काठमाडौं-विश्व क्रिकेट लिग डिभिजन २ को विशेष तयारीका लागि दक्षिण अफ्रिका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको योजना भिसा समस्याका कारण पछि सरेको छ। जनवरी १७ देखि २४ सम्म अफ्रिकी मुलुक नामिबियामा हुने प्रतियोगिताअघि नेपाली टोलीले १० दिन दक्षिण अफ्रिकामा विशेष तयारी गर्ने योजना तय थियो। तर दक्षिण अफ्रिकाका लागि समयमा आवेदन नबुझाएका कारण अझै नेपाली टोलीको भिसा आइपुगेको छैन। जसका कारण बिहीबार दक्षिण अफ्रिकातिर लाग्ने योजनामा रहेको टोलीले थप एक साता नेपालकै अभ्यासमा चित्त बुझाउनुपर्ने भएको छ।जनवरी ३ देखि १३ सम्म दक्षिण अफ्रिकामा रहेर विश्ोष अभ्यास गर्नुका साथै चार अभ्यास खेल खेल्ने नेपालको योजना थियो। तर समयमा भिसा नआएपछि अब टोली जनवरी ७ मा त्यसतर्फ लाग्ने बताइएको छ। जसका कारण नेपालले त्यहाँ बढीमा तीनमात्र अभ्यास खेल खेल्न पाउनेछ।
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बिहीबार जाने योजना अझै यथावत रहेको बताउँदै भनिन्, ‘अझैसम्म केही पक्का भइसकेको छैन। हामी बिहीबार नै जाने योजनामा छौं। हाम्रा प्रतिनिधि भिसाका लागि श्रीलंकामै छन्। भोलि बुधबारसम्म सबैथोकको टुंगो लाग्नेछ।'
भिसाको प्रतीक्षामा नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटी अहिले कोलम्बोमा छन्। उनले यही डिसेम्बर १९ मा कोलम्बोस्थित दक्षिण अफ्रिकी राजदूतावासमा टोलीको भिसा आवेदन बुझाएको क्यानले जनाएको छ। ‘डिएचएलबाट पठाउँदा समय बढी लाग्छ भनेर हामीले प्राविधिक विश्लेषकलाई नै पठाएका हौं,' मंगलबार वेलुकी नागरिकसँग घिमिरेले भनिन्, ‘अझै पनि समयमै भिसा आइपुग्ने सम्भावना बाँकी छ।'
टिमका एक पूर्वखेलाडीले भने नेपाली क्रिकेट प्रशासनको बेथितिका कारण महत्वपूर्ण प्रतियोगिताको तयारी लथालिंग भएको आरोप लगाए। ‘दुई महिनाअघि मलेसियामा डिभिजन ३ जितेपछि नै नामिबिया जानुपर्छ भन्ने सबैलाई थाहा थियो। तर विवादमा मात्र अल्भि्कने पदाधिकारीहरूको हानथापका कारण यस्तो अवस्था आएको हो,' ती खेलाडीले भने, ‘क्रिकेट प्रशासन राष्ट्रिय टोलीको तयारीप्रति कति लापरवाह छ भन्ने कुराको यो एउटा उदाहरण हो।'
दक्षिण अफ्रिकाको भिसा प्रक्रिया चार हप्ता लाग्न सक्ने जानकारी भए पनि क्यानले उड्ने योजना बनाएको मितिभन्दा दुई साताअघि मात्र आवेदन बुझाएको थियो। दक्षिण अफ्रिकाअघि नामिबियाको भिसा लिनुपर्ने र सबैको पासपोर्ट समयमा नआएका कारण पनि ढिलो भएको क्यानका एक सदस्यले बताए।
पूर्वनिर्धारित योजनाअनुसार दक्षिण अफ्रिकाको भ्रमण नभए पनि त्यसले नेपालको डिभिजन दुई लक्ष्यमा प्रभाव नपार्ने टोलीका कप्तान पारस खड्काले बताए। ‘टिममा खेलाडीको मिहिनेत हिजो पनि थियो र अहिले पनि छ। हामीलाई डिभिजन २ को महत्व थाहा थियो र त्यसका लागि हामी एउटा टिमका रूपमा तयार थियौं,' पारसले भने, ‘हामीले अहिलेसम्म दक्षिण अफ्रिका जाने योजना पर सरेको औपचारिक जानकारी पाइसकेका छैनौं। हामीले टिमका सदस्यबाहेक कसैबाट पनि ठूलो केही अपेक्षा गरेका थिएनौं। त्यसैले समयमै दक्षिण अफ्रिका जान नपाए पनि त्यसले तयारी प्रभाव पार्दैन। हामी सबैखाले यस्ता अव्यवस्थाबारे मानसिक तयार थियौं।'
पारसले दक्षिण अफ्रिका यात्रा ढिलो सरे पनि अन्य तयारी सबै सही ट्रयाकमा रहेको दाबी गरे। ‘यही थप एक हप्ता तयारी गरौंला। यहाँ पनि हामी पूरा मिहिनेतसाथ अभ्यास गरिरहेका छौं। दक्षिण अफ्रिका जान खोजेको त्यहाँको कन्डिसनमा भिज्न सजिलो होस भनेरमात्र हो,' उनले भने।
प्रशिक्षक पुबुदु दासानायके पनि कप्तानसँग सहमत छन्। ‘हामीलाई त्यहाँको वातावरण र कन्डिसनमा भिज्न दक्षिण अफ्रिका भ्रमण महत्वपूर्ण थियो र छ। केही दिन ढिलो भए पनि दक्षिण अफ्रिकामा तीन अभ्यास खेल खेल्न पाउँदा त्यसले पक्कै हामीलाई सहयोग पुग्नेछ,' दासानायकेले भने, ‘केही दिन कम हुँदा सामान्य असर परे पनि खास प्रभाव पार्दैन। यहाँ तयारी मेरो योजनाअनुसार राम्रोसँग चलिरहेको छ।'
श्रीलंकाबाट झिकाइएका दुई तीब्र गतिका बलर थोमादुरा राजिथ प्रियान र रुविन्दा शामेन तथा स्पिन प्रशिक्षकमा आएका भारतका पूर्व क्रिकेटर बैंकटपति राजुको उपस्थितिले तयारी प्रभावकारी बनाएको दासानायलेले बताए। क्यानले डिभिजन २ को तयारीका लागि राजु र दुई श्रीलंकाली बलर झिकाइएको थियो। ‘हाम्रो बलिङ मुख्य हतियार हो। ब्याट्सम्यानलाई सहयोग पुग्ने नामिबियाको फ्ल्याट पिचमा बल टर्न गराउने स्किल राजुको प्रशिक्षणले हाम्रा स्पिनरमा विकास भएको छ,' दासानायकेले भने, ‘श्रीलंकाली बलरहरूबाट पनि हाम्रा ब्याट्सम्यानले अभ्यासमा फरक प्रकारको बल फेस गर्न पाएका छन्। यसले प्रतियोगितामा फाइदा पुग्नेछ।'
डिभिजन २ मा नेपालले आयोजक नामिबियासँगै क्यानाडा, केन्या, नेदरल्यान्ड्स र युगान्डासँग खेल्नेछ।