ३ का दिवसले १ गोल गर्दे पहिलो हाफमा ३–१ को स्थिति बनाएर खेलमा फर्कने प्रयास गरेको थियो। तर, दोस्रो हाफमा मिलन र सुगमले गोल गर्दै वडा नं १५ को जित सुनिश्चित गरे।
खेलको म्यान अफ द म्याच वडा १५ का प्रज्ञान देवान घोषित भए। उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे। आइतबारको खेल धरानको वडा नं. ८ र ४ का बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ।
माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार पुरस्कार पाउने छन्। यसबाहेक विजेता र उपविजेता टोलीलाई वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई र बेलायत निवासी उनका बुबा ध्यानबहादुर राईले थप २५, २५ हजार दिने घोषणा गरेका छन्। विजेता टोलीले कुल १ लाख ७५ हजार र उपविजेता टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।
यस्तै, वेष्ट प्लेयरले १५ हजार र हाई स्कोरले ७ हजार ५ सय पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५ सय पुरस्कार पाउने आयोकज क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए। प्रतियोगितामा धरानको २० वटै वडाको टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा धरानको वडा कार्यालयहरुले आफ्नो वडाका खेलाडीहरु समेटेर फुटबल टिम तयार गरी सहभागिता गराउने गरेको छ।
टप ८ टोलीको सुपर लिग हुने
यो वर्ष गोधुली रनिङ कपको क्वार्टर फाइनल खेल्ने ८ टोलीले सुपर लिग खेल्न पाउनेछन्। धरान उपमहानगरपालिकाले गोधुली कपको उत्कृष्ट ८ टोली समेटेर स्वर्गीय सुवास राई स्मृति सुपर लिग प्रतियोगिता शुरु गर्ने तयारी गरेको खेलकुद विकास समितिका सदस्यसमेत रहेका गोधुली क्लबका उपाध्यक्ष केसीले जानकारी दिए।
स्वर्गीय राई गोधुली क्लबको संस्थापक हुन् भने गोधुली रनिङ कपका परिकल्पनाकार र शुरुवात गराउने व्यक्ति हुन्। उनी वडा नं १७ मा दुई कार्यकाल वडाअध्यक्ष भएका थिए भने गएको २०७४ सालको स्थानीय तह निर्वाचनपछि एमालेबाट नगर कार्यपालिका सदस्य भएका थिए भने नगर खेलकुद विकास समितिको संयोजक पनि थिए। उनको यसै वर्ष निधन भएको थियो।