टाईगर कप भलिबलः डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशको सुखद शुरुवात
२६ पौष २०७८
•
३ मिनेट पाठ
टाईगर कप भलिबलः डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशको सुखद शुरुवात
नेपाल आर्मी विरुद्ध स्पाईक गर्दै होङ्गाजी न्यु डायमण्डकी प्रतिभा माली।तस्बिर उमेश पुन
दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। सोमरबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना भएको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि सोझो सेटको जित निकाल्दै उपाधि रक्षा यात्रा प्रारम्भ गरेको छ।




पहिलो सेट २५–१७,२५–२२ र २५–१७ को सेटमा पराजित गर्दै सुखद शुरुवात गर्यो। अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई नेपाल पुलिस क्लबले भने पाँचौ सेट खेल्दै कमब्याक जित आत्मसात गर्यो। पहिलो सेट २५–१६ ले आफनो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्ने क्रममा ३१–२९ ले लिदैं जित आत्मसात गर्ने संघारमा पुग्यो।

दुई सेटले पछि परेको नेपाल पुलिस क्लब खेलमा फर्किने क्रममा तेस्रो सेट २५–१९ले लिदैं खेलमा फर्किने कोशिस गर्यो। चौथो सेटमा पनि २५–२३ ले लिदैं खेलमा फर्किएको पुलिसले निर्णायक सेटमा पनि हेल्प नेपाललाई १७–१५ले लिदैं पुनरागमन जित निकल्दै पहिलो दिन सुखद बनायो।

टाईगर ग्रुप अफ पोखराको आयोजनामा भएको क्लबस्तरीय च्याम्पियनसिपमा महिला तर्फ विभागीय डर्बी प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई ४–१ सेटले पन्छायो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने क्रममा २६–२४ मा शसस्त्र प्रहरीले लिदैं पुलिसमाथि हावी बन्यो। दोस्रो सेट २५–१८ ले लिदैं दबाव बढाएको शसस्त्रले तेस्रो सेट भने नेपाल पुलिस क्लबलाई सुम्पियो। तेस्रो सेट २३–२५ ले गुमाएको शसस्त्रले चौथो सेट २५–२३ ले लिदैं जित पक्का बनायो। त्यस्तै होङ्गाजी न्यु डायमण्डले त्रिभुवन आर्मीमाथि २५–१७, २५–२३, १३–२५ र २५–१७ को सेटमा पराजित गरेको थियो।

आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले आफनै टोली भलिबल कोर्टमा उतार्ने जनाएको छ। टोलीको नेतृत्व नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन्। उनीसँगै एशियन सेन्ट्रल जोन भलिबलमा सहभागि श्रीलंकन टोलीका तीन सदस्यलाई समेत आयोजक टोलीमा समावेश गरिएको छ। राउण्ड रोविन लिगमा खेलिने प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीमा ५÷५ टोलीको सहभागिता रहेको छ । महिला तर्फ नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, न्यु डायमण्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाईगर ग्रुप पोखराको टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन्। पुरुष तर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र हेल्प नेपाल स्पोर्टस क्लबको हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय खेलाडीहरु समावेश गरिएको छ।

विजेता महिला तथा पुरुष टोलीले नगद ३÷३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गर्ने छन्। उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गर्ने छन्। तेस्रो हुने महिला तथा पुरुष टोलीले नगद ७५÷७५ हजार पाउने छन्। सान्त्वना टोलीलाई समेत नगद ३५÷३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ। उत्कृष्ट खेलाडीलाई २५÷२५ हजार नगद तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिने छ। प्रतियोगितालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उदघाटन गरेका थिए।
अर्को समाचार
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
४६ मिनेट अघि
•
१ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।




बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।

प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’

प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।

प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस