प्रधानमन्त्री कप क्रिकेटः एपिएफलाई लगातार तेस्रो सफलता
३० पौष २०७८
•
४ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेटः एपिएफलाई लगातार तेस्रो सफलता
विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पहिलो सफलता हात पारेका छन्।




मूलपानी मैदानमा बिहीबार विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा लुम्बिनीले प्रदेश–२ माथि ४२ रनको सहज जित निकाल्यो। सुदूरपश्चिमले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराएको हो।

एपिएफले आफ्नो तेस्रो खेलमा गण्डकीलाई जितका लागि ९३ रनको कमजोर लक्ष्य दिए पनि बलरको उत्कृष्ट प्रदर्शनमा एपिएफ लगातार जितको यात्रा जारी राख्न सफल भयो। गण्डकी २० ओभरमा ७ विकेट गुमाएर ९० रनमा समेटिएको थियो।

अन्तिम ६ बलमा गण्डकीलाई जितका लागि ६ रन नै आवश्यक भएको अवस्थामा बलिङमा आएका किशोर महतोले केवल ३ रन खर्चिएर २ विकेट लिएपछि एपिएफले रोमाञ्चक जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो।

९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो। जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपिएफ सेमिफाइनलनजिक पुगेको छ। एपिएफले यसअघि प्रदेश–२ र बाग्मतीलाई पराजित गरेको थियो। यता गण्डकीको लगातार दोस्रो पराजय हो। यसअघि गण्डकी प्रदेश–२ विरुद्ध २ विकेटले हारेको थियो।

गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन। विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन्। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका कमल ऐरीले तीन विकेट हात पारे भने किशोर महतोले दुई तथा अविनाश बोहराले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो। एपिएफका लागि प्रदीप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे। गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे। विशाल पौडेलले दुई विकेट लिए। कृष्ण पौडेल, सुवास भण्डारी र चन्द्र पौडेलले समान एक विकेट हात पारे।

कीर्तिपुर मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ४२ रनले हरायो। प्रदेश–२ को तीन खेलमा यो दोस्रो पराजय हो। बिहीबार १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश–२ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन मात्र जोड्न सक्यो।

प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे। हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४ रन बनाए। बलिङतर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे। कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले समान एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो। लुम्बिनीका लागि देव खनालले अर्धशतक बनाए। खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का प्रहार गरे। बसिर अहमद र सन्दीप रजालीले समान ३० रन जोडे। बलिङमा प्रदेश–२ का विवेक यादव र रूपेश सिंहले समान दुई विकेट लिए। हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक विकेट हात पारे।

समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा कर्णालीलाई ४७ रनले पराजित गर्दै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो। यसअघि सुदूरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो। यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ। यसअघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश–१ लाई ३१ रनले हराएको थियो।

१ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन जोड्न सक्यो। कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन। अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३० रन जोडे।

कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले। हेमन्त धामीले दुई विकेट हात पारे। आदित्य मेहता, गजेन्द्र बोहरा र विकास अग्रीले समान एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे।

दीपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे। कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे। रवीन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट निकाले। मूलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी र प्रदेश–१ बीचको खेल मैदानमा पानी परेका कारण हुन सकेन।
अर्को समाचार
प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा
१९ कार्तिक २०७९
•
३ मिनेट पाठ
प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा
कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  




कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो। कर्णालीका लागि रविन्द्र  शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए। एपीएफका मौसम ढकालले ४ विकेट लिए। कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए। लोकेश बम र दीपक बोहराले १०/१० रन बनाए।

कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३÷३ विकेट लिए । दिवन पुनले २ विकेट लिए। यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो। एपीएफ शीर्ष स्थानमा रहेको छ। कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ।

प्रतियोगिता अन्तर्गत शनिवार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित ग¥यो। मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीकालागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दिप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेलेका थिए। यस्तै अभिषेक गौतम २ रनमा अविजित रहे। लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३÷३ विकेट लिए। यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। ओपनर सन्तोस कार्की र हरिशंकर शाहले अर्थसतकीय पारी खेले। सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको  

व्यक्तिगत स्कोर बनाएका थिए। यस्तै अनिल साहले पनि अर्धसतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नु बाहेक अन्यले राम्रो स्कोर बटुल्न सकेनन्। मधेसको सबै विकेट निकाल्ने क्रममा कृृृष्ण काकीले

सर्वाधिक ३ विकेट हात पारे। अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक÷एक विकेट रह्यो। प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन्। मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लव तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस